सुर्खेत, २९ साउन । यही साउन १९ गते तिलानदीमा आएको बाढीले बगाएको हाँकु र लाम्रागाउँ जोड्ने पुल स्थानीयवासीले आफ्नै श्रमदानमा निर्माण गरेका छन् । तातोपानी गाउँपालिका–४ र ५ वडाका स्थानीयवासीले सयौँ वर्ष आयु भएको शक्तिशाली देवदार रुख प्रयोग गरेर काठेपुल बनाएका हुन् । पुल बगाउँदा असहज स्थिति सिर्जना भएपछि हाँकु र लाम्रागाउँका करीब पाँच हजार […]
समाचार
उपत्यकामा नै गाजा खेति, प्रहरीले नष्ट गर्यो आठ हजार गाँजाको बोट नष्ट
भक्तपुर, २९ साउन । सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा रहेका करीब आठ हजार गाँजाको बोट प्रहरीले फडानी गरेको छ । महानगरिय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले लागुऔषधको रुपमा प्रयोग हुने गरेको गाँजाको आठ हजारभन्दा बढी बोट फडानी गरी नष्ट गरेको जोशीले बताए । स्थानीय बासिन्दाको घर करेसा, तरकारी, मकैबारीदेखि […]
महायज्ञबाट बीस लाख सङ्कलन
बनेपा, २९ साउन । श्री धनेश्वर महादेव प्राथमिक विद्यालय सञ्चालनका लागि आयोजना गरिएको महायज्ञबाट २० लाख नगद सङ्कलन भएको महायज्ञ सञ्चालन समितिले जनाएको छ । यही २० गतेदेखि शुरु भएर मङ्गलबार समापन भएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’मा नगद २० लाख सङ्कलन भएको र साट्न बाँकी चेक आठ लाख जति रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष […]
कृषिप्रधान देश बनाउन नसकेपनि आफूहरुले कृषि प्रधान प्रदेश बनाएरै छाड्ने मन्त्री साहको दावी
सर्लाही, २८ साउन । प्रदेश नम्बर दुईका कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहले किसान समृद्ध नभए सम्म प्रदेशमा समृद्ध नहुने बताएका छन् । सर्लाहीको लालबन्दी- १नवलपुरमा नेपाल मौरी पालक महासंघ प्रदेश नम्वर दुईका नव निर्बाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रमलाई मंगलबार संबोधन मंत्री साहले किसानको सम्बृद्धिमा जोड दिए । किसान सम्बृद्ध बन्न को […]
सरकारले सार्वजनिक गरेको तलवमानमा विद्यालय कर्मचारी र इसिडि शिक्षकको तलब खोइ ?
काठमाडौं । विद्यालय कर्मचारी र इसिडि शिक्षको तलबको सम्बन्धमा संसदमा कुरा उठेको छ । पूर्वमन्त्री समेत रहेका सल्यानका सांसद टेकबहादुर बस्नेतले विद्यालय कर्मचारीको न्यून तलब सुविधा बारे संसदमा कुरा उठाएका हुन् । सरकारले उद्योग र कम्पनीहरुलाई कार्यरत कामदारलाई न्यूनतम पारिश्रमिक दिन अनिवार्य गरेपनि आफैले विद्यालय कर्माचारी र इसिडि शिक्षकलाई भने ५–६ हजारमा महिनाभरी काम लगाएको […]
टोलटोलमा रञ्जना लिपि प्रशिक्षण
भादगाउँ, २८ साउन । लोपोन्मुख रञ्जना लिपिको संरक्षण, सम्वद्र्धनका साथै जनचेतना अभिवृद्धिका लागि मध्यपुरथिमिका टोलटोलमा सो लिपिको प्रशिक्षण भइरहेको छ । रञ्जना लिपिलाई जनमानसमा पु¥याउने हेतुले रञ्जना लिपि क्यालिग्राफी समूह गठन गरी नगरका विभिन्न टोलमा प्रत्येक महीनाको एक पटक लिपि लेख्ने प्रशिक्षण कक्षा सञ्चालन भइरहेको हो । समूहका संयोजक एवं लिपिका प्रशिक्षक विक्की बज्राचार्यका अनुसार […]
छोरी जन्मिएको भन्दै श्रीमती नै छाडेर हिडेपछि….
खलङ्गा, २८ साउन । छोरी जन्मेको भन्दै श्रीमती र नाबालक छोरीलाई छाडेर गएका श्रीमान्को जिम्मा लगाइएको छ । जुम्ला पातारासी गाउँपालिका तल्फी गाउँ निवासी ३५ वर्षीया पुतली महतारालाई स्थानीय प्रशासन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, गाउँपालिका र सरोकारवाला निकायको पहलमा घरमा फिर्ता गरिएको छ । अस्पतालमा बच्चा जन्मेपछि श्रीमान् वीरबहादुर बोहराले छोरी जन्मेको चित्त […]
माछा मार्न थापेको जालमा परि गयो शिक्षकसहित २ जनाको ज्यान
स्याङ्जा । स्याङ्जाको ज्याग्दीखोलामा माछा मार्न थापेको जालमा परि मानिसकै ज्यान गएको छ । माछा मार्न थापेको जालमा परि २ जनाको ज्यान गएको हो । ज्यान जानेमा चापाकोट-५ का ५५ वर्षीय बीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेरहेको प्रहरीले जनाएको छ । मृतक द्वय माछा मार्न खोलामा गएका तर जालमा बेरिएर दुबैको ज्यान गएको प्रहरीको […]
प्रशासकीय अदालत विधेयक पारित
काठमाडौँ, २८ साउन । प्रतिनिधिसभाले प्रशासकीय अदालत विधेयक–२०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । यसअघि बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रशासकीय अदालत विधेयक, २०७६ लाई पारित गरियोस’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा ‘कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको प्रशासकीय अदालत विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मतरुपमा […]
भारतीय नम्बरको स्कर्पिओले ठक्कर दिदा एकको मृत्यु
रौतहट, २८, साउन । जिल्लाको राजपुर नगरपालिकामा आज भएको सवारी दुर्घटनामा परी एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार पलुवाचैनपुर कुमरार टोलीका ६० वर्षीय विन्देश्वर दास रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बौद्धिमाई नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्र चन्द्रवंशीले चढेको बीआर०३२ पीए १५४१ भारतीय नम्बरको स्कारपियाले ठोकिँदा दासको घटनास्थलमै मृत्यु […]











