काठमाडौं, २४ बैसाख ।
बैतडीको दशरथचन्द राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी चालकसहित १४ जना घाइते भएका छन् ।
बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नम्बरको बस दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–१०, अनारखोलीमा बिहान पौने ३ बजे दुर्घटना भएकाे हो ।
बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि ब्याक हुन गई सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।
बस दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका–४ का बस चालक ३५ वर्षीय लोकेन्द्र थापासहित १४ जना घाइते भएका छन् । घाइतेमध्ये चालक थापाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।
घाइते सबैको सुदूरपश्चिम उपक्षेत्रिय अस्पताल, डडेल्धुरामा उपचार भइरहेको छ । दुर्घटनामा परेको बस बीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अहिले अवरुद्ध छ ।
तस्वीर: गुगलबाट