सडकले ल्यायो खुशी

कञ्चनपुर, २९ साउन । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका ६५ वर्षीय मानबहादुर साउद गाउँमा सडक सुधार हुँदा निकै खुशी छन् । हिँड्नै मुस्किल हुने सडकको स्तरोन्नति भई गाउँमै सवारीसाधन पुग्न थालेपछि साउदलगायत बेलडाँडीवासी दुःखका दिन सकिएको अनुभव गर्न थालेका छन् । गाउँबाट पूर्व–पश्चिम राजमार्गको कलुवापुर पुग्नका लागि पैदल अढाइ घण्टा लाग्दथ्यो उनले भने, “जनप्रतिनिधि आएपछि वर्षौंदेखि सुधार […]

घट्दै छन् पानीका मुहान

जाजरकोट, २९ साउन । दश वर्षअघि जहाँतहीँ पाइने पानीका स्रोत अहिले कम हुँदै गएका छन् । जथाभावी सडक निर्माण र वनजङ्गल फँडानी कारण पानीका स्रोत सुक्ने क्रम जारी रहेको छ । विगतमा मूलबाट आउने पानीको मात्रा र अहिले आउने मात्र निकै ठूलो गिरावट आएको स्थानीयवासीको भनाइ छ । दश वर्ष पहिले घर नजिकै जङ्गल पाइथ्यो, […]

नेपालका युवा वैज्ञानिक कुँवरलाई भौतिकशास्त्रमा अर्को सफलता, विश्व चकित्

२९ साउन, गलेश्वर । भौतिक विज्ञानमा स्थापित विभिन्न मान्यताहरुको अपूर्णताका विषयमा विभिन्न खोज तथा अनुसन्धान गर्दै आएका युवा वैज्ञानिक भविन्द्र कुँवरले हालै विज्ञानको अर्को जटिल समस्याको समाधान गरेका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा जन्मेका कुँवरले दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणको प्रयोगबाट पिण्डको चालमा हुने सबैखाले उतारचढावको सही मापन गर्न सकिने सुव्रत […]

शिक्षक र विद्यालय कर्मचारीको माग पुरा गर्न शिक्षक महासंघको २४ घण्टे अल्टिमेटम

२९ साउन, काठमाडौं ।नेपाल शिक्षक महासंघले उत्पीडित शिक्षक एवं विद्यालय कर्मचारीका समस्या सम्झौता बमोजिम समाधान गर्न शिक्षा मन्त्रालयलाई २४ घण्टे अल्टिमेटम दिएको छ । मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई अल्टिमेटम पत्र बुझाउँदै शिक्षक महासंघले राहत, द्वन्द्वपीडित, इसिडि शिक्षकलगायत विद्यालयकर्मचारीहरुको माग पुरा गर्न शिक्षा मन्त्रालयलाई बुधवार ५ बजेसम्मको समय दिएको हो । महासंघको […]

घरबेटीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक डेरावाल पक्राउ

काभ्रेको पाँचखालमा घरबेटी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक डेरावाल पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षका सुनबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । लामाले ३३ वर्षीया घरबेटी महिलालाई गत जेठ २३ गते राति १ बजे जबर्जस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । एक पटक जबर्जस्ती […]

पुल भाँच्चिएपछि अरुणखोलामा ‘डाइभर्सन’ बनाएर यातायात सुचारु

२९ साउन, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो ९डाइभर्सन० निर्माण गरी सञ्चालन ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ । ठूला सवारीका […]

”बिए’ लाई ४ वर्षे बनाउने निर्णय

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कोर्षलाई पनि चारवर्षे बनाएको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । तीनवर्षे कोर्षलाई परिमार्जन गर्दै चारवर्षे बनाउने निर्णय गरिएको हो । त्यसका लागि पाठ्यक्रम बनाइसकिएको र आवस्यक सबै तयारी पूरा भएको त्रिविको भनाइ छ । बोर्ड बैठकले अन्तर्राष्ट्रिय स्तरमा समयसापेक्ष बनाउन […]

बहालवाला मन्त्रीलाइ पक्राउ गर्न अदालतको आदेश, पर्लान पक्राउ मन्त्री खडक

काठमाडौं, २९ साउन । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सोमबार उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशहरु श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलाशले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न आदेश दिएको हो । ‘उच्च अदालतबाट उहाँलाई पक्राउ पूर्जी जारी भएको छ,’ उच्च अदालत पाटनका […]

युरोप पठाउने भन्दै विज्ञापन गर्ने कन्सल्टेन्सीमा धमाधम छापा मारिदै, यस्तो भेटियो एलाइन्स कन्सल्टेन्सीमा

काठमाडौं, २९ साउन । युराेपका विभिन्न मुलुकमा मान्छे पठाउने भन्दै विज्ञापन गर्ने एक कन्सल्टेन्सीमा छापा मारिएकाे छ । वैदेशिक रोजगार विभागले प्रहरीकाे सहयाेगमा सिनामंगलमा रहेकाे एलाइन्स इन्टरनेसन एजुकेसन कन्सल्टेन्सीमा सोमबार छामा मारेको हाे । उक्त कन्सलटेन्सीले सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा रोजगारीका लागि विज्ञापन गरेको थियाे । साेही सूचनाका आधारमा विभागले छापा मारेको जनाएकाे छ […]

एकाबिहानै ट्रकले भत्कायो अरुणखोला पुल, २ मिटर पुल तल झार्ने गरी ठोक्किएको ट्रक तान्नै मुस्किल

बुटवल, २९ साउन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोलामा एक ट्रकले पुल नै भाँचेकाे छ । पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। नवलपरासीकाे मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोलामा आज (बुधबार) बिहान ४ बजे एक ट्रक पुलमा ठोक्किएकाे थियाे । पुलमा ठाेक्किएका कारण ट्रक भने खाेलामा झर्नबाट बचेकाे भए पनि पुल भाँचिएकाे छ । पुल भाँचिएपछि […]