सुरुमा इरानमाथि हमला गर्न अनुमति दिएका ट्रम्पद्वारा आदेश फिर्ता लिएको समाचारहरू आएका छन् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि हमला गर्न बिहीवार स्वीकृति दिएपनि पछि तत्काल आक्रमण नगर्न आदेश दिएको समाचारपत्रहरूले लेखेका छन्। द न्यूयोर्क टाइम्सले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै इरानका केही ठाउँलाई निशाना बनाउने योजना बनाएको भनेको छ। योजना सुरुवाती स्तरमै […]
समाचार
जापानमा रहेका नेपाली विज्ञहरुको नामावली संकलन कार्य सुरु (लिंक सहित)
टाेकियाे । जापानमा रहेका नेपाली विज्ञहरुलाई एकिकृत गर्न गैरआवासीय नेपाली संघ एनआरएनए जापानले नामावली संकलन कार्य सुरु गरेको छ। गैरआवासीय नेपाली संघ एनआरएनए जापानले एनआरएनए आईसीसीसंगको सहकार्यमा नेपाल सरकार परराष्ट्र मन्त्रालयले सुरु गरेको ब्रेन गेन सेन्टरमा धेरै भन्दा धेरै नेपाली विषय विज्ञहरुलाई आवद्ध गराउने लक्ष्य सहित पहिलो चरणमा विशेषज्ञता हासिल गरेकाहरुको नामावली संकलन कार्य सुरु […]
पत्रकार बस्नेतमाथि आक्रामण गर्नेलाई कारबाही गर्न माग
काठमाडौं, ६ असार । सल्लेरी खबरडटकमका प्रवन्ध निर्देशक सुदर्शन बुढाथोकीले आफ्नो अनलाईनका समाचार सम्पादक दिनेश बस्नेतमाथि सांघातिक आक्रमण भएको भन्दै आक्रामणमा संलग्न दोषीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त अनलाईनकर्मीहरुले सम्पादक बस्नेतमाथि असार ५ गते समाचार संकलनका क्रममा झत्तपुरको लोकन्थलीमा आक्रमण भएको जनाए । बस्नेतलाई शैलेश […]
पौडेल हत्याको बदला लिने विप्लवको चेतावनी, असार १० नेपाल बन्दको घोषणा
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विहिवार प्रहरीद्वारा सर्लाहीमा भएको जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्याको विरोधमा यही असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले शुक्रवार एक पे्रस विज्ञप्ति जारी गर्दै पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन दिएका छन् । विज्ञप्ति मार्फत नेकपाले सरकारले फासिवादी शैलीले देशभर […]
सुनको भाउ बढेको बढ्यै, आज तोलाको ६५ हजार
काठमाडौ, ६ असार । सुनको भाउ बढेको बढ्यै, तोलाको ६५ हजार पुग्यो भाउ दैनिक एक हजारले बढ्दै गएको छ। बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज एक हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुनको मूल्य ६४ हजार ७ सय पुगेको छ। बुधबार ६३ हजारमा […]
आज नेपालमा १४ घण्टा सुर्य देख्न पाइने
काठमाडौं, ६ असार । जुन २१ तारिख। सामान्यतः आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ। नेपालमा सूर्योदय र सूर्यास्तको बीचको समयअनुसार आजको दिन झण्डै १४ घण्टाको हुनेछ। आज काठमाडौंमा विहान ५ बजेर ९ मिनेटमा उदाएको घाम बेलुकी ७ बजेर ३ मिनेटमा अस्ताउने जल तथा मौसम विज्ञान विभागले जनाएको […]
हिजोका शिक्षकबाट भोलिका शिक्षा कसरी दिने ?
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिहरुले शिक्षकमा सुधार नभएसम्म शिक्षामा सुधार गर्नै नसकिने बताएका छन् । २० वर्ष पुराना शिक्षकले, नयाँ विद्यार्थीलाई सिकाउनै हम्मे परिरहेको उनीहरुको भनाइ थियो । आजको शिक्षा साप्ताहिकले आयोजना गरेको ‘स्थानीय तहका शिक्षाका दुईवर्ष, उपलब्धि र चुनौती’ विषय अन्तक्रियामा बोल्दै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले समाज अगाडि बढेपनि शिक्षकले उही बीसवर्ष पुरानो […]
ड्रोन खसालेर इरानले भयङ्कर गल्ती गर्यो: ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले भयङ्कर गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन्। उनले ड्रोन खसाल्ने काम शायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको हुन सक्ने सङ्केत गरे। तर उनले त्यो काम ठूलो गल्ती भएको दोहोर्याएका छन्। के भन्छ इरान? मानवरहित उक्त ड्रोन विमान आफ्नो हवाई क्षेत्रमा आएकाले खसालिएको इरानको भनाइ छ। […]
सर्लाही जिल्ला इन्चार्जको ज्यान गएपछि बदला लिने विप्लव नेकपाको चेतावनी : हेर्नुस विज्ञप्ति
सर्लाही । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई सरकारले कायरतापूर्वक हत्या गरेको बताएको छ । विहीवार बेलुकी जनकपुर ब्युरो इन्चार्ज अरुणले बिज्ञप्ती जारी गर्दै पौडेललाई सरकारले कायरतापूर्वक हत्या गरेको बताएका हुन् । दिउँसो करिब सवा एक बजे सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ […]
विप्लवका सर्लाही इन्चार्जको ज्यान गयो
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत १,१० र ११नम्बर वडा सिमाना पलार हिरापुर जंगल सिमानामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन् । बिहीवार दिउसो प्रहरीसँगको भिडन्तमा उनको ज्यान गएको प्रहरीको दावी छ । लालबन्दी नगरपालिका–१, जंगलबाट लखन्देही खोलातर्फ २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथी गोली चलाएको […]









