एक पुरुषले प्रतिदिन एक गिलास दुध खाए यस्ता छन फाइदै फाइदा

हुन त दुध पिउनु स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । तर नेशनल इन्स्टिच्युट अफ आयुर्वेद, निखिल शर्माका अनुसार बिहानको तुलनामा राती दुध पिउँदा थुप्रै हर्मोनले प्रभावकारी रुपमा काम गर्दछ । विशेषगरी पुरुषमा यसको असर धेरै हुन्छ । थाहा पाउनुस् यसका ९ फाइदाः

यसकारण राती दुध पिउनुपर्छः

– दुधमा ट्रिप्टोफेन नामको तत्व पाइन्ट जसले शरिरलाई रिल्याक्स बनाउँछ । राती सुत्नुभन्दा पहिले दुध पिउँदा मिठो निन्द्रा लाग्छ ।

– राती दुध पिउँदा मेटाबोलिजमको प्रक्रिया तीब्र हुन्छ जसका कारण तौल तीब्र रुपमा कम हुन्छ ।

– दुध भारी हुन्छन् त्यसकारउा बिहानको समयमा दुध पिउँदा कब्जियत हुनसक्छ । त्यसकारण विशेषज्ञ पनि राती दुध पिउने सल्लाह दिन्छन् ।

मिठो निन्द्रा लाग्नमा सहयोगीः

दुधमा पाइने ट्रिप्टोफेन नामक एमिनो एसिडले दिमागलाई शान्त बनाएर तनाव हटाउँछ । निन्द्रा राम्रो लाग्न सहयोग गर्दछ ।

पाचन क्रिया राम्रो बनाउन सहयोगीः

दुधमा पाइने पानीले ‘डाइजेस्टिभ ट्र्याक’ को सफाई गरेर बेलुका खाएको मसालेदार खानालाई पचाउन सहयोग गर्दछ ।

स्ट्रोकबाट बचाउः

जापानमा भएको सोधका अनुसार दुधमा पाइने क्याल्सियमले स्ट्रोकबाट बचाउँछ ।

रक्तचाप नियन्त्रणः

दुधमा पाइने क्याल्सियम, पोटासियम र म्याग्नेसियम जस्ता मिनरल्सले रक्तचापलाई नियन्त्रण गरेर उच्च रक्तचापको समस्याबाट जोगाउँछ ।

मांसपेशी बनाउनः

दुधमा सेसिन र ह्वे प्रोटिन हुन्छ जसले मांसपेशीलाई बलियो बनाउँछ । बडि बिल्डिङका लागि यिनै प्रोटिनको प्रयोग हुन्छ ।

बलियो हड्डीः

एक ग्लास दुधमा पुरुषको दैनिक आवश्यक पर्ने ३७ प्रतिशत क्याल्सिम हुन्छ । यसले हड्डी बलियो हुन्छ ।

ऊर्जावान् र ताजाः

दुधमा पाइने क्याल्सियम, सोडियम र पोटासियम जस्ता इलेक्ट्रोलाइट्सले शरिरलाई ऊर्जावान् र ताजा राख्न सहयोग गर्दछ ।

फ्याट बर्निङः

दुधमा पाइने क्याल्सियम, मिल्क प्राटिन्ससँग मिलेर फ्याट बर्निङ प्रक्रियालाई तीब्र बनाउँछ । यसले मोटोपनाबाट पनि बचाउँछ ।

Loading...