बुटवल । वर्षापछि झरेको पहिरोले सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानको सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको हो । आज बिहानैदेखि परेको वर्षाले सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार पूर्व-पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा वर्षका कारणले […]
समाचार
गोदावरी वडा नं. ३ बालमैत्री वडा घोषित
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ बालमैत्री वडा घोषित भएको छ। “सम्मानित बालापन – सुनिश्चित बालअधिकार, बालमैत्री तथा समुन्नत गोदावरीको आधार” भन्ने नारासहित बिहीबार वडा घोषणा गरिएसँगै नगरपालिका नै बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारी अगाडि बढेको जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले जानकारी दिए। बालमैत्री वडा घोषणाको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य […]
सडकमा पस्यो रोशी खोला, वीपी राजमार्ग अवरुद्ध
काभ्रे । रोशी खोलाको पानी सडकमा पस्दा वीपी राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान ३: ३० बजेको समयमा वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका खण्डका केहि स्थानमा रोशी खोला पसेको थियो । रोशी खोलाको पानी पस्दा काभ्रेको चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको हो । अविरल वर्षाको कारण रोशी खोलाको पानीको बहाव […]
नेतन्याहूले दिए युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरेका छन् । बुधबार खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले खाडीमा इन्धन प्रशोधन केन्द्रहरू विरुद्ध […]
अमेरिकी डलरको मूल्य घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलरको भाउ
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ। शुक्रबार यसको भाउ एकको खरिददर १४७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रूपैयाँ ५२ पैसा थियो। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ […]
मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै
काठमाडौँ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन्। आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ। खुसीपूर्वक दान गरेर […]
पश्चिमी र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । देशका बाँकी भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, […]
काठमाडौंसहित देशभर हावाहुरीसहितको वर्षाले अस्तव्यस्त, कहिलेसम्म रहन्छ यस्तो अवस्था ?
काठमाडौं । हावाहुरीसहितको वर्षाले काठमाडौं उपत्यकासहित देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । शुक्रबार देशको पश्चिमी क्षेत्रबाट सक्रिय भएको मनसुन सक्रिय भएको हो । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार शक्तिशाली पश्चिमी वायुको प्रभावका कारण दिउँसै कतिपय ठाउँमा अन्धकार भएको थियो । दाङ, रुपन्देही, काठमाडौं उपत्यका सहितका जिल्लामा दिउँसै अन्धकार भएकाले सवारी चालकहरु बत्ती बालेर हिंड्नुपरेको थियो । […]
गगनको राजीनामा अस्वीकृत गर्न विश्वले राखे यस्ता ७ तर्क
काठमाडौं । कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्न उपसभापति विश्वप्रकाश शर्माले ७ वटा तर्क अघि सारेका छन् । पार्टी केन्द्रीय कार्य समितको बैठकमा उनले पेश गरेको दस्तावेजमा गगनले दिएको राजीनामा अस्वीकृति गर्ने सम्बन्धित छुट्टै शीर्षकमा आफ्ना तर्क अघि सारेका छन् । उनले भनेका छन्- पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत […]
होर्मुजबाट एक नेपाली इरानको कब्जामा, को हुन् उनी ?
काठमाडौं । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको छ । परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको बताएका हुन् […]









