नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असइ ) घुस रकम सहित पक्राउ परेका छन् । असइ प्रेम बहादुर थापा घुस रकम सहित पक्राउ परेका हुन् । प्रहरी चौकी बगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम बहादुर थापाले सेवाग्राहीहरूको हार्डवयरका सामानहरू बिक्री बितरणको लागि सहज बनाइदिने भनि घुस खाएको अख्तियारको दावी छ । रकम नदिएपछि पटक […]
समाचार
माहिला लामा पछि पक्राउ परे जुम्ला सेक्रेटरी सहित २ जना कार्यकर्ता
जुम्ला, ६ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । हिमा गाउँपालिका–७ धाँचुगाउँका ४६ वर्षीय जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका–२ कालीकोटका युवा सङ्गठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्टलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । जिल्ला सेक्रेटरी शाहीको घरबाटै दुवै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक नवीन […]
राष्ट्रसेवक कर्मचारी इमान्दार हुनुपर्छ– मुख्यमन्त्री राई
विराटनगर, ६ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रसेवक कर्मचारीले देश र जनताका निम्ति इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्रीको कार्यालयमा आज प्रदेशअन्र्तगतका विभिन्न कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै उनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा कर्मचारीले सक्रियता देखाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले कर्मचारीलाई विचार र राजनीतिक दृष्टिकोणले नहेर्न आग्रह समेत […]
प्रकोपबाट ३ महिनामै १९५ को मृत्यु
काठमाडौँ, ६ साउन । यसवर्ष विपद्बाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायतका एक हजार ५२५ घटनामा परी १९५ जनाको मृत्यु भएको जानकारी दिए । उनले तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो सङ्ख्या अझै बढ्न सक्ने बताउनुभयो । […]
विकासनिर्माणमा महानगर नै बेखबर
काठमाडौँ, ६ साउन । काठमाडौँका तीन स्थानमा निर्माण भएका सडक केही समयमै उप्केको भनी महानगरपालिकामा उजुरी प¥यो । काठमाडौँ महानगरपालिकाका तीन फरकफरक वडामा भएका सडक निर्माणमा समस्या के थियो भन्ने बुझ्दा ती तीनै ठाउँमा कामपाले सडक निर्माण नगरेको पाइएको थियो । सङ्घीय सरकारले सडक निर्माण गरेको भए पनि कामपाभित्रको सडक भएकाले स्थानीयवासीले महानगरमा नै गुनासो […]
अझै न्यायको आशमा कन्चनपुरका द्वन्द पीडित
कञ्चनपुर, ६ साउन । कृष्णपुर नगरपालिका– ८ रैकवार बिचवाका ७२ वर्षीय राजबहादुर चौधरीका आँखमा अझै आँशु थामिएका छैनन् । सशस्त्र द्वन्दका बेला हराएका छोरा नफर्किँदा चौधरी निकै दःुखी छन् । अठार वर्षकै उमेरमा विद्रोहीको आरोपमा उनका छोरालाई खाना खाईरहेका बेला तत्कालीन सुरक्षा फौजले नियन्त्रणा लिएर लगेपछि अहिलेसम्म अत्तोपत्तो छैन । “गाउँ नजिकैको वडा कार्यालयको परिसरमा […]
सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते
बर्दिवास, ६ साउन । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते भएका छन् । साउने सोमबारे मेलाको अवसरमा मन्दिरको दर्शन गरेर फर्कने क्रममा उनीहरू महोत्तरीमा सडक दुर्घटनामा घाइते भएका हुन् । टुटेश्वर मन्दिरबाट बर्दिवास आउने क्रममा पूर्व–पश्चिम राजमार्गको वनक्षेत्रमा भारतीय यात्रु चढेको ना ४ च १०९९ […]
तिलगङ्गा आँखा प्रतिष्ठानको फड्को, डब्लुएचओ समन्वय केन्द्र मान्यता पायो
काठमाडौँ, ६ साउन । नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेसँगै नेपालले आँखाका ती क्षेत्रमा ऐतिहासिक उपलब्धि हात पारेको छ । आँखाका क्षेत्रमा यसरी मान्यता पाउने प्रतिष्ठान पहिलो संस्था […]
सबैभन्दा बढी तरकारी उत्पादन हुने सर्लाहीमा नै गोलभेडा किलोको २ सय, खुर्सानीको ४ सय रुपैयाँ
सर्लाही, ६ साउन । सर्लाहीमा हरियो तरकारीको भाउ केही दिन यता आकासिएको छ । केही दिन देखिको अविरल बर्षापछि जिल्लाको अधिकांश तरकारी खेतीका भूभाग डुवानमा पर्दा किसानले खेतमा लगाएको हरियो तरकारीको बिरुवा मर्न थालेपछि तरकारीको भाउ ह्वातै आकासिएको हो । जिल्लामा उत्पादन हुने हरियो तरकारी भाउ ह्वात्तै बढेको छ ,बजारमा तरकारीको माग अनुसारको तरकारी नआउँदा […]
मुुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण : गृहमन्त्री थापा
काठमाडौँ, ६ साउन । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले आज यहाँ आयोजना गरेको ‘तालीम समापन समारोह’मा उहाँले नेपाल प्रहरीको सङ्घीय संरचनामा साङ्गठानिक स्वरूप बन्न गइरहेकाले सङ्घ र प्रदेशको सम्बन्धलाई सुदृढ बनाएर मुलुकको सुरक्षा थप बलियो बनाउन जरुरी रहेको बताए । […]










