अवैध मेडिकलको मनोमानी उपचारले स्वास्थ्यमा समस्या

जाजरकोट, २६ साउन । जाजरकोटका गाउँ–गाउँमा खुलेका अधिकांश औषधि पसल अवैध रहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिएको हुनुपर्ने प्रावधान भएपनि यहाँका धेरैजसो मेडिकल पसल नियमविपरीत अवैधरुपमा सञ्चालन भइरहेका छन् ।स्वास्थ्यसम्बन्धी सामान्य तालीम लिएकाले पनि मेडिकल सञ्चालन गरिरहेका छन् । नियमनकारी निकायले यसतर्फ कुनै चासो नदिँदा गाउँ–गाउँमा […]

छुट्टाछुटै घटनामा दुईको मृत्यु

बनियानी, २६ साउन । झापा हल्दिबारी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना पैदलयात्रीको आज बिहान मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प ४१३७ नं को मोटरसाइकलले गएराती ठक्कर दिँदा गम्भीर घाईते भएका तामाङको […]

विपन्न र दलित महिलालाई खाद्य सामग्री वितरण

डोटी, २६ साउन । जिल्लाको शिखर नगरपालिका–१ ले आफ्नो वडाभरि भएका विपन्न तथा दलित महिलालाई खाद्य सामग्री वितरण गरेको छ । आज एक कार्यक्रम आयोजना गरी वडामा आर्थिक अवस्थाले कमजोर परिवारका १८ महिलालाई ५० केजी चामल, नुन, तेल, मसलालगायतका खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताए। उहाँले भन्नुभयो, “लक्षित वर्गका महिलाका लागि वडा कार्यालयले […]

माछापोखरीमा डुबेर बालकको मृत्यु

भद्रपुर, २६ साउन । झापा भद्रपुर–१० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमन जोगीको माछापोखरीमा डुबेर मृत्यु भएको छ । सोही वडामा रहेको विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी घोप्टो परी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरबाट १ बजेतिर निस्किएका सुमन साँझसम्म घर नफर्र्किएपछि खोज्दै जाँदा परिवारले नै पोखरीमा डुबेको अवस्थामा फेला पारेर […]

अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल

चितवन, २६ साउन । देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक […]

जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार

पोखरा, २६ साउन । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले हिमालपारिको जिल्ला मुस्ताङस्थित जोमसोम मुक्तिक्षेत्रमा पर्यटनमैत्री पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । वर्षेनी ठूलो सङ्ख्यामा स्वदेशीका साथै भारतीय दर्शनार्थीको चाप लाग्ने मुक्तिनाथमा रानीपौवादेखि मन्दिरसम्म पुग्ने बाटोमा कमजोर शारीरिक अवस्था भएका जोकोही तीर्थयात्री पुग्न सकुन् भन्ने उद्देश्यका साथ अपाङ्गमैत्री पदयात्रा मार्ग बनाउने तयारी गरिएको हो । […]

गुल्मीका पहिरो पीडितको पुनर्बासको जिम्मा प्रदेश सरकारले लिने

गुल्मी, २६ साउन । जिल्लाको सत्यवतीका गाउँपालिकामा पहिरोले घरबासविहीन भएका परिवारको पुनर्वासको जिम्मा ५ नं। प्रदेश सरकारले लिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले भूगर्भविद्को प्रतिवेदन, पहिरोले बस्नै नमिल्ने गरी भत्किएका घरपरिवार र प्रदेश सरकारको अध्ययन टोलीले दिने प्रतिवेदनका आधारमा वास्तविक पीडित पहिचान गरी पुनर्वासका लागि पहल गर्ने बताए । प्रभावित गाउँका नेकपाका नेताको प्रतिनिधि मण्डल […]

लाखेनाच प्रदर्शन

खोटाङ, २६ साउन । छिमेकी जिल्ला ओखलढुङ्गाका नेवार समुदायले खोटाङको दिक्तेलबजारमा लाखेनाच प्रदर्शन गरेका छन् । ओखलढुङ्गाको पारस्पारिक सहयोगी गुठी रामपुरबजारका नेवार समुदायले शनिबार खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार आएर दिनभर लाखेनाच प्रदर्शन गरेका हुन् । नेवार समुदायको महान् चाड लाखेजात्राको अवसर पारेर खोटाङ आएको ओखलढुङ्गाको नेवार समुदायले परम्परागत सांस्कृतिक झाँकीसहितको लाखेनाच प्रदर्शन गरेको थियो […]

विद्युत उपकरण धमाधम चोरी हुँदै

डोटी, २६ साउन । उचित संरक्षण तथा संवद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको समूहगाढमा रहेको समूहगाढ जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् । विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् पावरहाउसमा विसं २०६६ भदौमा आएको बाढीपहिरोले क्षति पु¥याएपछि अहिले सो पावरहाउस बेवारिसे अवस्थामा रहेको […]

सुनकोशीमा डुबेर एक महिलाको मृत्यु

सिन्धुली, २५ साउन । आज दिउँसो एक महिलाको सुनकोशी नदीमा डुबेर मृत्यु भएको छ । काभ्रे पाँचखाल नगरपालिका–१० निवासी ३४ वर्षीया सरस्वती रायमाझीको सुनकोशी नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । माइती घर रामेछाप बेथान गाउँपालिका–६ जुङ्गेपानी जान भनी श्रीमान् ओमबहादुर रायमाझीसँग हिँडेकामा सरस्वतीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ कुशेश्वर मन्दिर नजिक सुनकोशी […]