प्रवासीको सहयोगमा एम्बुलेन्स

बागलुङ, ३० साउन । नेदरल्याण्डसमा रहेका बागलुङेको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले एम्बुलेन्ससहित स्वास्थ्य उपकरण खरीद गरेको छ ।प्रवासी नेपालीको सहयोग खरिद गरेको एम्बुलेन्स केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भएको र रक्तसञ्चार केन्द्रका लागि पनि उपकरण आइसकेको शाखाका उपसभापति राजेन्द्र आचार्यले बताए । “लेखानी, बिहुँलगायतका क्षेत्रबाट नेदरल्याण्डस पुग्नुभएका बागलुङवासी यसमा जोडिनुभएको छ”, उनले भने […]

बेलायतीलाई नेपाली बालबालिका बेच्ने बालमन्दिरका निर्देशक बालकृष्ण पक्राउ

काठमाडाैं, ३० साउन । नक्सालमा रहेको नेपाल बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बेचबिखनमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। उनले बेलायती नागरिक डिना स्मिथलाई १२ दिनकाे शिशु चार लाख रुपैयाँमा बिक्री गरेको प्रहरीको दाबी छ। बेलायति नागरिक डिना स्मिथ बच्चा बोकेर बेलायत फर्किने क्रममा विमानस्थल अध्यागमनले आशंका गरी […]

पत्रकार पुडासैनी मृत्यु प्रकरणमा जोडिएकी अस्मिता पक्राउ, के रवि लामिछाने पक्राउ पर्लान ?

काठमाडौं, ३० साउन । प्रहरीले पत्रकार शालिकराम पुडासैनीकाे मृत्यु प्रकरणमा जाेडिएकी युवती अस्मिता कार्कीलाइ पक्राउ गरेकाे छ । नुवाकाेटका पत्रकार पुडासैनी केही दिन अघि चितवनकाे एक हाेटलमा झुण्डिएकाे अवस्थामा फेला परेका थिए ।  पुडासैनीले आत्महत्या गर्नु अघि छाेडेकाे भिडियाे सन्देशमा चर्चित पत्रकार रवि लामिछाने, उनीसँगै काम गर्ने युवराज कँडेल र युवती अस्मिता कार्कीका कारण अाफूले […]

राष्ट्रिय सम्मानसहित साहित्यकार दिक्षितकाे अन्त्येस्टी

काठमाडौं । वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अपराह्न गरिएको अन्त्येष्टिका क्रममा नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व दीक्षितलाई उनका छोरा विनोदले दागबत्ती दिएका थिए । दीक्षितलाई श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी […]

बजार व्यवस्थापन गर्दै तुलसीपुर उपमहानगर

तुलसीपुर, ३० साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाले बजार व्यवस्थापन अभियान शुरु गरेको छ । सोहीअनुसार बुधबार तुलसीपुरका सरोकारवाला निकायसँग छलफल पनि गरेको छ । उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि यहाँको फुटपाथ व्यवसाय व्यवस्थापन, मदिरा व्यवस्थापन गर्न छलफल गरिदिएको हो । उपमहानगरपालिकाले यसअघि नै यहाँको फुटपाथ हटाउन शुरु गरेको भए पनि प्रभावकारी हुन नसकेको भन्दै थप […]

दलित आयोग तीन वर्षदेखि पदाधिकारीविहीन

काठमाडौँ, ३० साउन । ललितपुरको जाउलाखेलस्थित राष्ट्रिय दलित आयोग विगत करीब साढे तीन वर्षदेखि पदाधिकारीविहीन छ । लामो समयदेखि आयोग पदाधिकारीविहीन हुँदा दलित समुदाय सेवाबाट बञ्चित भएको छ । आयोगमा कर्मचारी भए पनि जातीय भेदभाव तथा छुवाछूतका घटना दर्ता गर्ने काम मात्र भएको छ । पदाधिकारी नहुँदा अहिले ती मुद्दाको बारेमा सरकारलाई निर्देशन दिनुको सट्टा […]

चरण क्षेत्रको अभावले माहुरीपालन व्यवसायमा समस्या

रुकुमपूर्व, ३० साउन । सिस्ने गाउँपालिका वडा नं ३ स्थित ओमप्रकाश खड्काको घरमा १११ वटा माहुरीका घार छन् । शुरुआती चरणमा रहरले एक घारमा माहुरी राख्नुभएका ओमप्रकाश अहिले व्यावसायिक रुपमा माहुरी पाल्न शुरु गरेको छ । यो व्यवसायबाट राम्रो आम्दानी भएको पनि उनले बताए। तर सोचेजतीको काम गर्न सजिलो त कहाँ छ र रु ओमप्रकाशलाई […]

करेन्ट लाग्दा सहचालकको मृत्यु

बेत्रावती, ३० साउन । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा आज करेन्ट लागेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख अभिनारायण काफ्लेका अनुसार शान्तिबजारस्थित हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनको क्रसर उद्योगमा टिपरको ढाला […]

शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती मनाइयो

ललिपुर, ३० साउन । शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइएको छ । शहीद स्मारक समितिले पुल्चोकस्थित शास्त्रीको सालिकमा माल्यार्पण गरी प्रजातन्त्र ल्याउन शास्त्रीले पु¥याएको योगदानको बारेमा चर्चा गरियो । ललितपुर बखुमबहाल निवासी पिता माधवराज जोशी र माता रत्नमाया जोशीका माइला सुपुत्रका रुपमा विसं १९५० भदौ १३ गते जनैपूर्णिमाको दिन भारतको […]

व्यावसायिक बन्दै कफीखेती

इलाम, ३० साउन । झापा विर्तामोडका भोजराज श्रेष्ठ माओवादी सशस्त्र द्वन्द्वकालका लडाकू हुन् । करीब दुई वर्ष लडाकू भएर काम गरेका भोजराजलाई सरकार–माओवादी शान्ति सम्झौतापछि फेरि सेना–प्रहरीमा जागीर खान खासै मन भएन । त्यसपछि झापाको विर्तामोडमै केही समय सानोतिनो पसल गरेर बसे । त्यसबाट पनि खासै राम्रो आम्दानी हुन नसकेपछि आम्दानी हुने बाटो रोज्नु पर्ने […]