तपार्इ ३० वर्ष पुग्नुभयाे ? यी खानेकुरा खाए सधै स्वस्थ हुनुहुनेछ

द नेशनल डाइट एण्ड न्यूट्रिशन सर्वेका अनुसार ३० वर्ष पार गरेपछि धेरैजसोलाई आवश्यक पोषक तत्व जस्तै आइरन, क्याल्सियमको कमी हुन्छ । थुप्रै डाक्टरहरुले ३० वर्ष पार गरेपछि मेटाबोलिक रेटमा कमी हुने र शरिरमा रोग प्रतिरोधी क्षमतामा पनि ह्रास आउने गर्दछ । यसले थुप्रै रोगको सम्भावना बढ्ने गर्दछ । त्यसकारण तीस वर्ष पार गरेपछि व्यायामका साथै स्वस्थ खानपिनमा शरिरको लागि आवश्यक हुन्छ ।

३० वर्ष पार गरेपछि शरिरमा हुन्छन् यी परिवर्तनः

– तौल बढ्ने

– मांसपेशी कमजोर हुने

– मुटुमा समस्या

– मधुमेह

– हड्डी कमजोर

१. एल्मोन्ड (बदाम)

यसमा भिटामिन बी सिक्स र फोलिक एसिड हुन्छ । यसले मेमोरी तेज हुन्छ र बाँझोपनबाट पनि मुक्त गराउँछ ।

२. दहीः

यसमा क्याल्सियम प्रोबायोटिक ब्याक्टेरिया हुन्छ । यसको नियमित सेवनले तौल नियन्त्रणमा हुन्छ, हड्डी बलियो हुन्छ ।

३. गोलभेडाः

यसमा फाइबर र फ्लेवोनाइड्स हुन्छन् । यसले तौल कम गर्न मद्दत गर्दछ र सुन्दरतामा निखार ल्याउँछ ।

४. दूधः

यसमा एन्टीअक्सिडेन्टस्, प्रोटिन हुन्छ । यसको नियमित सेवनले मांसपेशी बलियो हुन्छ, छालाको लागि फाइदाजनक छ ।

५. पालुङ्गोः

यसमा आइरन, भिटामिन डी हुन्छ । यसले रक्तअल्पत्ताबाट बचाउँछ, हड्डीका लागि यो फाइदाजनक छ ।

६. डार्क चकलेटः

यसमा फ्लेवोनाइड्स, एन्टीअक्सिडेन्ट हुन्छ । यसको सेवनले अनुहारमा चाउरी पर्दैन, मुड राम्रो हुन्छ ।

७. माछाः

यसमा ओमेगा थ्री फ्याटी एसिड हुन्छ । यसले मुटुको समस्या र डिप्रेशनबाट बचाउँछ ।

८. अण्डाः

यसमा भिटामिन ‘ए’ र फस्फरोस हुन्छ । यसले आँखालाई स्वस्थ राख्नुका साथै दाँत बलियो बनाउँछ ।

९. ओट्सः

यसमा फाइबर, कार्बोहाइड्रेट हुन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ र तौल नियन्त्रणमा राख्छ ।

१०. राजमाः

राजमामा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले छालाको चाउरीपनालाई कम गराउनुका साथै घामको किरणले छालालाई पुर्याउने क्षती पनि कम गर्छ ।

Loading...