काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक फेरि समस्या देखा परेको छ । प्रम ओलीको मृगौलाले काम गर्ने क्रम घट्दै जान थालेकोले गम्भीर चिन्ता व्यक्त गरिएको छ । केही दिन अघि सिंगापुरमा उपचार गरेर फर्केका प्रम ओलीको स्वास्थ्य फेरि गम्भीर समस्या देखा परेपछि सिंगापुरमै लग्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । […]
समाचार
कास्मिरमा भारत र पाकिस्तानी सैनिकबीच गोली हानाहान सुरु, ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु
काठमाडौं । कास्मिरकाे तनाव अन्तत: युद्धतिर उन्मुख हुन थालेकाे छ । नरेन्द्र माेदी नेतृत्वकाे सरकारले कास्मिरकाे स्वायत्तता खारेज गरी केन्द्र प्रशासित क्षेत्रका रुपमा कास्मिरलाइ कायम गरेपछि सुरु भएकाे तनाव पछिल्लाे समय गाेली हानाहानसम्म पुगेकाे छ । गाेली हानाहानमा परी बिहीबार मात्र पाँच भारतीय सैनिककाे मृत्यु भएकाे छ । साथै तीन पाकिस्तानी सैनिककाे पनि मृत्यु भएकाे […]
काठमाडौंबाट रवि लामिछाने गिरफ्तार, चितवन लगिदै
काठमाडौं । प्रहरीले चर्चित पत्रकार रवि लामिछानेलाइ पक्राउ गरेकाे छ । काठमाडाैंकाे पानीपोखरी स्थित न्युज २४ टेलिभिजनको कार्यालयबाटै उनी पक्राउ परेका हुन् । प्रहरीले रवी सहित युवराज कँडेललाई पनि पक्राउ गरेको छ । उनीहरुलाइ चितवन लाने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ । पत्रकार पुडासैनी प्रकरणमा जाेडिएकी नर्स अस्मिता कार्की पक्राउ परेकाे केही घन्टामै प्रहरीले रविलाई […]
१८ दिनमै दुईपटक पुगे मन्त्री पोखरेल परीक्षा बोर्ड : छोराछोरीले परीक्षा दिने भन्दै निर्देशन
भक्तपुर, ३० साउन । शिक्षाको राजधानी पनि भनिने सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा बिहीवार अलग वातावरण देखियो । सेवाग्राहीको सधै चाप रहने बोर्डमा कर्मचारीहरु हसिलो मुहारले काम गरिरहेका देखिन्थे । उनीहरुको मुहारमा मुस्कान त्यत्तिकै देखिएको भने होइन, सम्बन्धित मन्त्रालयका मन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिले उनीहरु दंग देखिन्थे । हो, बिहीवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले […]
रवि लामिछाने पक्राउ
३० साउन, काठमाडौं । न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ परेका छन् । प्रहरीले बिहीवार साँझ उनीहरुलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको […]
एसईई पुनर्योगको नतिजा सार्वजनिक, ८६३ जनाको नतिजा सच्याइयो (हेर्नुहोस सच्याइएको पूरा नतिजा)
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको पनिकाले दुई चरणमा पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । पनिकाले यसअघि एसईई परीक्षाको सार्वजनिक गरेको नतिजामा चित्त नबुझेका विद्यार्थीले नतिजा पुनः जोडनका लागि निवेदन दिएका थिए । पनिकाले निवेदन दिएका मध्ये ८६३ जना विद्यार्थीको ग्रेड सच्याएको छ । […]
चीनमा चालीस लाख यौनकर्मी, नेपाली महिला पनि तस्करको फन्दामा
काठमाडौं । चीनमा करिब ४० लाख महिला यौनकर्मी रहेको एक अध्ययनले देखाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिवेदनलाई आधार मानेर राष्ट्रिय मानव अधिकार आयोगले गरेको महिला बेचबिखनसम्बन्धी एक अध्ययनमा चीनमा ३० देखि ४० लाख महिला यौनकर्मीका रुपमा काम गरिरहेको उल्लेख गरेको छ । यसको प्रभाव नेपालमा पनि पर्दै गएको आयोगको प्रतिवेदनले औँल्याएको छ । […]
सेन्जेनमा चीनले गर्यो विश्वलाइ चकित पार्नेगरी शहरी युद्धकलाको अभ्यास
काठमाडाैं । लोकतन्त्रको माग गर्दै हङकङमा हिंसात्मक प्रदर्शन चर्किंदै जाँदा त्यसलाई दबाउन चीनको सशस्त्र फौजले हङ्कङको छिमेकी शहर सेन्जेनमा युद्ध अभ्यास गरेको छ । चीनको जनसशस्त्र प्रहरी बलले सेन्जेनमा रहेको एक रंगशालामा अर्बन वारफेयर अर्थात् शहरी युद्धकलाको अभ्यास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शसस्त्र प्रहरी बलले युद्ध अभ्यास गरेको सेन्जेनको उक्त रंगशाला पत्रकारका लागि […]
चोरीका गहनासहित चार जना चोर पक्राउ
काठमाडौं । ललितपुर प्रहरीले चोरीका गहनासहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले चोरीका गरगहनासहित ४ जना पक्राउ परेका बताए । डिएसपी चिमोरियाका अनुसार अहिले बरामद भएको गहना परीक्षण गर्ने काम भइरहेको छ । प्रहरीले चोरीका गहनासहित पक्राउ परेका व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । चिमोरियाका […]
धानको मेलो सकेर कोदोतिर किसान
लमजुङ, ३० साउन । यतिबेला लमजुङका किसानलाइ कोदो रोप्न भ्याइनभ्याई छ । धानको बीउ रोपिसकेका किसानलाई साउन शुरु भएदेखि कोदो रोप्न भ्याइनभ्याई भएको हो ।दोर्दी गाउँपालिका–५ पाचोकस्थित सिमरुङगाउँका ४० वर्षीय कुमार तामाङले साउन २ गतेबाट कोदो रोप्न शुरु गरे । “बिहान–बेलुका घरमा भए पनि दिउँसो खेतबारीमै हुन्छन् । अहिले कोदो रोप्न भ्याइनभ्याई छ” उनले भने […]










