कफी, आलू र बीयर बिनाको दुनिया कस्तो होला ?


२१ साउन, एजेन्सी । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको कारण हामीले रुचाउँदै आएका खानपीनका चिजहरुलाई अलबिदा गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ ।

तापमान तथा मौसममा आइरहेको बदलावका कारण कृषि उब्जाउमा समस्या आउन सक्ने छ साथै माछा र जनावरहरुको पनि मृत्युहुने सम्भावना देखिन्छ ।

आउनहोस् जानौं भविष्यमा कुन कुन चित हजुरको खानाको थालबाट गायव हुन सक्छ र त्यसको कारण के हुन सक्छ ।

कफी तथा चिया
यदि तपाईं बिहान उठ्ने बित्तिकै चिया वा कफीको ताजंगी भरिएको चुस्किहरु लिन शौखिन हुनुहुन्छ भने तपाईंको लागि दुखको खबर छ ।


धेरै स्थानहरु कफी उत्पादनका लागि अनुपयुक्त हुँदै गएका छन् । ग्लोबल वार्मिङका कारण सन् २०५० सम्ममा अवस्था यस्तो भएर जाने छ कि जुन जमिन कफी उत्पादनका लागि उपयुक्त मानिँदै आएको छ ति आजको बदलामा आधा मात्रै बाँकी रहने छन् । यति मात्रै होइन सन् २०८० सम्ममा केही जंगली बोटहरुसमेत एकैसात विलुप्त भएर जानेछन् ।

तान्जानिया यस समय चिया र कफीको मुख्य निर्यातकर्ता रहेको छ । पछिल्लो पचास वर्षमा त्यहाँको कफी उत्पादन घटेर आधामा पुगेको छ ।

यदि तपाई सोच्दै हुनुहुन्छ होला कफी पिउन छाडेर चिया पिउन शुरु गरे यो समस्या बाट मुक्त हुनुहुन्छ भनेर तर भारतीय वैज्ञानिकहरुले तपाईंका लागि दुखी खबर लिएर आएका छन् ।

चिया बगानलाई मनसुनबाट पोषणा मिल्दथ्यो । पछिल्लो केहि समयदेखि यसको तिब्रता बढ्नका असर चियाको स्वादमा पनि देखिन थालेको छ ।
त्यसैले अबगामी दिनमा आफूलाई कम स्वादिलो पानी जस्तै चिया पिउनका लागि आफूलाई तयार राख्नुस् ।

चकलेट
चकलेट पनि ग्लोबल वार्मिङबाट प्रभावित हुने चिजमा सामिल छ । कोकोको फलका लागि अत्याधिक तापमान साथै पर्याप्त चिस्यान आवश्यक पर्छ । तर, यि भन्दापनि त्यसलाई स्थिरता बढी आवश्यक हुन्छ ।


कोको को बिरुवाको पनि त्यति नै माग छ जति कफीको बिरुवाको माग रहेको छ । तर, तापमान, वर्षा, माटोको उब्जाउ, घाम, हावाको रफ्तारले पनि बिरुवामा असर पर्दछ । इन्डोनेसिया र अफ्रिकाका कोको उत्पादकहरुले अचेल ताड र रबरको खेती गर्न शुरु गरेका छन् ।

आगामी ४० वर्षमा घाना र आइभरीकोष्टको तापक्रममा औषत २ डिग्री बढ्ने अनुमान छ । यही दुई देशहरु हुन जसले विश्वमै कोकोको दुईतिहाई माग पुरा गर्नेगर्छन ।

प्रष्ट छ, यहीकारणले शायदै अब भविष्यमा चकलेट सामान्य मान्छेले किनेर खान सक्नेछन् ।

माछा र चिप्स
समुन्द्रमा रहने जीवन तापमान प्रति बडो सम्वेदनशील हुने गर्छन । माछाको आकार सानै हुँदै गइरहेका छन् किनकी समुन्द्रको तापमान ज्यादा हुनाका कारण त्यसमा घुलिरहेको अक्सीजनको मात्रा घट्दै गइरहेको छ ।

अधिक कार्बन डाइअक्साइड सोस्नका कारण समुन्द्रको पानी ज्यादा अम्लिय हुँदै गएको छ जसले शेलफिस जस्ता खोलमा बाच्ने जीवहरुका लागि मुश्किल बढ्दै गइरहेको छ ।

