फेरी बढ्यो सुनको भाउ, तोडियो उच्च रेकर्ड हेर्नुस कति पुग्यो ?

काठमाडौं, ३० साउन । आज पनि सुनको भाउले उच्च नयाँ रेकर्ड कायम गरेको छ । दुई सातादेखि निरन्तर बढेर बुधबार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज पुनः प्रतितोला १२ सय रुपैयाँ बढेको छ ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन पनि ७ सय रुपैयाँ बढेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन ७० हजार ३ सय रुपैयाँ र तेजावी सुन ७० हजार रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि आकासिएको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी ८ सय २० रुपैयाँमा किनबेच भएको थियो ।

अन्तराष्ट्रिय बजारमा डलर र सुनको भाउ दिनप्रतिदिन बढेकाले नेपालमा पनि सुनको भाउ बढेको महासंघले जनाएको छ। केही दिनदेखि निरन्तर सुनको भाउ अत्यधिक बढेसँगै सुनको व्यापारपनि ठप्प छ । काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।

Loading...