२२ एसपी एसएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं, २६ बैसाख । नेपाल प्रहरीका २२ प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) एसएसपीमा बढुवा भएका छन्। मंगलबार गृह मन्त्रालयको बढुवा समितिले उनीहरुको बढुवाका लागि सिफारिस गरेको हो। एसपी राजेन्द्र ढकाल पहिलो नम्बरमा बढुवा भएका छन् । दोस्रोमा सहकुलबहादुर थापा, तेस्रोमा अरुणकुमार बिसी बढुवा भएको सूचनामा उल्लेख छ । बढुवा समितिले सोमाबार मात्र १६ एसएसपीको डिआइजीमा बढुवा […]

ओली जनकपुरमा भारतीय झण्डा फहराउँने तयारीमा लागेकाे दावी

काठमाडौँ, २५ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणको लागि नेपाल आउन अब तीन दिन मात्रै बाँकी छन् । भारतीय एयर फोर्सको विशेष विमानमा भारतीय सेना जनकपुर आइसकेका छन् । सोमबार दिउँसो सेनाको उच्च अधिकारीसहित विमान आएको हो । जनकपुरमा मोदीको भव्य स्वागत गरिने भएको छ । सबै राजनीतिक दलका नेताहारु सडक सफाईमा […]

घाँस काट्दा दाहिने हात चतलक्कै छिनियो

झापा, २५ बैशाख । झापामा घाँस काट्ने क्रममा एक व्यक्तिको हात छिनेको छ। सोमबार मेसिनमा घाँस काट्ने क्रममा जिल्लाको बाह्रदर्शी गाउँपालिका–५, कट्टडाँगीका १७ वर्षीय सद्दाम हुुसेनको बायाँ हात छिनेको हो। स्थानीय दिनेश थापाको गाई फार्ममा मेशिनमा घाँस काट्ने क्रममा हुसेनको बायाँ हातको कुहिनादेखिको तलको भाग काटिएको प्रहरीले जनाएको छ। हुसेनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको […]

पुटिनले लिए चौथो कार्यकालका लागि शपथ लिए

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि शपथ लिएका छन् । रुसी राष्ट्रपति भवन क्रेमलिनमा आयोजित एक समारोहमा उपस्थित ५ हजार विशिष्ट पाहुनाहरुको उपस्थितिमा उनले आगामी ६ वर्षका लागि शपथ लिएका हुन् । उनी गत मार्चमा भएको निर्वाचनबाट चौथो पटकका लागि राष्ट्रपति पदमा निवार्चित भएका थिए । शपथ लगत्तै पुटिनले […]

बैतडीबाट महेन्द्रनगर आउदै गरेको बस अनारखोलीमा दुर्घटना !

काठमाडौं, २४ बैसाख । बैतडीको दशरथचन्द राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी चालकसहित १४ जना घाइते भएका छन् । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नम्बरको बस दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–१०, अनारखोलीमा बिहान पौने ३ बजे दुर्घटना भएकाे हो । बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि ब्याक हुन गई सडकबाट […]

सुतिरहेका युवकमाथि चितवनमा एसिड प्रहार, अवस्था गम्भीर

काठमाडौं, २४ बैसाख । चितवनमा एक युवकमाथि एसिड प्रहार भएको छ । भरतपुर महानगरपालिका- २ बस्ने सुजितकुमार विश्वकर्माले सोही ठाउँ बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई एसिड प्रहार गरी गम्भी घाइते बनाएका छन् । गएराति सुतिरहेका महर्जनमाथि विश्वकर्माले एसिड हानेका हुन् । घाइते महर्जनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको […]

देशभर मदिरा नियन्त्रण अभियान चलाइने

काठमाडौं, २४ बैसाख । गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा बिक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो । सोही क्रममा गृहमन्त्री रामबहादुर थापाले विभिन्न राजनीतिक पार्टी आबद्ध महिला नेत्री र महिला सांसदसँग गृहमन्त्रालयमा सो विषयमा छलफल गरेका […]

पुनर्निर्माणमा भारतीय प्रतिबद्धता अलपत्र

काठमाडौं, २३ बैसाख ।  भूकम्पले भत्काएका सम्पदा पुननिर्माण गरिदिने प्रतिवद्धता बनाएको भारतले तीन बर्ष बित्दा पनि काम सुरु गरेका छैन । भूकम्पपछि भारतले देशभरका २८ गुम्बा तथा मठमन्दिर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो । तर प्रतिबद्धताअनुसार हालसम्म कुनै पनि काम सुरु नभएको पुरातत्व विभागले जनाएको खबर आजको नागरिक दैनिकमा छापिएको छ । भारतले पाटनको नापीचन्द्र […]

अस्तव्यस्त वैदेशिक रोजगारी, क्षतिपूर्ति पाउने पीडित १० प्रतिशत

काठमाडौं, २३ बैसाख । वैदेशिक रोजगारीको क्रममा ठगी र शोषणमा पर्नेमध्ये १० प्रतिशत पीडितले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य खुलेको छ । आजको नागरिक दैनिकमा समाचार छ । वैदेशिक रोजगारीको क्रममा पीडित हुनेको संख्या ठूलो रहेको गुनासो बढेका बेला गरिएको एक अध्ययनले पीडितमध्ये निकै कमले मात्र क्षतिपूर्ति पाउने गरेको पाइएको हो । वैदेशिक रोजगार प्रवद्र्धन […]

आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको जिप दुर्घटनामा मृत्यु

बर्दिया, २२ बैसाख । बर्दियाको बारबर्दिया नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकको बा. १७ च १२१७ नम्बर जिप गएराति बारबर्दिया नगरपालिका–९ औरीमा दुर्घटनामा परेको थियो । दुर्घटनामा ग्लोबल आईएमई बैंकको धनगढी शाखा प्रमुख रामबहादुर हमाल र सोही बैंकमा कार्यरत कञ्चनपुर घर भएका भुवन पन्तको […]