सैनिक कल्याणकारी कोषबाट लघुवित्तका लागि ४ अर्ब ४३ करोड कर्जा

काठमाडौँ, २५ साउन । सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित कर्जा उपलब्ध गराएको छ । सेवामूलक व्यवसाय सञ्चालन गरी लाभग्राहीको आय आर्जन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको लघुवित कर्जा तथा सुलभ घरकर्जा कार्यक्रमबाट हालसम्म २६ हजार ६४१ जना लाभान्वित भएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए । […]

बोटे बस्तीमा मुख्यमन्त्रीको अवलोकन

हेटौँडा, २५ साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पछाडि परेका तथा सिमान्तकृत वर्गको संरक्षणमा प्रदेश सरकार सधैँ लागिपर्ने बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिकामा रहेको निर्माणाधीन एकीकृत बोटे बस्तीको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले सीमान्तकृत जातिको संरक्षणमा मनहरी गाउँपालिकाले देखाएको सक्रियताका लागि धन्यवादसमेत दिए । मुख्यमन्त्री पौडेलले सीमान्तकृत जातजातिको संरक्षणमा सबै प्रकारको सहयोग गर्न […]

सिटीस्क्यान मेसिनमा ठगी गरेको आरोपमा एक डाक्टर पक्राउ

सुरुङ्गा २५ साउन । इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई फक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर घर भएका रेडियोलोजिष्ट डा सुनिलदेव रहेका छन् । प्रहरीले उनलाई लाइफलाइन अस्पताल प्रालिका अध्यक्ष डा तिलकचन्द्र साहलाई सिटिस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपपछि पक्राउ गरिएको हो । फक्राउ परेका देवलाई […]

कर्णालीको परिचय लिएर सम्मेलनमा भाग लिँदै युवा

सुर्खेत, २५ साउन । काठमाडौँमा यही साउन २७ देखि ३० गतेसम्म आयोजना हुने ‘राष्ट्रिय युवा सम्मेलन’मा कर्णालीका युवा यहाँको परिचय लिएर सहभागी हुने भएका छन् । नेपाल युवा परिषद् कर्णाली प्रदेशले आज पत्रकार सम्मेलनमार्फत् कर्णालीको रैथाने खाद्यान्न, मौलिक तथा साँस्कृतिक सामग्री र पर्यटनका आकर्षक गन्तव्यका परिचय बोकेर यहाँका २४ जना युवा सम्मेलनमा सहभागी हुने जानकारी […]

वातावरण नजोगाए डाइनोसरको अवस्थामा पुग्ने मन्त्री बाँस्कोटाको भबिष्यवाणी

भक्तपुर, २५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिसले वातावरण नजोगाए मानिस डाइनोसरको अवस्थामा पुग्ने बताएका छन् । सूर्यविनायक नगरपालिका–२ बालकोटमा आज सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवद्र्धन अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले मानवकै कारण डाइनोसर जस्तै लोप हुने अवस्थामा पुग्नसक्ने खतरा रहेको बताए । उनले भने, “ठूला औद्योगिकरणको प्रत्यक्ष असर […]

बाढीपीडित भन्दछन् –‘न रोपो न भकारी’

उदयपुर, २५ साउन । सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ । अर्कातिर उनीहरुलाई भविष्यको अनिश्चितताले पनि सताएको छ । उदयपुरको बेलका नगरपालिका–२ धाराखोला र कञ्चनजङ्गाका बाढीपिडितलाई एकातर्पm बिहान बेलुका हातमुख जोर्न धौधौ छ भने अर्कातर्पm ‘उ त्यहीँ थियो मेरो खेत […]

विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन बनाइँदै

काठमाडौं , २५ साउन । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको […]

कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ, २५ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन आफू मातहतका निकायलाई चार बुँदे निर्देशन दिएको छ । मन्त्रालय र मातहतका निकायले मासिक बैठक गरी कामको प्रभावकारिता बढाउन निर्देशन दिएको हो । मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालले मन्त्रालय र मातहतका निकायले प्रत्येक महीनाको १ गते दिउँसो १ः०० बजे कामको […]

निगालो संरक्षण नहुँदा रेडपाण्डा लोप हुँदै

जाजरकोट, २५ साउन । जथाभावी वन फडानी र आगो लगाउँदा निगालो मासिएको छ । केही वर्षअघि जाजरकोटका अधिकांश उच्च पहाडी क्षेत्रमा जताततै पाउन सकिने निगालो अहिले पाउन मुस्किल भएपछि यसमा आश्रित समुदायको जीविकोपार्जनमा समस्या हुनुको साथै दुर्लभ रेडपाण्डा समेत वासस्थानको अभावमा लोप हुँदै गएको छ । बढ्दो वन विनास र डढेलो लगाउँदा निगालो मासिएको स्थानीयवासी […]

वाग्मतीमा अन्तर्राष्ट्रिय युवा दिवस

काठमाडौँ, २५ साउन । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवाहरु वाग्मती नदी किनारमा जम्मा भई सफाइ अभियानमा जुटेका छन् । वाग्मती सफाइ महाअभियानको ३२६ औँ हप्ताको कार्यक्रममा युवाहरुले अन्तर्राष्ट्रिय दिवस मनाए । राष्ट्रिय युवा परिषद्को आह्वानमा जम्मा भएका युवाले नदी सफाइ गर्नुका साथै जनचेतनामूलक अभियानलाई देशव्यापी बनाइनुपर्नेमा जोड दिएका थिए । वाग्मती र रुद्रमतीको दोभान बुद्धनगरमा […]