वैदेशिक रोजगारीमा महिलामाथिको प्रतिबन्ध हटाउन मानवअधिकार आयोगको सुझाब

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने महिलाहरुमाथि लगाइएको प्रतिबन्ध हटाउन सरकारलाई सुझाब दिएको छ । महिला माथि उमेर हद र प्रतिबन्ध लगाइँदा यसले विदेश नरोकेको उल्टै अवैधानिक बाटो प्रयोग गर्ने र उनीहरु हिंसामा पर्ने गरेको आयोगको निष्कर्ष छ । सरकारले०७२ वैशाखमा ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका–२०७२’ जारी गर्दे साउदी, कतार, कुवेत, […]

समाजवादी र कम्युनिष्टलाई अमेरिका छाड्न ट्रम्पको चेतावनी !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चेतावनी दिएका छन् । ट्रम्पले मंगलबार एकसाथ तीन पटक ट्वीट गर्दै अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने भन्दै ति विचार भएकालाई अमेरिका छाड्न चेतावनी दिएका हुन् ।  उनले यसबाट खुसी हुन नसक्नेहरुले अमेरिका छाड्न सक्ने विकल्प रहेको भन्दै त्यो उनीहरुको एक्लो छनौट […]

भोलिदेखि इन्टरनेटको मूल्‍य बढ्ने

काठमाडौं । साउनदेखि इन्टरनेटको मूल्यमा १३ प्रतिशतले वृद्धि हुने भएको छ । इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान) का अनुसार सरकारले लागू गरेको १३ प्रतिशत थप करको मूल्य कायम राख्दै इन्टरनेटमा लाग्ने शुल्कमा वृद्धि हुने भएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा १३ प्रतिशत कर लगाउने भएपछि इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेटको मुल्य साउनदेखि बढाउने […]

आज खण्डग्रास चन्द्रग्रहण, यि राशीकालाई हुनेछ फलिफाप

काठमाडौँ । आज राति १ बजेर ४६ मिनेट देखि भोलि बिहान ४ बजेर ४५ मिनेट सम्म चन्द्र ग्रहण लाग्दैछ । आषाढ शुक्ल पूर्णिमाका दिन मङ्गलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समिति जनाएको हो । ग्रहणले राति १ बजेर ४६ मिनेटबजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग […]

मोर्चाबन्दी बढेपछि सत्तारुढ नेकपाका अध्यक्षद्वयबीच यस्तो सहमति

काठमाडौं, ३१ असार । पार्टी अध्यक्षद्वयको मनोमानी चल्न थालेको भन्दै अरु नेताहरुले मोर्चाबन्दी गर्ने खतरा बढेपछि अन्ततः नेपाल कम्युनिस्ट पार्टीमा कार्यविभाजनबारे सहमति जुटेको छ । पार्टी एकता भएको वर्षौ बित्दा पनि सांगठनिक कार्यविभाजन र विभागहरु गठन नभएपछि सत्तारुढ दल नेकपामा व्यापक असन्तुष्टि बढेको थियो । पछिल्लो समय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका […]

फेसबुकबाट १ महिनामै ८० लाख ठग्ने गिरोह प्रहरी नियन्त्रणमा

काठमाडौ, ३१ असार । ‘सस्तो बेसाए पखाला लाग्छ’ भन्ने नेपालीमा एउटा उखान नै छ । तरपनि मानिसहरु सस्तोको पछि दौडने गर्नाले ठगहरुलाई ‘के खोज्छस नेत्रविहीन- आँखा’ भनेझै भएको छ । सस्तो सामान उपलब्ध गराइदिने भन्दै सामाजिक संजालमा आएका सूचनाहरु पत्याइहाल्ने र पैसा फ़साइहाल्नेहरु ठगको चंगूलमा परेका पनि हुन्छन । यस्तै सूचनामा विश्वास गर्दा ठगिएकाहरुको जाहेरीको […]

प्रचण्डको गुनासो : कम्युनिस्टको साइन बोर्ड हेरेर जनताले माया गर्दैनन्

काठमाडौं, ३१ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले जनताको मन जित्न नसके कम्युनिस्टलाई पाठ सिकाइदिने बताएका छन्। नेकपा जिल्ला कमिटी ललितपुरका सदस्यको सपथग्रहण कार्यक्रममा सोमबार बोल्दै उनले जनताको काम गर्न नसकेमा अर्को चुनावमा जनताले पाठ सिकाइदिने उल्लेख गरे। ‘यस्तो अवसरमा पनि काम गर्न नसकेका जनताले कम्युनिस्टको साइनबोर्ड हेरेर मात्रै माया […]

भेटियो लिच्छविकालीन भग्नाबशेष

काभ्रे । पाँचखाल नगरपालिकामा लिच्छविकालीन संरचनाको भग्नावशेष सामग्री भेटिएको छ । पाँचखाल नगरपालिका वडा नम्वर ७ को श्रीरामपाटीमा पुरातत्व विभागको टोलीले १५ दिन सम्म सम्पदाको अध्ययन तथा उत्खननका क्रममा लिच्छविकालीन संरचनाको भग्नावशेष भेटिएको जनाएको छ । सो टोलीले यही जेठ १५ बाट करिब दुई हप्ता श्रीरामपाटीमा स्थानीयद्वारा ऐतिहासिक दरबार क्षेत्र रहेको भनिएको स्थानमा उत्खनन कार्य […]

योजना आयोगका उपाध्यक्ष डा. देवकोटाले दिए राजीनामा

काठमाडौं । राजनीतिक नियुक्ति पाएका प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले पदबाट राजीनामा दिएका छन् । कार्यकालको १३ महिनामै उनले राजीनामा दिएका हुन् । राजनीतिक नियुक्ति प्राप्त गर्न मानिसहरु लालाहित बनिरहदा देवकोटाले किन राजीमा दिए भन्ने कुरा अर्थपूर्ण रहेको छ । कतिपयले असन्तुष्टिका कारण राजीनामा आएको आंकलन गरिरहदा उनले […]

गुन्डा नाइके निमा प्रहरी फन्दामा

काठमाडौं, ३१ असार । गुन्डा नाइके निमा भन्ने राजेन्द्र लामा पक्राउ परेका छन्। उनलाई साेमबार राति काठमाडौं कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनले भने, ‘पत्रकार समेतलाई धम्क्याएको लगायतकाे अभियोगमा उनलाई पक्राउ गरेका हौँ, यसबारे विस्तृत जानकारी पछि दिनेछौँ।’ लामा काभ्रेका स्थायी बासिन्दा हुन्। उनी जुवा अखडाहरूमा गएर धम्क्याउने […]