यसको सीधा प्रमाण पनि उपलब्ध छ । पुरै दुनियामा मारिने माछाको मात्रामा पाँच प्रतिशतले कमी आएको छ । जो मानिसले उत्तरी सागरमा माछा मार्छन्, उनीहरु अहिले पहिलाको तुलनामा एक तिहाई कम माछा मार्न मात्रै सक्षम देखिन्छन् ।

आलूकोे मामला के हो ?
भलै आलु जमिन भित्र उत्पादन हुन्छ तर, त्यो पनि शुक्खापनको सिकार हुँदै गएको देखिन्छ । बेलायती मिडियाहरुका अनुसार बेलायतमा सन् २०१८ मा बढेको गर्मीका कारण आलुका विरुवा एक चौथाई घटेको थियो । जबकी, फलेका आलु पनि औषत तीन सेन्टिमिटर साना भएका थिए ।

 

व्हिस्की तथा बीयरमा पनि संकट
दक्षिण पश्चिम फ्रान्समा ६०० वर्ष पुरानो कन्यैक (एक किसिमको ब्रान्डी) को उद्योग संकटमा जुढिरहेको छ । बढ्दै गएको तापमानका कारण उसले उत्पादन गर्दै आएको प्रसिद्ध अंगुरको मिठास धेरै बढेको छ जसको कारण ब्रान्डी बनाउनमा समस्या आउन थालेको छ ।


यस कारण उद्योगले अब विकल्पमा विचार गर्न शुरु गरेको छ । हरेक वर्ष यो समस्या समाधानका लागि लाखौं युरो अनुसनधानमा खर्च गरेपनि आजसम्म खास उपलब्धि हासिल हुन सकेको छैन ।

त्यही उत्तरमा, स्कटलयाण्डको प्रसिद्ध व्हिस्कीको साथ पनि यस्तै मुस्किलहरु बढ्दै गइरहेको छ । व्हिस्की उत्पादकहरु अहिले परेशान छन् । ग्लोबल वार्मिङले सुक्खा बढाउनका लागि उद्योगले आवश्यक ताजा पानीको जोगाड गर्न सकिरहेको छैन ।

पछिल्लो गर्मीमा कैयौं व्हिस्की उत्पादन गर्ने उद्योगबन्द गर्नु परेको थियो । मौसमविदहरुले चेतावनी दिएका छन् कि मौसम लगातार खत्तम हुँदै गएका छन् । 

बेलायतको राष्ट्रिय मौसम सेवाका अनुसार यदि औद्योगिक युगलाई पहिलाको अवस्थासँग तुलना गर्दा ब्रिटिश आइल्समा गर्मीका कारण मौसममा प्रचण्ड गर्मी तथा सुक्खा बढ्नेको आशंका ३० गुना बढेर गएको छ । बेलायत र आयरल्याण्डमा अब हरेक ८ वर्षमा प्रचण्ड गर्मी बढ्ने आशंका छ बाँकी देशहरु पनि यस्तै हालतसँग जुढिरहेका छन् ।

बीयर उत्पादन गर्नेहरुमा पनि यसखालको समस्या आइरहेको छ । चेक रिपब्लिक तथा अमेरिकी बीयर उत्पादक पानी को कमी तथा सुक्खाको कारण कृषि र बोटबिरुवा प्रभावित हुँदै गएका छन् ।

के तपाईंलाई चिन्ता हुनु आवश्यक छ ?
तपाईं भन्न सक्नुहुन्छ माथि उल्लेख गरिएका कुराहरु मध्ये मेरो मतलवका केहीपनि छैन । तर, सोच्नुस त, जुन तरिकाले पुरा दुनियामा अचानक यो बदलाव आइरहेको छ । जसले हजारौं मान्छेहरुको सामुन्ने रोजीरोटीको संकट आइरहेको छ ।

यो पनि सोच्नुस त कृषिका बोटबिरुवा खराब हुनाका कारण त्यसको मूल्यमा जुन वृद्धि हुने छ, त्यसले के हुनेछ । खानाको कमी हुनगइ मानवीय संकट खडा हुने छ र त्यसले राजनीतिक अस्थिरता पसर्जना हुनेछ ।

प्रष्ट छ यो घटना मात्रै तपाईको चिया कप या व्हिस्कीको गिलाससँग मात्रै जोडिएको छैन ।