शिक्षक लाईसेन्स : कसरी गर्ने वस्तुगत प्रश्नको की र उत्तरमा सङ्केत ?

 काठमाडौँ, ३० साउन । शिक्षक सेवा आयोगको गत बर्ष भदौमा लिएको परीक्षाको नतिजा प्रकाशित भएसँगै धेरै लामो समयपछि शिक्षक अध्यापन अनुमतिपत्र अर्थात (शिक्षक लाईसेन्स) को विज्ञापनको परीक्षा मिति पनि सार्वजनिक प्रकाशित गरेको छ ।

यसपालादेखि वस्तुगत प्रश्न ४० अङ्कभारको रहने र वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक गलत उत्तरको २० प्रतिशत कट्टा गरिने भएको छ । वस्तुगत प्रश्नको उत्तर OMR (Optical Mark Recognition) जसलाई (Optical Mark Reading Technology

भनिन्छ ।) मेशिनद्वारा परीक्षण गरिने छ । त्यसैले पनि यसमा विशेष ध्यान दिनुपर्ने भएको छ ।

आज हामीले शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नको प्रश्न सेट वा उत्तरमा सङ्केत कसरी गर्ने भनेर केही जानकारी लिएर आएका छौं ।

कसरी गर्ने त वस्तुगत प्रश्नको की वा प्रश्नको सेट र उत्तरमा सङ्केत :

यसपाला देखि वस्तुगत प्रश्नको उत्तर मेशिनद्वारा परीक्षण गरिनेछ । त्यसैले वस्तुगत उत्तरपानालाई मोड्न वा कुच्याउनु हुँदैन । कुच्चिएको पानाको उत्तर मेशिनले नपढ्न सक्छ । त्यस्तै मसी लत्पतिएर अर्काे अक्षरमा लागेमा पनि मेशिनले पढ्दैन यसमा विशेष ध्यान दिनुपर्छ ।

परीक्षार्थीले वस्तुगत प्रश्नमा उल्लेख गरेको प्रश्नको की वा सेट (क ,ख ,ग र घ मध्ये कुनै एक ) आफ्नो वस्तुगत उत्तरपानामा अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।

त्यसपछि पहिला प्रश्नको उत्तर निश्चित गर्ने , र ठीक बिकल्पको गोलोकार सङ्केतमा मसी भरी चिन्ह लगाउने 

परीक्षामा अनिवार्य रुपमा कालो मसी मात्र प्रयोग गर्नुपर्छ ।

परीक्षा अवधि तीन घण्टाको हुनेछ । वस्तुगत प्रश्नको समय ४० मिनेट हुने र सो समयअवधिभित्र वस्तुगत प्रश्न हल गरी अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने छ । तर ४० मिनेट अगाडि नै वस्तुगत प्रश्न हल गरी बुझाएमा बिषयगत प्रश्न पाइने छ ।

विषयगत तर्फ आफ्नो विषयको शिक्षण कलासम्बन्धी प्रश्न (खण्ड क )र सामान्य पेशागत ज्ञानसम्बन्धी प्रश्न (खण्ड ख ) को उत्तर अलग अलग उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।

 
Loading...