नहरको छेउमा उद्यान

चितवन, १२ साउन । भरतपुर महानगरपालिका–११ मा नमूना किसिमको उद्यानसहितको हरित मार्ग निर्माण गरिने भएको छ । नारायणी लिफ्टको पानी बग्न छाडेर चौरको रुपमा परिणत भएको ठाउँलाई उपयोग गरी हरित मार्ग निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिका–११ का अध्यक्ष बाबुराम अधिकारीका अनुसार बसेनीबाट नहरचोकसम्म वाइपास सडकको समानान्तर हुने गरी हरित मार्ग निर्माण गर्न विस्तृत […]

घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ, १२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचरौता नगरपालिका बारामा करार सेवामा कार्यरत नायब सुब्बा बद्रीबहादुर थापा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नायब सुब्बा थापाले महिला सशक्तिकरणसम्बन्धी अनुशिक्षण तालीम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा विभिन्न बहानामा १४ हजार घुस माग गरेको आरोप लागेको छ । आयोगले घुस लिँदै गरेको […]

करेन्ट लागेर एक महिलाको मृत्यु

सिन्धुली, १२ साउन । सिन्धुलीमा करेन्ट लाग्दा आज एक महिलाको मृत्यु भएको छ । यहाँको दूधौली नगरपालिका–८ चितुवाखडि निवासी ३५ वर्षीया मेनुका खड्काको करेन्ट लाग्दा मृत्यु भएको हो । घरमा रहेको बिजुली वाईरिङको तार मुसाले खाइ छानामा विद्युत् प्रवाह भई करेन्ट लागेको बताइएको छ । घरको जस्ताको छानामाथि नाङलामा सुकाइएको दाल झिक्ने क्रममा करेन्ट लाग्दा […]

बाढी प्रभावित क्षेत्रमा काम गर्न सरकारलाई निर्देशन

काठमाडौँ, १२ साउन । राष्ट्रियसभा बैठकले बाढी र डुबान प्रभावित क्षेत्रमा तत्कालीन र दीर्घकालीन काम गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा बाढी र डुबानबाट प्रभावित जिल्लाको स्थलगत निरीक्षण भ्रमणमा गएको टोलीले सरोकारवालासँगको छलफल तथा जानकारीका आधारमा सुझावसहित सो निर्देशन दिएको हो । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष मितिल्सिनाले स्थलगत निरीक्षण भ्रमण […]

‘ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको छ’- यादव

काठमाडौं, १२ साउन । राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको दाबी गरे […]

हत्या गरी फरार अभियुक्त १२ वर्षपछि पक्राउ

काठमाडौँ, १२ साउन । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ । ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गर्ने काभ्रेपलाञ्चोकका ३७ वर्षीय राजेश लामालाई साउन १० गते पक्राउ गरी आज सार्वजनिक गरेको […]

जाजरकोटमा बिरुवाबाट मनग्य आम्दानी

जाजरकोट, १२ साउन । कुशे गाउँपालिका–५, दम्दालागाउँका युवा उद्यमी शिव मल्लले यस वर्ष नर्सरीबाट रु आठ लाख आम्दानी गरेका छन् ।पाँच वर्षअघि स्थापना गरेको प्रवीण हिउँदे तथा बर्खे फलफूल नर्सरी उद्योगबाट यो वर्ष उनले रु ७१ हजार फलफूलका बिरुवा बेचेर रु आठ लाख आम्दानी गरेका छन्। नलगाड नगरपालिका–४, जोगनिडाँडाका अर्का युवा उद्यमी केशवबहादुर रावलले पनि […]

काँग्रेस नेताले सात तले सपिङ मलबाट हामफालेर गरे आत्महत्या

काठमाडौं, १२ साउन । काठमाडौंको एक सपिङ मलबाट हाम फालेर पूर्व कर्मचारी तथा कांग्रेसका नेताले अात्महत्या गरेका छन । बालुवाटारको जग्गा हिनामिना काण्डममा मुछिएका नेपाली कांग्रसका नेता तथा पूर्व खरिदार समेत रहेका युक्तप्रसाद श्रेष्ठले आईतबार आत्महत्या गरेका हुन् । पछिल्लो समय चर्चित काण्डको रुपमा रहेको वालुवाटारको सरकारी जग्गा निजी बनाउने कार्यमा उनको संलग्न रहेको भन्दै […]

नेकपा केन्द्रीय सचिवालय बैठकले यस्ता महत्वपूर्ण निर्णय लिने

काठमाडौं १२ साउन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय सचिवालय बैठक आज अपराह्न बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेताहरुको कार्य विभाजन टुंगो लगाउने बुझिएको छ । ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्ज र सहइञ्चार्जपछिका पदाधिकारीहरुका बारेमा छलफल गर्ने बताइएको छ । अहिले सर्वाधिक चर्चा र विवादमा रहेको स्कुल विभागसहित […]

अधिकारी मन्त्रालय तानिए, नयाँ परीक्षा नियन्त्रकमा खकुरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा(कक्षा१०) को परीक्षा नियन्त्रक परिवर्तन गरेको छ । यस अघि नियन्त्रक रहेका सहसचिव विष्णुप्रसाद अधिकारीलाई मन्त्रालयमा तानेर उनको स्थानमा उपसचिव रामराज खकुलेललाई नियन्त्रकको जिम्मेवारी दिइएको हो । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक उपसचिव रहेकामा कक्षा १० को एसइइ परीक्षा सञ्चालन गर्ने […]