सुविधाको गाडी चढ्ने रकम एम्बुलेन्स व्यवस्थापनमा

गाईघाट, १० भदौ । उदयपुरको कटारी नगरपालिकाका उपप्रमुखले आफ्नो सेवासुविधाका लागि गाडी किन्ने रकम कटारी अस्पतालमा एम्बुलेन्स व्यवस्थापनका लागि खर्च गर्न प्रस्ताव गरे ।नगरपालिकामा नयाँ गाडी नभएको र पुरानो गाडी पनि काम नलाग्ने भइसकेको अवस्थामा उपप्रमुख भीमकुमारी राउतका लागि नगरपालिकाले नयाँ गाडी किन्न रु ४० लाख विनियोजन गरेको थियो । सो रकम आफ््नो सुविधाका लागि […]

तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित

काभ्रेपलाञ्चोक, १० भदौ । पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् ।आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटक–पटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि […]

असोज अन्तिम साता सवारी अनुमतिपत्रको आवेदन खुल्ने

हेटौँडा, १० भदौ । प्रदेश नं ३ को यातायात व्यवस्था सेवा कार्यालयले प्रदेशका १३ जिल्लाका सर्वसाधारणलाई सवारीसाधन चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आगामी असोजको अन्तिम सातामा अनलाइन निवेदन खुला गर्ने तयारी गरिरहेको जनाएको छ । भौतिक पूर्वाधार निर्माणका लागि अहिले हेटौँडामा प्रहरी ट्रायल सेन्टरको निर्माणकार्यको थालनी भइरहेको र कार्यालयमा आवश्यक प्रविधिको जडान गर्ने कार्य पनि […]

शिक्षक लाइसेन्स परीक्षा खारेजीका लागि परेको मुद्दामाथि सर्वोच्चमा आज के हुन्छ ?

काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दामा आज मंगलवार बहस हुने भएको छ । मुद्दाको पेशी भदौ १० गतेलाई तोकिएको थियो । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाको पहिलो पेशी साउन ३० गते […]

योगेश भट्टराईका १४१ बुँदे छुट्टै प्राथमिकताका कार्यक्रम घोषणा

काठमाडौं, ९ भदौ । नेपालको एकमात्र अन्तराष्टिय विमानस्थल अब २४सै घन्टा सञ्चालनमा आउने भएको छ । मन्त्रालय सम्हालेपछि पहिलो पटक आफ्नो प्राथमिकताका कार्ययोजनाहरु सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस्तो घोषणा गरेका हुन् । सोमवार सिंहदरवारभित्र मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भट्टराईले आफ्ना १४१ बुँदे प्राथमिकताका कार्यक्रमहरु सार्वजनिक गर्दै अब हवाई […]

शालिक आत्महत्याको भिडियो अरु कसैको साहारामा खिचिएको अदालतकै शंका, यस्तो छ पूरा आदेश

चितवन, ९ भदौ । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गराएको भिडियोलाई शंकाको दृष्टिले हेरेको छ । अदालतले दुरुत्साहनको आरोप लागेका रवि लामिछानेलाई ५ लाख र युवराज कार्कीलाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको भए पनि शालिकरामको भिडियोलाई अझै भने शंकाको दृष्टिले हेरेको हो । अदालतको आदेशमा मर्नुअघि परिवारको सदस्यसँग माफी माग्दै […]

पुडासैनीको आत्महत्याबारे सिधा कुरामा बोल्न रविमाथि बन्देज

शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने अन्ततः रिहा भएका छन् । लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत चितवनले रिहा गर्न आदेश दिएको हो । शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कुनै पनि कार्यक्रम चलाउन भने नपाउने भएका छन् । साथै उनले विदेश जाँदा अदालतको स्वीकृती […]

सार्वजनिक रुपमा बोल्न नपाउने गरी रवि लामिछानेलाई रिहा गरिएको खुलासा, टिभी कार्यक्रम र फेसबुक चलाउन पनि नपाउने

काठमाडौं, ९ भदौ । चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा रिहा गरिएका रवि लामिमछानेलाई सार्वजनिक रुपमा बोल्न नपाउने शर्त पनि राखिएको छ । उनलाई यस विषयमा टेलिभिजन कार्यक्रम चलाउन र सामाजिक सञ्जालमा आफ्ना विचार तथा मत दिन पनि रोक लगाइएको छ । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका रवि लामिछाने १२ दिनपछि रिहा भएका […]

अन्ततः रवि लामिछाने भए रिहा, अस्मितालाई साधारण तारेख रवि र युवराजलाई धरौटी

काठमाडौं, ९ भदौ । शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने अन्ततः रिहा भएका छन् । लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत चितवनले रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले रविसहित तीनै जनालाई रिहा गर्न आदेश दिएको हो । उनीहरु माथि प्रहरीले आइतबार पुडासैनीको आत्महत्या […]

शालिकले हैरान पारेपछि क्यामेराम्यानमार्फत यसरी पुगेकी रहिछन अस्मिता रविको सहयोग लिन

काठमाडौं, ९ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्युप्रकरणमा एकपछि अर्को गर्दै सूचनाहरु खुल्दै गएका छन् । घटनाक्रमले पुडासैनीले केटीकै लागि उनी यस्तो अवस्थामा पुगेका हुन कि भन्ने देखिएको छ । यो प्रकरणमा शालिकले नाम जोडेर पक्राउ परेकी अस्मिता भन्ने रुकु कार्की शालिकले पछि लागेर हैरान पारेपछि रविको सहयोग लिन पुगेको खुलेको छ । उनी […]