लम्की, ३१ साउन । कैलालीको टीकापुर–७ बेलुवामा पोखरीमा पसेको मगर गोहीको उद्धार गरिएको छ । पथरैया नदीबाट स्थानीय टेकबहादुर मल्लको माछा पोखरीमा पसेको गोहीको प्रहरी र स्थानीय संरक्षणकर्मीले उद्धार गरी पथरैया र काढा नदीको दोभानमा छोडेका छन् । पोखरीमा गोही देखेपछि माछापालक मल्लले प्रहरीलाई खबर गर्नुभएको थियो । प्रहरी चौकी सत्तीका इञ्चार्ज दौलत पुजारा, प्रहरी […]
समाचार
आज गाईजात्रा, बिशेष रुपमा मनाइदै
भक्तपुर, ३१ साउन । तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई देश परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि शुरु भएको छ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व यहाँ बिहानैदेखि शुरु भएको हो । नेवार समुदायले बिहानैदेखि गाईजात्रा निकालेका छन् […]
दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते
हेटौँडा, ३१ साउन । हेटौँडामा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो । काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला […]
गाँजासहित तीन जना पक्राउ
सुरुङ्गा, ३१ साउन । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीयवासी दिलबहादुर मगर, नरबहादुर मगर र ताराबहादुर कुँवर छन् । दिलबहादुरको घरबाट आठ किलो, […]
सत्तारुढ दल नेकपाका सचेतकको घरमा वम आक्रमण
बुटवल, ३१ साउन । प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति अज्ञात समूहले आक्रमण गरेको छ । प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उनी चढ्ने लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका […]
दशक बित्यो, खुलेन लोकमार्गको ट्रयाक
भीमदत्तनगर, ३१ साउन । कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकरसम्म उत्तर–दक्षिण सडक सञ्जाल विस्तार गर्न २०६६ सालमा महाकाली लोकमार्गको काम अगाडि बढ्यो । चार सय २५ किलोमिटर लामो उक्त लोकमार्ग निर्माणको काम आर्थिक वर्ष २०७३/७४ देखि शुरु भयो । तर कञ्चनपुरमा भने अहिलेसम्म ट्रयाक खोल्ने कुनै सुरसार देखिएको छैन । लोकमार्गको ट्रयाक खोल्ने क्रममा दार्चुला, बैतडी र […]
अनुदानको रकम नपाएको भन्दै उजुरी
दमक, ३१ साउन । कृषि अनुदानको प्रोत्साहन रकम सम्बन्धित कृषकलाई वितरण नगरेको भन्दै झापाको गौरीगञ्जका किसानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । छानबिनको माग गर्दै गौरीगञ्ज गाउँपालिका–२ का किसानले उजुरी हालेका हुन् । गौरीगञ्ज–२ कोरोबारीको माङ्सावा कृषक समूह, कन्काइ विपद् कृषक समूह, तुलाचन कृषक समूह र ठेकीटोला कृषक समूहलाई दिने भनिएको अनुदान रकम […]
डेङ्गुको सङ्क्रमणः प्रधानमन्त्रिको जिल्लामा झुल टाँगेर उपचार
सुरुङ्गा, ३१ साउन । झापाको दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन । अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ । दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एडभान्स अस्पताललगायतमा डेङ्गुका बिरामीले उपचार गराइरहेका छन् । डेङ्गुको सङ्क्रमणले महामारीको रुप लिएपछि अहिले […]
बैंकमा नक्कली काम गर्ने खत्रीको मन्त्री पद खोसियो
सुर्खेत, ३१ साउन । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । कर्णाली प्रदेश सरकारले बिहीबार उनलाई पदमुक्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरेको उनका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिएका छन। मन्त्री खत्रीविरूद्ध […]
७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा
प्रहरी प्रधान कार्यालयले एकैपटक ७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको निर्णय अनुसार उनीहरुको बिहीवार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उमेश लम्साल, कमलपोखरीमा भरतबहादुर विक,कालीमाटीमा रुगम कुवँर आएका छन् । इलाका प्रहरी कार्यालय इटहरीको इन्चार्जमा धर्मराज भण्डारी, टाँडी चितवनमा भावेश रिमाल, जिल्ला प्रहरी […]











