नेकपा सचिवालय बैठक बिहीबार

काठमाडौँ, २९ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक पनि स्थगन भएको छ । विवादित विषयमा सहमति जुट्न नसक्दा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगन भएको हो । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपचार गरेर आएपछि मङ्गलबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो […]

बालाजुमा सवारी दुर्घटनामा एकको मृत्यु

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको आज बिहान मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले ट्रक पछाडि सार्न […]

दलित बस्तीमा घरैपिच्छे धारा

लमजुङ, २९ साउन । गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–३ गाउँशहरमा रहेका दलित बस्तीमा घरैपिच्छे धारा जडान गरिएको छ । नगरपालिकाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत उक्त बस्तीमा घरैपिच्छे धारा जडान गरिएको हो ।अभियानअन्तर्गत गत मङ्सिरको पहिलो सातादेखि गाउँमा खानेपानीको संरचना निर्माण गरिएकामा यतिबेला घरैपिच्छे धारा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पैसठ्ठी हजार लिटर […]

भुक्तानी पाएनन् उखु किसानले

नवलपरासी, २९ साउन । पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका छैनन् । चिनी उद्योगहरुले २०७५ सालमा करीब रू ७० करोड र २०६९ सालमा उखु दिएबापत बाँकी रहेकामध्येको करीब रु चार करोडको रकम अझै लिन बाँकी रहेको जिल्लास्थित उखु उत्पादक कृषक समितिको जिकिर छ । पश्चिम […]

कार्यविधिको अभाव झेल्दै बाल सुधारगृह

डोटी, २९ साउन । बालबालिकाले अपराध गरेको ठहरिएमा पनि उनीहरूलाई अपराधी वा खराव मान्छेका रुपमा नहेरीकन सहयोगी व्यवहार गर्नुपर्ने हुन्छ ।सामाजिक न्यायका दृष्टिकोणले बालबालिकाका मुद्दाहरू हेर्दा धेरै जसोमा बालबालिकालाई जति दोषी ठानिन्छ त्योभन्दा बढी दोष सामाजिक परिवेश, घटनाक्रम र मूल्य मान्यताको हुने गरेको पाईन्छ । त्यसैले अपराध गरेको ठहरिए पनि अथवा पुर्पक्षको अवस्थामा भए पनि […]

उपचारका लागि सहयोग गर्न जनप्रतिनिधिको याचना

हेटौँडा, २९ साउन । ‘भाइ मलाई कहिले लाने इन्डिया रु छिटो गरन, छिटो नगरे त म मरिहाल्छु नी । मलाई जे गरेर भए पनि बचाइदेउ ।’ चितवनको एउटा अस्पतालको शय्यामा आफ्नो भाइलाई बचाइ दिन एक महिला यसरी हारगुहार गर्दैछिन् । पुरुषहरुको झै छोटो कपाल भएकी ती बिरामी महिला एक जनप्रतिनिधि हुन् । मृत्युसँग जुधिरहेकी उनि […]

जनैको तीन सूत्र, नौ तार र पाँच गाँठोको बैज्ञानिक महत्व के छ ?

काठमाडौं । २९ साउन् । भोलि बिहीबार यज्ञोपवित एवं जनै पूर्णिमा हो । श्रावण शुक्ल पूर्णिमाको दिन विधि पूर्वक पूजाआजा गरी पवित्र बनाईएको जनै धारण गरी यो पर्व मनाउने गरिन्छ । नेपालकै तराई भेगमा यही दिन दिदी बहिनीले दाजु भाइहरुलाई राखी बाँध्ने चलन समेत रहेको छ । द्विज जातीहरु जो जनै लगाउँछन् ब्राह्मण, क्षत्री र […]

तीजका गीतमा परिवर्तनका सन्देश

बाँके, २९ साउन । तीज आउन अब अझै दुई हप्ता बाँकी छ । यहाँका ग्रामीण बस्तीहरुमा तीजका भाकाहरु भने घन्किन शुरु भइसके । दिनभर काममा व्यस्त हुने महिला दिदीबहिनीहरु साँझ परेपछि एक ठाउँमा भेला भएर तीजका गीतसँगै नाच्ने गर्छन् । कुनैबेला माया पिरती र सासू–ससुरा, आमा–बुबालगायतलाई व्यङ्ग्य गरिने तीजका गीतहरुलाई हिजोआज परिमार्जन गर्दै स्थानीय कला […]

मध्यपुर थिमिमा रातभर जाग्दैछन् देवी देवता

भादगाउँ, २९ साउन । भूतप्रेत, पिशाचलगायत दानवहरुलाई भगाउन गाईजात्राको भोलिपल्ट अर्थात शनिवारदेखि चार रात मध्यपुर थिमिमा भैरव, महाकाली, निलवाराही लगायतका देवी देवता जाग्ने भएको छ । मल्लकालीन समयमा मध्यपुर थिमि क्षेत्रमा भूतप्रेत, पिशाच, डाकिनीलगायत दानवरूपी आत्माले सा¥है दुःख कष्ट दिन थाले । किसानहरू खेतमा जान नसक्ने भए । व्यापारीहरु सामान खरिद गर्न अन्य शहर जान […]

खेलमैदान निर्माणमा सत्तापक्ष र प्रतिपक्षदलबीच आरोप–प्रत्यारोप

रोल्पा, २९ साउन ।  खेलमैदान निर्माणको विषयलाई लिएर सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काङ्गे्रसबीच जुहारी चलेको छ । नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुन्टीगढी गाउँपालिकाले प्रेस विज्ञप्ति प्रकाशन गरी एक–अर्कामाथि आरोप–प्रत्यारोपमा उत्रिएपछि विवाद सतहमा आएको हो । प्रदेश नं ५ सरकारको रु ३० लाखको लागतमा बन्न […]