भक्तपुरस्थित क्यान्सर अस्पताल आर्थिक भ्रष्टाचारको अखडा भएको आरोप, नछोड्ने मेयरको चेतावनी

भक्तपुरस्थित क्यान्सर अस्पताल आर्थिक भ्रष्टाचारको अखडा भएको आरोप लागेको छ । उक्त आरोप लगाउदै भक्तपुरका स्थानीयले भक्तपुर नगरपालिका लाइ ध्यानाकर्षण गराएका छन् । वडा नं. १ देखि १० सम्मका वडाबासीहरुको प्रतिनिधित्व रहेको एक टोलीले बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा अस्पतालको भ्रष्टाचार रोकी सेवामुखी अस्पताल बनाउनु पर्ने लगायतका […]

सगरमाथा आरोहीको मृत्यु जामले होइन : छानबिन समिति

काठमाडौँ, २९ साउन । सगरमाथा आरोहणका क्रममा आरोहीको मृत्यु जामका कारण नभइ लामले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सार्वजनिक गरिएको प्रतिवेदनमा सगरमाथा आरोहणको क्रममा आरोहीको भीड लागेर नभइ प्रतिकूल मौसम र लेक लाग्ने ‘हाइअल्टिच्यूट’ भएर पनि कतिपय आरोहीको […]

दोस्रो विश्व संस्कृत दिवस मनाइँदै

काठमाडौँ, २९ साउन । संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रसारमा सहयोग पु¥याउने उद्देश्यले दोस्रो विश्व संस्कृत दिवस बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । गत वर्षदेखि जरो किलो प्रतिष्ठान नेपालले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन विश्व संस्कृत दिवस मनाउन थालेको हो । संस्कृत भाषाको संवद्र्धन तथा प्रवद्र्धनका लागि विश्व संस्कृत दिवस […]

भोलिदेखि लगातार ३ दिन सार्वजनिक विदा

काठमाडौं । यसपटक महिनाकाे अन्तिममा लगातार ३ दिन विदा परेकाे छ । भाेलि साउन ३० गते जनै पूर्णिमा तथा रक्षा बन्धन हाे । त्यसैगरी साउन ३१ गते शुक्रबार गाइजात्रा पर्व हाे । त्यसपछि महिनाकाे अन्तिम दिन यसपटक शनिवार परेकाे छ । भाेलि बिहीबार जनै पूर्णिमासँगै रक्षाबन्धन, क्वाटी खाने दिन र संस्कृत दिवस पनि परेका छन् […]

धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले निकै महत्वपूर्ण दाउन्ने क्षेत्र ओझेलमा

नवलपरासी, २९ साउन । धार्मिक, ऐतिहासिक र पुरातात्विक दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको पूर्वी नवलपरासी जिल्लाको दाउन्ने क्षेत्रमा पर्याप्त विकास अझै हुन सकेको छैन । दाउन्ने पर्यटकीयस्थलको प्रशस्त सम्भावना बोके पनि भौतिक पूर्वाधारको अभावमा प्रचारप्रसार पूर्वाधार नहुँदा यो क्षेत्र पछाडि पर्दै गइरहेको छ । अग्लो टापुमा रहेको दाउन्ने पर्यटकीयस्थलको प्रशस्त सम्भावना बोके पनि प्रचारप्रसारको अभावमा पछि […]

कर्णालीका मुख्यमन्त्री बोल्दै गर्दा कालिकोटमा दुई वम प्रहार

कालिकोट, २९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका विरुद्ध कालिकोटमा दुई वटा वम प्रहार गरिएको छ । कालिकोटको पचाल झरना गाउँपालिकाद्वारा आयोजना गरिएको गाउँसभालाई सम्बोधन गर्दै गर्दा वम प्रहार भएको हो । आज बुधवार कालिकोट पचाल झरना गाउँपालिकाको वार्ड नं. ३ खार्दुमा गाउँपालिकाले गाउँसभाको आयोजना गरेको थियो । सोही गाउँसभालाई सम्वोधन गर्नका लागि […]

‘समृद्धिका लागि नवप्रवर्तन’

ललितपुर, २९ साउन ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले नेपाल सरकारले अघि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई साकार बनाउन नयाँ नीति ल्याउने भएको छ । विज्ञान र प्रविधिलाई समयसापेक्ष बनाउँदै अघि बढाउन नाष्टले ‘समृद्धिका लागि नवप्रवर्तन’ नीति अघि सारेको हो । उक्त क्षेत्रमा कार्यरत व्यक्तिले आन्तरिक स्रोतसाधनको अत्यधिक सदुपयोग, पर्यवरणीय सन्तुलन, कृषिमा […]

जनैको आयात रोक्न परम्परागत विधिलाई प्रोत्साहन

काठमाडौँ, २९ साउन । विदेशमा यन्त्रमा बनेका जनै यज्ञोपवीत लाई निरुत्साहित गर्ने उद्देश्यले परम्परागत ढङ्गबाट नेपालमै व्यावसायिक रुपमा बनाउन थालिएको छ । गत वर्ष वार्षिक रु एक अर्बको जनै आयात गरिएको समाचार सार्वजनिक भएपछि रैथाने चीजबीजको संरक्षणमा जुटेको जरोकिलो प्रतिष्ठानको अग्रसरतामा परम्परागत तरिकाले जनै बनाउने तालीम दिइएको थियो । विदेशबाट आयात गरिने जनै यन्त्रमा बन्ने […]

सामाजिक कार्य गर्न उमेरले छेक्दैन

तनहुँ, २९ साउन । समाजमा बसेर सामाजिक कार्य गर्न कुनै उमेरले छेक्दैन भन्ने गतिलो सन्देश तनहुँका एक ७६ वर्षीय हाजी अब्दुलरहिम मियाँले दिएका छन् ।जिल्लाको भानु नगरपालिका–१३ सम्जुर निवासी मियाँले गरीब असहायका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्नेदेखि विकास निर्माणका कार्य गर्दै आएका छन् । सामाजिक क्षेत्रमा मियाँले गरेको क्रियाकलाप देखेर त्यस क्षेत्रका युवापुस्ताका व्यक्तिहरुसमेत दङ्ग […]