सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजना पक्राउ

पोखरा, १ भदौ । कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीनजनालाई आज सार्वजनिक गरेको छ । दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप भङ्गेरी गाउँपालिका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का […]

सम्झनाले दिइन रवि लामिछानेविरुद्ध किटानी जाहेरी

काठमाडौं, १ भदौ । चर्चित पत्रकार रवि लामिछानेका विरुद्ध किटानी जाहेरी परेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनका विरुद्ध किटानी जाहेरी परेको हो । प्रहरी हिरासतमा रहेका न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता चर्चित पत्रकार रवि लामिछाने हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका छन् । उनीसँगै उनका सहकर्मी […]

सडकको दुरवस्थाः यातायात सञ्चालनमा कठिन

रसुवा, १ भदौ । नेपालको उत्तरी नाका रसुवागढीको सडकको दूरावस्थाका कारण त्यहाँ सञ्चालन हुने बस तथा कन्टेनरलाई समस्या भएको छ । नागरिक समाजका अनुसार धुञ्चेदेखि उत्तरी क्षेत्र खोपाङ भिर क्षेत्रका सडक दिनानुदिन जीर्ण हुँदै गएको छ । हिलोमा सवारीसाधनका चक्का गाडिएर एउटा मोटर पार गर्न घण्टौँ लाग्ने गरेको छ । डिभिजन सडक कार्यालयले मेशिन उपकरण […]

प्रेमिकाकै अगाडि प्रहरीको मृत्यु

काठमाडौँ, १ भदौ । काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित ठूलो भ¥याङमा एक प्रहरी जवानको आफ्नै प्रेमिकासामु नै रहस्यमय मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेकोे आशङ्का प्रहरीको छ । महानगरीय प्रहरीवृत्त स्वयम्भूका २६ वर्षीय प्रहरी जवान शङ्कर ठगुन्नाको गएराति प्रेमिकाकै कोठामा मृत्यु भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका […]

प्रेमिकाकै अगाडि प्रहरीको मृत्यु

काठमाडौँ, १ भदौ । काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित ठूलो भ¥याङमा एक प्रहरी जवानको आफ्नै प्रेमिकासामु नै रहस्यमय मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेकोे आशङ्का प्रहरीको छ । महानगरीय प्रहरीवृत्त स्वयम्भूका २६ वर्षीय प्रहरी जवान शङ्कर ठगुन्नाको गएराति प्रेमिकाकै कोठामा मृत्यु भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका […]

राजधानी र नजिकैका जीर्ण सडक बनाउन माग

काठमाडौँ, १ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक शहर काठमाडौँ तथा यहाँबाट बाहिर जोडिने प्रमुख सडकको अवस्था जीर्ण भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन । बैठकको शून्य समयमा बोदै सांसद राजेन्द्रकुमार केसीले बल्खु–दक्षिणकाली सडक निर्माणको केही समय बित्न नपाउँदै बिग्रेकाले अनुगमन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई अनुरोध गरे । भारतीय एक्जिम […]

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, १ भदौ । आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय प्रणाली औसत स्थानको आसपासमै रहेकाले वर्षा निरन्तर हुन नसकेको उक्त महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । यसवर्ष मनसुनको समयमा पनि स्थानीय वायु बढी सक्रिय हुँदा […]

सेती नदीमा बगेर बालिका बेपत्ता

डोटी, १ भदौ । सेती नदीमा आज बिहान नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दिपायल सिलगढी नगरपालिका–४ राजपुर बस्ने दीलबहादुर नेपालीको– ८ वर्षीया छोरी करिस्मा बेपत्ता भएकी हुन् । आल्के पर्व मनाउन दिपायलस्थित मामाघर आएकी ती बालिका नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने […]

युएनएचसीआरको उपशाखा बन्द हुने

दमक, १ भदौ । राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालय ९युएनएचसीआर०को दमकस्थित उपशाखा बन्द हुने भएको छ । भूटानी शरणार्थीको रेखदेखमा संलग्न उक्त निकाय २७ वर्षअघि स्थापना भएको थियो ।युएनएचसीआरले सन् २०२० को अन्त्यसँगै उपशाखा बन्द गर्ने जानकारी नेपाल सरकारलाई गत जेठमा दिइसकेको शरणार्थी मामिला हेर्ने गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइले जनाएको छ । झापाको पूर्वीनाका […]

‘हेलो किसान’ मा गुनासो न्यून

सुर्खेत, १ भदौ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेको ‘हेलो किसान कार्यक्रम’ मा गुनासा आउन छाडेको छ । किसानका समस्या तत्काल समाधान गर्ने उद्देश्यले मन्त्रालयले छ महीनाअघि शुरु गरेको कार्यक्रममा प्रभावहीन बन्न पुगेको हो । किसानले आफ्ना गुनासा÷समस्या सिधैँ मन्त्री, सचिवलगायतसँग व्यक्त गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले विसं २०७५ […]