काठमाडौं । नेपालमा काम गर्न र विदेशी लगानी गर्न सहज वातावरण नरहेको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले पदबाट राजीनामा दिएका छन्। नियुक्ति भएको एक वर्ष पनि नपुग्दै फोलेले एनसेलको सीईओबाट राजीनामा दिएका हुन्। फोलेको राजीनामा भदौ ९ गते स्वीकृत भएको हो। नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत […]
समाचार
गोलि प्रहारबाट गयो शिक्षकको ज्यान
सङ्खुवासभा । मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुकको गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ। कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको बिहीबार साँझ करिब ७ बजे विद्यालय नजिकै गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले बताएका छन् । खाना खाएपछि भाँडा माझ्न बाहिर निस्किएका राई गोली लागि भुइँमा लडिरहेको अवस्थामा […]
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको जोखिम कायमै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवा र नुवाकोट जिल्ला भई बहने नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार यी दुई जिल्लाका भोटेकोशी, त्रिशुली तथा अन्य स-साना नदीमा पानीको बहाव उल्लेख्य बढ्नेछ। यस क्षेत्रका तटीय बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। गत भदौ […]
आज श्रीकृष्ण जन्माष्टमी, देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी ‘श्रीकृष्णजन्माष्टमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वासका आधारमा आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ। जन्माष्टमीका अवसरमा देशभरिका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको विशेष पूजा, प्रवचन र […]
विपद्मा परेका बालबालिकाको फोटो/भिडियो सार्वजनिक भइरहेकोबारे प्रहरीले गर्यो ७ बुँदे अनुरोध
काठमाडौँ। प्रहरी प्रधान कार्यालयले भोटेकोशी नदीमा आएको बाढीपछिको प्राकृतिक विपद्मा परेका बालबालिकाहरूको फोटो तथा भिडियो सामाजिक सञ्जालमा जथाभावी सार्वजनिक भइरहेको प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले यस्ता सामग्रीले बालबालिकाको गोपनीयता, आत्मसम्मान र मानसिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पार्ने भन्दै ७ बुँदे विशेष अनुरोध गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं […]
उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने
काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । साथै, उद्धारका क्रममा घाइते भएमा सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई नि:शुल्क औषधि […]
मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
काठमाडौँ। मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय १.एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी […]
प्रतिनिधिसभा ६ दिनका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी ६ दिनका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि सदनको आगामी बैठक भदौ २४ गतेसम्मका लागि स्थगित गरेका हुन् । बिहीबार सिंहदरबारस्थित भवनमा बसेको बैठकमा सांसदहरूले रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्याएको क्षति, उद्धारमा भएको ढिलासुस्ती, सुरुङमा फसेका श्रमिकहरूको अवस्था र ग्रिन आर्मीको वैधानिकता लगायतका समसामयिक विषयमा […]
बाढीपीडितलाई सिन्धुली निर्माण व्यवसायी संघको १ लाख ५१ हजार सहयोग
सिन्धुली । रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीबाट प्रभावित तथा पीडितका लागि सिन्धुली निर्माण व्यवसायी संघमा आबद्ध सदस्यहरूले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। संघमा आबद्ध सदस्यहरूबाट संकलन गरिएको रु. १ लाख ५१ हजार रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको संघका अध्यक्ष उद्धवप्रसाद दाहालले जानकारी दिए। अध्यक्ष दाहालका अनुसार बाढीबाट ठूलो जनधनको क्षति […]
बाढीमा बेपत्ताका आफन्तलाई डीएनए परीक्षण गराउन आह्वान
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएका नागरिकहरूको खोजी र फेला परेका बेवारिसे शव तथा मानव अंगहरूको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ। गत भदौ १० गतेको भीषण बाढीपछि नदी किनार तथा तटीय क्षेत्रमा फेला परेका शव एवं शरीरका भागहरू पहिचान गर्न नेपाल प्रहरीले सूचना जारी गर्दै मृतकका […]










