दोस्रो विश्व संस्कृत दिवस मनाइँदै

काठमाडौँ, २९ साउन । संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रसारमा सहयोग पु¥याउने उद्देश्यले दोस्रो विश्व संस्कृत दिवस बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । गत वर्षदेखि जरो किलो प्रतिष्ठान नेपालले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन विश्व संस्कृत दिवस मनाउन थालेको हो । संस्कृत भाषाको संवद्र्धन तथा प्रवद्र्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको कार्यक्रम संयोजक डा गोविन्दशरण उपाध्यायले जानकारी दिए ।

जनै पूर्णिमा, ऋषितर्पणी तथा रक्षा बन्धनको अवसर पारेर साउन ३० गते बिहीबार प्रतिष्ठानको कार्यालय जमलमा दोस्रो विश्व संकृत दिवस मनाउन लागिएको उनले बताए । प्रतिष्ठानले गतवर्ष त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभाग, विश्व भाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभागको संयुक्त आयोजनामा पहिलो विश्व संस्कृत दिवस मनाएको थियो ।

प्राचीनतम् भाषा संस्कृतको विश्वमै उपयोगिता र महत्व बढ्दै गए पनि यसको उद्गमस्थल नेपालमा भने चासो कम हुन थालेकाले दिवस मनाउन शुरु गरिएको प्रतिष्ठानका अध्यक्ष डा निर्मलमणि अधिकारीले बताए । यस अवसरमा नेपाल संस्कृत विश्वविद्यालय, त्रिवि केन्द्रीय संस्कृत विभाग, विश्वभाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभागलगायतले संस्कृत जागरणका लािग कार्यक्रमको आयोजना गरेको जनाइएको छ ।

Loading...