पत्रकार पुडासैनी मृत्यु प्रकरणमा जोडिएकी अस्मिता पक्राउ, के रवि लामिछाने पक्राउ पर्लान ?

काठमाडौं, ३० साउन । प्रहरीले पत्रकार शालिकराम पुडासैनीकाे मृत्यु प्रकरणमा जाेडिएकी युवती अस्मिता कार्कीलाइ पक्राउ गरेकाे छ । नुवाकाेटका पत्रकार पुडासैनी केही दिन अघि चितवनकाे एक हाेटलमा झुण्डिएकाे अवस्थामा फेला परेका थिए । 

पुडासैनीले आत्महत्या गर्नु अघि छाेडेकाे भिडियाे सन्देशमा चर्चित पत्रकार रवि लामिछाने, उनीसँगै काम गर्ने युवराज कँडेल र युवती अस्मिता कार्कीका कारण अाफूले याे बाटाे राेजेकाे बताएका थिए । उक्त भिडियो सार्वजनिक भएसँगै घटनामा नाम जोडिएकी ओखलढुंगाकी युवती अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको हाे ।

मृतक पुडासैनीले प्राण त्याग्नु अघि रेकर्ड गरेको भिडियोमा नर्ससमेत रहेकी कार्कीको नाम जोडिए पनि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लले अनुसन्धानका लागि अस्मितालाई नियन्त्रणमा लिएको बताए ।

मल्लले भने, ‘अहिले अस्मितालाई नियन्त्रणमा लिएर भरतपुर ल्याएका छौं र भिडियोमा नाम जोडिएका अन्य व्यक्तिलाई पनि निगरानीमा राखेका छौं आवश्यक अनुसार नियन्त्रणमा लिएर अनुसन्धान गर्छौं ।’

आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए । पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेको थियो ।

पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि उनको मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ । अस्मिता पक्राउ परेसँगै अब प्रहरीले नाम मुछिएका रवि लामिछाने र युवराज कँडेललाइ के गर्छ भन्ने प्रश्न उठेकाे छ ।

भिडियो बाहिरिएसँगै रवि लामिछानेले शालिकरामले लगाएकाे आरोप अस्वीकार गरेका छन् । उनले शालिक ठूलाे भ्रममा रहेकाे भन्दै उक्त घटनाकाे अनुसन्धानमा सहयोग गर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउँदै छु। मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो- शालिकरामलाई ठूलो भ्रम परेछ।’

त्यसैगरी पुडासैनीले पोलेका युवराजले पनि आरोप अस्वीकार गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘सालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु न सालिकसँग जोडीदिएको छु, अनि अस्ट्रेलिया पठाइदिने लगायतका यी यावत आरोपहरुमा एउटा पनि गल्ती म बाट भएको रहेछ भने यो देशमा कानुन छ अनि सबैकुरा देख्ने ईश्वर छ म मर्न तयार छु। सबैकुरा छानबिन होस। हामीले कुनै अपराध गरेका छैनाैँ ।’

याे समाचार पनि हेर्नुहाेस

आत्महत्या अघि पत्रकार पुडासैनीले रविले आफूलाई मारेको भन्दै यसरी धरधरी रोए, हेर्नुहोस् सनसनीपूर्ण भिडियो

 

Loading...