करेन्ट लागेर एक महिलाको मृत्यु

सिन्धुली, १२ साउन । सिन्धुलीमा करेन्ट लाग्दा आज एक महिलाको मृत्यु भएको छ । यहाँको दूधौली नगरपालिका–८ चितुवाखडि निवासी ३५ वर्षीया मेनुका खड्काको करेन्ट लाग्दा मृत्यु भएको हो ।

घरमा रहेको बिजुली वाईरिङको तार मुसाले खाइ छानामा विद्युत् प्रवाह भई करेन्ट लागेको बताइएको छ । घरको जस्ताको छानामाथि नाङलामा सुकाइएको दाल झिक्ने क्रममा करेन्ट लाग्दा मेनुकाको घटनस्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । घटनाको विस्तृत विवरण बुझन् घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको उनले जानकारी दिए ।