Bhimduttanagar, Aug 6Water level in Mahakali river has increased due to rainfall occurred from Monday night. The water flow in the river has been recorded at 113,000 cusec this morning. The Indian side has prohibited the movement of four-wheel vehicles at Banbasa bridge from this morning, according to the Area Police Office, Gaddachauki. Passengers have […]
समाचार
परिवार नियोजन सङ्घबाट ७५ हजारलाई सेवा
विराटनगर, २१ साउन । नेपाल परिवार नियोजन सङ्घ मोरङ शाखाले सन् २०१८ मा ७५ हजार १०३ जनालाई विभिन्न सेवा उपलब्ध गराएको छ ।शाखा प्रमुख शङ्करप्रसाद दाहालकाअनुसार सुरक्षित परिवार योजनातर्फ १७ हजार ९७५ जनालाई सेवा प्रदान गरेको छ । सो अवधिमा तीन हजार ९८८ जना कण्डम सेवा प्राप्त गरेका छन् । तीमध्ये तीन हजार ७७९ पुरुष […]
दुई विधेयक टेबुल
काठमाडौँ, २१ साउन । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक टेबुल भएको छ । टेबुल भएका विधेयकमा ‘प्रमाण दोस्रो संशोधन विधेयक, २०७५’ र ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ हुन् । दुवै विधेयक प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले टेबुल गरेका हुन् ।
पुरोहितको दक्षिणा रु एक सय एक
चितवन, २१ साउन । माडी नगरपालिकाले पण्डितलाई दक्षिणास्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको दोस्रो कार्यपालिका बैठकले दक्षिणास्वरुप रु १०१ कायम गरेको हो । नगरपालिकाको दोस्रो नगरसभाको निर्णय आज सार्वजनिक गर्दै नगरप्रमुख ठाकुर ढकालले समाजमा हुने भड्किलोपनलाई नियन्त्रण गर्न यो निर्णय गरिएको बताए । निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उनले जानकारी दिए […]
सप्तरी–देवघर साइकल यात्रा
सप्तरी, २१ साउन । ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव सुदृढ गर्ने र मैथिली भाषा, साहित्य, कला, संस्कृतिमा जागरण ल्याउने उद्देश्यले आज सप्तरीबाट भारतको देवघरका लागि साइकल यात्रा शुरू गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुरस्थित भोलेनाथ मन्दिरबाट हिन्दूहरुको पवित्र तीर्थस्थल भारतको देवघरका लागि मैथिली अभियानीको टोलीले यात्रा आरम्भ गरेको हो । करीब तीन दर्जन साइकल यात्रीले १५ […]
रमाइलोडाँडास्थित पोखरीमा दुई शव फेला
लमजुङ, २१ साउन । बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त पोखरीमा विकासको शव सोमबार राति र रुकेशको शव आज […]
सीमावर्ती क्षेत्रमा बाँध जस्तै सडक बन्दै
नेपालगञ्ज, २१ साउन । भारतले बाँके जिल्लाको सीमावर्ती क्षेत्रमा सडकजस्तो बाँधको निर्माण अघि बढाएपछि बाँकेको दक्षिण–पश्चिम भेगका बासिन्दा फेरि त्रसित भएका छन् । जिल्लाको हिरमिनिया गाउँ अगाडि पिप्रहवा गाउँबाट पश्चिमको क्षेत्रमा भारतले सडकजस्तो बाँध विस्तार गर्न थालेको हो । झण्डै डेढ वर्षदेखि रोकिएको सडक निर्माणको कामलाई भारतले पुनः शुरु गरेको छ । सडकजस्तो बाँधलाई हिरमिनिया […]
सातदोबाटो–लगनखेल सडक आधा मात्रै सम्पन्न
काठमाडौँ, २१ साउन । ठेक्का समझौताको अवधि सकिएर थप भएको अवधिसम्म लगनखेल–सातदोबाटो सडक निर्माण आधा मात्रै सकिएको छ । ललितपुर जिल्लाकै सबैभन्दा बढी सवारी चाप हुने सडकमध्ये सो सडक विस्तारको काम अलपत्र पर्दा चालक र यात्रु हैरान भएका हुन् । यहाँका बासिन्दाले घर र जग्गाको मुआब्जा माग गरेका कारण सडकमा ५० प्रतिशतभन्दा बढी काम हुन […]
कफी, आलू र बीयर बिनाको दुनिया कस्तो होला ?
२१ साउन, एजेन्सी । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको कारण हामीले रुचाउँदै आएका खानपीनका चिजहरुलाई अलबिदा गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ । तापमान तथा मौसममा आइरहेको बदलावका कारण कृषि उब्जाउमा समस्या आउन सक्ने छ साथै माछा र जनावरहरुको पनि मृत्युहुने सम्भावना देखिन्छ । आउनहोस् जानौं भविष्यमा कुन कुन चित हजुरको खानाको थालबाट गायव हुन […]
पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सांसदको माग
काठमाडौँ, २१ साउन । प्रतिनिधिसभाको आजको बैठकमा असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिपूर्ति र पीडितलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरु प्रमोद शाह, बालकृष्ण खाँड, देवप्रसाद तिमिल्सिना, तेजुलाल चौधरी, ध्रुवकुमार शाही, पदमनारायण चौधरी, दुलारीदेवी खत्वोनि, पूर्णकुमारी सुवेदी, पार्वता […]










