बाढी र डुबानले पशु आहारा जुटाउन सकस

८ साउन, बर्दिवास । महोत्तरी जिल्लाका पशुपालक किसान घरपालुवा वस्तुभाउको आहारा जोहो गर्न नसक्दा पिरोलिएका छन् । असार अन्तिम साताको बाढी र डुबानले चरण क्षेत्र पुरिनाका साथै घाँस लगाएको ठाउँमा डुबानको हिलो वा लेदोले छोपेपछि गाईवस्तुकोे आहारा जुटाउन नसकेर उनीहरू बिलखबन्दमा परेका हुन् । साउन लागेपछि दुई÷तीन दिन पानी थामिए पनि गत शनिबारयता लगातार झरी […]

पहिरोका कारण धरान चतरा सडकखण्ड अवरुद्ध

हेटौँडा, ८ साउन । मङ्गलबार बेलुकाबाट परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा हटिया हुँदै फापरबारी, राइगाउँ पुग्ने धरान चतरा सडकखण्ड अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा मकवानपुरको पूवी क्षेत्रमा चल्ने यातायात बन्द भएका छन् । सडकखण्डअन्तर्गत बकैया–५ श्रीपुरमा पहिरो जाँदा छितवन, फापरबारी, राइगाउँ जाने सडकखण्ड पूर्णरुपमा बन्द भएको हो । दुईदेखि तीन सय […]

कांग्रेसले १५१ जनालाई कारवाही गर्ने

काठमाडौ, ८ साउन । एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ ।समितिले गत असार ३ मा १२८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो । गत सोमबार सोलुखुम्बू, रौतहत र दैलेख जिल्लाका २३ जनाविरुद्ध पनि कारवाही गरेको विज्ञप्ति […]

देउताभिर गुफा जाने पदमार्ग निर्माण

८ साउन, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको धार्मिक पर्यटकीयस्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएको रु २० लाख बजेटबाट पदमार्ग निर्माण भएको हो । गाउँपालिकाबाट विनियोजन भएको रु पाँच लाख बजेटबाट दाङखोलादेखि तत्लो पूजा गर्ने थानसम्म पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष […]

इन्टरनेटको मूल्य वृद्धि फिर्ता हुने

काठमाडौँ । इन्टरनेट महशुलमा भएको मूल्यवृद्धि फिर्ता भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले इन्टरनेट सेवा प्रदायकहरूको मागअनुसार दूरसञ्चार नियमावली संशोधन गरेकाले मूल्यवृद्धि फिर्ता हुने भएको हो । नियमावलीमा भएको मर्मत सम्भार शुल्क लिन नपाइने व्यवस्था संशोधन गर्दै मन्त्रिपरिषद्ले इन्टरनेट शुल्कको ५० प्रतिशतसम्म मर्मत सम्भार शुल्क लिन पाइने व्यवस्था गरेको हो । राजपत्रमा सूचना प्रकाशित […]

Nepalgunj sub-metropolis to operate women-friendly bus

Nepalgunj, July 24,  Nepalgunj sub-metropolitan city has made preparation to operate women-friendly public buses. Chief Administration Officer of the sub-metropolitan city, Hari Pyakurel, said that the sub-metropolis has purchased seven buses at a cost of around Rs 35 million and the process was underway to formulate working procedure to operate the women-friendly bus. The buses […]

सरकारी सम्पतिमा माफियाको रजाई, सरकारी धर्मशाला व्यक्तिको कब्जामा

डोटी, ८ साउन । जिल्लामा भएको सयौँ सरकारी धर्मशाला पछिल्लो समय केही व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ । यसरी सरकारी धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकायले कुनै पहल नचालेको स्थानीयको आरोप छ । त्यस्तै कतिपय धर्मशालाको उचित संरक्षण नहुँदा वर्षेनी भत्किने तथा जीर्ण बन्दै गएकोप्रति स्थानीयले दुखेसो पोख्ने गरेका […]