बेलायतीलाई नेपाली बालबालिका बेच्ने बालमन्दिरका निर्देशक बालकृष्ण पक्राउ

काठमाडाैं, ३० साउन । नक्सालमा रहेको नेपाल बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोल बालबालिका बेचबिखनमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। उनले बेलायती नागरिक डिना स्मिथलाई १२ दिनकाे शिशु चार लाख रुपैयाँमा बिक्री गरेको प्रहरीको दाबी छ।

बेलायति नागरिक डिना स्मिथ बच्चा बोकेर बेलायत फर्किने क्रममा विमानस्थल अध्यागमनले आशंका गरी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। उनी गत साउन २२ गते पक्राउ परेकी थिइन्।

बच्चाको ब्रिटिस पासपोर्ट र जन्मदर्ता रहेको र बाबुको नाम ललितपुर घर भई हाल बेलायतमै बस्ने राम श्रेष्ठको नाम रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार श्रेष्ठ डिनाको प्रेमी भएको खुलेको छ। उनी गत जुलाई २७ मा नेपाल आएको र जुलाई २८ मा बच्चा ‘एडम्ट’ गरेको प्रहरीको भनाई छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...