चिप्लेढुङ्गा, २८ साउन । पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ । त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या, पोल्याण्ड, बेलायत, यमन, चीन, नेदरल्याण्डस्का नागरिक छन् । उनीहरुलाई लेकसाइड आसपासका क्षेत्रबाट […]
समाचार
नेकपा सचिवालय बैठक बुधबार
काठमाडौँ, २८ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै आज बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने […]
सयपत्री खेतीमा महिला
कनकाई, २८ साउन । स्थानीयस्तरमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले झापाका महिला यतिबेला व्यावसायिक फूल खेतीमा लागेका छन् ।दीपावलीलाई लक्षित गरेर महिला समूह यतिबेला सयपत्री फूलको बेर्ना सार्ने कार्यमा व्यस्त देखिन्छन् । दीपावलीको समयमा सयपत्री फूलको माग धेरै हुने भएकाले भारतीय बजारबाट आयात हुने फूलको मालालाई न्यूनीकरण गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले महिलाको सक्रियता […]
पूर्वसूचना प्रणालीका कारण मानवीय क्षति शून्य
कञ्चनपुर, २८ साउन । पूर्वसूचना प्रणालीका कारण कञ्चनपुरमा बाढीजन्य प्राकृतिक प्रकोपले हुने मानवीय क्षति शून्यमा झरेको छ ।जिल्ला आपत्कालीन सञ्चालन केन्द्र स्थापना भएपछि मानवीय क्षति शून्यमा झरेको हो । जिल्लाका मुख्य नदीहरुमा जलसतह मापन केन्द्र, वर्षा मापन केन्द्र स्थापना भएपछि मानवीय क्षति हुन पाएको छैन । जल तथा मौसम विज्ञान विभागको मातहतमा महाकाली बेसिन कार्यालय […]
अनुमानित प्रगति र लक्ष्य हासिल भएको मुख्यमन्त्री राईको भनाइ
विराटनगर, २८ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत आर्थिक वर्षमा अनुमान गरिएका लक्ष्य र प्रगति हासिल भएको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७५÷७६ को मन्त्रालयगत समीक्षा तथा आव २०७६÷७७ को बजेट कार्यान्वयन योजना प्रस्तुत कार्यक्रममा उनले सो कुरा बताए । यस किसिमको समीक्षा पहिलो पटक भएको उल्लेख गर्दै मुख्यमन्त्री […]
६७२ उपप्राध्यापक नियुक्ति गर्न तय गरिएको परीक्षा अचानक स्थगित
काठमाडौं, २८ साउन । ६ सय ७२ जना उपप्राध्यापक नियुक्त गर्न तय गरिएको परीक्षा त्रिभुवन विश्वविद्यालयले फेरि स्थगित गरेको छ। त्रिवि सेवा आयोगको कार्यालयले एक सूचना जारी गर्दै परीक्षाको तयारी नपुगेका कारण उपप्राध्यापक पदको परीक्षा स्थगित गरिएको जानकारी दिएको छ । तर, पटक पटक परीक्षा स्थगित भएपछि यसलाई मान्छेहरुले शंकाको दृष्टिले हेरेका छन् । यसअघि […]
श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु
बेत्रावती, २८ साउन । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ । प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमायाँ तामाङबीच सोमबार विवाद भएको थियो । […]
सुत्केरीको हेलिकप्टरबाट उद्धार
हुम्ला, २८ साउन । हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पु¥याइएको छ । चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो । महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिए । […]
अमेरिकी दुतावासले सन्दिपलाई फेरि बोलाएर दियो भिसा
काठमाडौं, २८ साउन । चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासले पुनः बोलाएर भिसा दिएको छ । क्यारेबियन लिगमा खेल्नका लागि अमेरिका जान लागेका सन्दिपलाई यसअघि अमेरिकी दुतावासले भिसा दिन इन्कार गरेको थियो । मंगलबार बिहान मात्र दुतावासले भिसा दिन इन्कार गरेपछि सन्दिपले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो असहमति व्यक्त गरेका थिए । तर, दुतावासले भिसा […]
‘सतीदेवीको शव बोक्दै’ कुमाले
काठमाडौँ, २८ साउन । एक्काइसौँ शताब्दीका एक शिव हुनुहुन्छ जो मृत सतीदेवीलाई काँधमा बोकेर हिँडेका थिए । एकातर्फ दुःख छ भने अर्कातर्फ आक्रोश छ । देब्रे काँधमा बोकिएको सतीदेवीको लच्किएको शरीर कम्मरसम्म झरेको छ । जीवनको उत्तराद्र्धमा छोराछोरीहरुको प्रशस्त हेरविचार पाए पनि आफ्नी सतीदेवी लक्ष्मीमाया नहुँदा कालु कुमाले आफूलाई एकाङ्गी ठान्दछन् । आफूले आफैँलाई सान्त्वना […]











