आत्महत्या अघि पत्रकार पुडासैनीले रविले आफूलाई मारेको भन्दै यसरी धरधरी रोए, हेर्नुहोस् सनसनीपूर्ण भिडियो

के रविमाथि हाेला त कारवाही ?

काठमाडौँ, २९ साउन । पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएसंगै सामाजिक संजाल तातेको छ । यो भिडियोसँगै पुडासैनी आत्महत्याले गम्भीर मोड लिएको छ ।

पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र दीपक बोहोराका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् । त्यस्तै, पुडासैनीले युवराज कँडेल र अस्मिता कार्कीको नामसमेत लिएका छन् । उनीहरुकै कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियोमा खुलासा गरेका छन् । सबैको चासो बनेको यो घटनाले अब कस्तो मोड लेला, त्यो त प्रहरीको अनुसन्धानले खुल्दै जाला । यस्तो कार्य गर्न दुरुत्साहन गर्नेलाई के कस्तो कानूनी कारवाही होला भन्ने सबैको चासो भने रहेको छ । नेपालको नयाँ मुलुकी अपराघ (संहिता) ऐन,२०७४ मा भने स्पस्ट व्यवस्था गरिएको छ।

यस्तो छ कानूनी व्यवस्था :

मुलुकी अपराघ(संहिता) ऐन,२०७४ मा आत्महत्याका लागि कुनै पनि प्रकारकाे दुरुत्साहनलाई फाैजदारी कसुर मानेकाे छ।

ऐनकाे भाग २ काे परिच्छेद-१२ (ज्यान सम्बन्धि कसुर) अन्तर्गत घारा १८५ मा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने :

(१) कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ। (स्पस्टिकरण-उपयुक्त कानुन नागरिकहरुका लागि मात्रै लागू हुने र भगवान/परमात्मा वा दैवियशक्तिका हकमा लागू नहुने)

नुवाकोट स्थायी घर भएका पत्रकार पुडासैनीले २१ साउनमा चितवनको कंगारु होटलको कोठामा झुन्डिएर आत्महत्या गरेका थिए । न्युज २४ टेलिभिजनका सिधा कुरा जनतासँग कार्यक्रमका लागि रिपोर्टिङ गर्दै आएका पुडासैनीले एक महिनाअघि माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए ।

Loading...