भक्तपुरस्थित क्यान्सर अस्पताल आर्थिक भ्रष्टाचारको अखडा भएको आरोप, नछोड्ने मेयरको चेतावनी

भक्तपुरस्थित क्यान्सर अस्पताल आर्थिक भ्रष्टाचारको अखडा भएको आरोप लागेको छ । उक्त आरोप लगाउदै भक्तपुरका स्थानीयले भक्तपुर नगरपालिका लाइ ध्यानाकर्षण गराएका छन् ।

वडा नं. १ देखि १० सम्मका वडाबासीहरुको प्रतिनिधित्व रहेको एक टोलीले बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा अस्पतालको भ्रष्टाचार रोकी सेवामुखी अस्पताल बनाउनु पर्ने लगायतका माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख प्रजापतिले भक्तपुर क्यान्सर अस्पताल स्थापनाकालदेखि भक्तपुर नगरपालिका अस्पताल व्यवस्थापन समितिको सदस्य भए पनि कुनै पनि बैठकमा नगरपालिकालाई सामेल नगराइएको नगरपालिकाले त्यहाँको सुधार गर्न नसकेको जानकारी गराएका थिए ।

उक्त क्यान्सर अस्पताल कुनै निजी व्यक्तिले खोलेको नभई सार्वजनिक हितमा स्थापना भएको र त्यसका लागि नगरपालिकाको तर्फबाट जग्गा प्रदान गरिएको अवगत गराउँदै नगरबासीहरुको न्यायोचित मागप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।

त्यसलगत्तै नगर प्रमुखको नेतृत्वमा जनप्रतिनिधिहरुसहित भक्तपुर क्यान्सर अस्पताल दुधपाटीमा स्थलगत निरीक्षन्को लागि पुगेको थियो । नगर प्रमुखको निजि सचिवालयले जनाएअनुसार पटक पटक फोन सम्पर्क गर्दा पनि अस्पताल व्यवस्थापन समितिका कुनै पनि पदाधिकारीहरु सम्पर्कमा नआएपछि प्रमुख प्रजापतिले अस्पतालका मेडिकल डाइरेक्टर ऋषिकेशvनारायण श्रेष्ठसँग छलफल गरेका थिए ।

मेडिकल डाइरेक्टर ऋषिकेश नारायण श्रेष्ठले समेत भक्तपुर क्यान्सर अस्पतालमा भएको आर्थिक अनियमिता र भ्रष्टाचारजस्ता कुरा सञ्चारमाध्यममा पनि आएको हुँदा त्यसको सत्यतथ्य छानबिन गरीदिन गरेका थिए ।

उक्त अवसरमा जनताको गुनासो आउनु दुखद भएको भन्दै प्रमुख प्रजापतिले अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्न तथा बिरामीको उपचारमा ध्यान दिन निर्देशन दिए। उनले राम्रो सेवा दिए नगरपालिकाले सहयोग गर्ने तर नराम्रो गर्नेलाई नछाड्ने समेत चेतावनी दिएका थिए ।