भोलिदेखि इन्टरनेटको मूल्‍य बढ्ने

काठमाडौं । साउनदेखि इन्टरनेटको मूल्यमा १३ प्रतिशतले वृद्धि हुने भएको छ । इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान) का अनुसार सरकारले लागू गरेको १३ प्रतिशत थप करको मूल्य कायम राख्दै इन्टरनेटमा लाग्ने शुल्कमा वृद्धि हुने भएको हो ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा १३ प्रतिशत कर लगाउने भएपछि इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेटको मुल्य साउनदेखि बढाउने भएको हो ।

आइएसपानका अनुसार अहिले भ्याटसहित १ हजार १ सय ३० रुपैयाँ बुझाउने उपभोक्ताले अब साउनदेखि भ्याटसहित १ हजार ३ सय ५६ रुपैयाँ बुझाउनु पर्नेछ ।

सरकारले प्रस्तुत गरेको आर्थिक विधेयक २०७६÷७७ मा ‘टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको १३ प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुरबापत असुलउपर गर्नुपर्नेछ’ भनी उल्लेख छ ।

Loading...