मन्त्रीहरुले भकाभक खल्तीबाट निकाल्न थालेपछि मुख्य सचिव त्रसित

काठमाडौं, ११ माघ । देउवा सरकारका मन्त्रीहरूले मन्त्रिपरिषदमा भकाभक खल्तीबाट ठाडाे प्रस्ताव निकाल्न थालेपछि मुख्यसचिव त्रसित बनेका छन् । दैनिकजसाे मन्त्रिपरिषदकाे कार्यालयमा मन्त्रीहरुले ठाडो प्रस्ताव ल्याउँदै स्वीकृत गर्न दबाब दिन थालेपछि मुख्यसचिव लोकदर्शन रेग्मी तनावमा पर्न थालेका हुन।  यसअघि २९ पुसको मन्त्रिपरिषद् बैठकबाट भएका ७० निर्णयमध्ये आधाभन्दा बढी निर्णय ठाडो प्रस्तावका आधारमा भएका थिए। त्यसयता […]

नेपाली अर्थतन्त्रमा ठूलो खतरा, बैङ्कहरुमा कर्जा र निक्षेप अनुपात अन्तिम बिन्दुमा

काठमाडौं, ११ माघ । राष्ट्र बैंकका कार्यवाहक गर्भनर चिन्तामणि शिवाकोटीले बैंकको कर्जा, पुँजी र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.९ प्रतिशत पुगेको बताएका छन्। वाणिज्य बैंकहरूको सीसीडी रेसियो अन्तिम विन्दुमा पुगेकाले अर्थतन्त्रमा चुनौती थपिएको छ। बैंकहरूको ध्यान निक्षेप संकलनभन्दा कर्जा प्रवाहमा केन्द्रित भएकाले पनि यस्तो अवस्था आएको हो। ‘कतिपय बैंकको सीसीडी रेसियो राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा […]

५६ सिट मध्ये १७ निर्विरोध, कुन दलका कति ? राष्ट्रिय सभाको रोचक निर्वाचन

काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका लागि १७ जना सांसद निर्विराेध निर्वाचित भएका छन् । राष्ट्रिय सभामा एकल सङ्क्रमणीय मत प्रणालीका अाधारमा ५६ सिटमा निर्वाचन हुन लागेकामा त्यसमध्ये १७ जना मनाेनयन दर्ता गरेरै निर्विराेध निर्वाचित भएका हुन् । निर्वाचन अायाेगले माघ २८ गते राष्ट्रिय सभाकाे निर्वाचन हुने मिति तय गरेकाे छ । साेही वमाेजिम बुधवार […]

सबै स्थानीय तहमा शाखा विस्तार गर्ने वाणिज्य बैंकको तयारी

nepal-rastra-bank

काठमाडौँ, ११ माघ । राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा बैंकको शाखा सञ्जाल पु¥याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो । बैंकले अहिले नै १५ शाखा सञ्चालनको तयारी अवस्थामा […]

डुबेर एकैघरका दुईको मृत्यु

तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क नजिक रहेको पातुखोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । बुधवार अपरान्ह पौडी खेल्ने क्रममा एकैघरका दुईजनाको डुबेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश साप्पकोटाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–११ हिउल्चाका लोकेन्द्र कवरका १२ वर्षीय छोरा राजकुमार कवर र १० वर्षीय कुमार कवर छन् । […]

१० लुटेरा फिल्मी शैलीमा लुटेर बेपत्ता : जमिनले खायो की आकाशले निल्यो

म्वाँइ खाएर फरार लुटेराहरुलाई नभेट्दा भक्तपुर प्रहरी परेशान बनेको छ । गतराती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा लुटेराहरुको एक समुहले लुटपाट मच्चाएपछि पीडितका छोरालाई म्वाँइ खाएर फरार भएको हो । सिपाडोल बस्दै आएका काभ्रे ज्याम्दीका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई हतियारधारी लुटेराहरुले फिल्मी शैलीमा लुटेर फरार भएका हुन् । मध्यरातमा अन्दाजी २:३० बजे भेन्टिलेसनको शिशा फोडेर मूल ढोका खोलेका […]

हिमाली भेगमा उच्च हिमपात, पश्चिमी भेगको जनजीवन प्रभावित

बैतडी, १० माघ । गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ । यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात […]

मोदीले केपी ओलीलार्इ एक महिनामा दुर्इपटक कल किन गरे

काठमाडाैं, १० माघ । निर्वाचनबाट ठूलो दल बनेपछि वाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली निर्विकल्प प्रधानमन्त्रीका रूपमा उभिएका छन् । चीननिकट मानिएका केपी ओली भावी प्रधानमन्त्री बन्ने निश्चित भएपछि भारतीय संस्थापन पक्ष ओलीसँगको सम्बन्ध सुधार्ने प्रयासमा लागेको छ । वाम गठबन्धन निर्माण चिनियाँ डिजाइनमा भएको आरोप भारतीय पक्षबाट लाग्दै आएको थियो । वाम […]

छाउ भएको बेलामा शिक्षक नै जादैनन् स्कूल : कर लगाए जागिर छोड्ने चेतावनी

अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडाैँ प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक महिनामा विद्यालयको ४ दिनको पढाइ छुट्ने गर्छ । विद्यालय नजिकै रहेको मष्टाको देवताको मन्दिरले गर्दा शिक्षिका विद्यालय जाँदैनन् । “हाम्रो […]

चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) सम्पन्न 

      पौष १ गतदेखि देखि शुरु भएको चेज बूदिंया भिंतुना म्ये कासा (कभर गीत प्रतियोगिता) मा सोमबार राति १२ बजेसम्म १२१ प्रतिस्पर्धीले गीत पोष्ट गरी प्रतियोगितामा सहभागी भएका छन् । पेजथ्री नेपालभाषा पाक्षिकको आयोजनामा गायक तथा रचनाकार सुरजवीर बज्राचार्यको नेपालभाषाको जन्मदिनको शुभकामना गीत ‘बूदिंया भिंतुना’ को कभर प्रतियोगितामा सर्वाेत्कृट प्रतियाेगीका लागि २४ इन्चकाे […]