योजना आयोगका उपाध्यक्ष डा. देवकोटाले दिए राजीनामा

काठमाडौं । राजनीतिक नियुक्ति पाएका प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले पदबाट राजीनामा दिएका छन् । कार्यकालको १३ महिनामै उनले राजीनामा दिएका हुन् ।

राजनीतिक नियुक्ति प्राप्त गर्न मानिसहरु लालाहित बनिरहदा देवकोटाले किन राजीमा दिए भन्ने कुरा अर्थपूर्ण रहेको छ । कतिपयले असन्तुष्टिका कारण राजीनामा आएको आंकलन गरिरहदा उनले भने व्यक्तिगत कारणले पदबाट राजीनामा दिएको दावी गरेका छन् ।

मुख्यमन्त्रीले तथा अन्य मन्त्रीहरुले समेत राजीनामा फिर्ता लिन भनेको तर आफू व्यक्तिगत कारणले पदमा बस्न नचाहेको उनले बताए

विकास अर्थशास्त्रमा विधावारिधी गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् ।

Loading...