माछा मार्न थापेको जालमा परि गयो शिक्षकसहित २ जनाको ज्यान

स्याङ्जा । स्याङ्जाको ज्याग्दीखोलामा माछा मार्न थापेको जालमा परि मानिसकै ज्यान गएको छ । माछा मार्न थापेको जालमा परि २ जनाको ज्यान गएको हो ।

ज्यान जानेमा चापाकोट-५ का ५५ वर्षीय बीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेरहेको प्रहरीले जनाएको छ । मृतक द्वय माछा मार्न खोलामा गएका तर जालमा बेरिएर दुबैको ज्यान गएको प्रहरीको भनाइ छ ।

बिरबहादुर आफैले माछा मार्न फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन गएका नीर बहादुर समेत सोही जालमा बेरिएर ज्यान गुमाएका हुन् ।

मृतक निरबहादुर राना शिक्षक समेत हुन् । उनी स्थानीय राममन्दिर माविमा कार्यरत रहेका थिए । घटना सोमवार साँझको हो ।विद्यालयमा पढाएर साथीहरुसंग मिलेर माछा मार्न गएका उनको आफ्नै सोखले ज्यान गएपछि विद्यालयमा शोक बिदा दिइएको जानकारी प्राप्त भएको छ ।