काँग्रेस नेताले सात तले सपिङ मलबाट हामफालेर गरे आत्महत्या

काठमाडौं, १२ साउन । काठमाडौंको एक सपिङ मलबाट हाम फालेर पूर्व कर्मचारी तथा कांग्रेसका नेताले अात्महत्या गरेका छन । बालुवाटारको जग्गा हिनामिना काण्डममा मुछिएका नेपाली कांग्रसका नेता तथा पूर्व खरिदार समेत रहेका युक्तप्रसाद श्रेष्ठले आईतबार आत्महत्या गरेका हुन् ।

पछिल्लो समय चर्चित काण्डको रुपमा रहेको वालुवाटारको सरकारी जग्गा निजी बनाउने कार्यमा उनको संलग्न रहेको भन्दै अख्तियार अनुसन्धान आयोगले श्रेष्ठलाई छानबिन दायरामा ल्याएपछि उनले आत्महत्या गरेकाेेले यसलाई केही रहस्यमय मानिएको छ ।

केही दिन अघि अख्तियारको अनुसन्धानको क्रममा श्रेष्ठ मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा ललिता निवासको जग्गा व्यक्तिका नाममा बनाउन लागि फाइल खडा गर्ने कार्यमा संलग्नता रहेकाले उनलाई अनुसन्धानको दायरामा ल्याइएको थियो । श्रेष्ठले माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । श्रेष्ठले आत्माहत्या गरेका महानगरीय प्रहरी वृत्त बालाजुले भर्खरै पुष्टि गरेको छ ।

केही वर्ष पहिले नै जागिरबाट अवकाश पाएका उनी पर्वत कांग्रेसका नेता समेत हुन् । मलको सातौ तलाबाट हामफाल्ने बितिक्कै अस्पताल लगिएको तर अस्पताल पुर्याउने वितिक्कै उनलाई डाक्टरले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।