पुडासैनी मृत्यु प्रकरण ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’

काठमाडौँ, १ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ । सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न सरकारसँग माग गरेका छन् । घटनाको अनुसन्धान प्रभावित हुने काम कसैले गर्न नहुनेमा जोड […]

सर्प जोगाउन सक्रिय परिवार

रत्ननगर, १ भदौ । सर्प झट्ट सम्झँदा जो कोहीलाई डर लाग्छ । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मानिसहरु मार्न अग्रसर भई हाल्छन् तर चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्वार गर्छन् । उनीहरु सर्प संरक्षणमा क्रियाशील छन् । भरतपुर महानगरपालिका–१५ जयनगरका अनिरुद्र सापकोटाको परिवार सर्प देख्दा निकै खुशी बन्छन् । सर्पलाई समातेर जङ्गलमा […]

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

गोरखा, १ भदौ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । “छिमेकीहरुले दिएको सूचनाको आधारमा प्रहरी तत्काल घटनास्थल पुगेको थियो”, उनले भने “१० […]

घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

बेत्रावती, १ भदौ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिए ।उनको अनुसार आमासँग घरछेउको बारीमा घाँस काट्न गएकी ती किशोरीको लडेर मृत्यु हो । उनी बौद्धिक अपाङ्गतासमेत भएकाले घटनाको समयमा हारगुहार […]

सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै

बैतडी, १ भदौ । आज भदौ १ गते, ओल्के सङ्क्रान्ति । बैतडीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ योे पर्व मनाइँदैछ । ओल्को भन्नाले उपहार वा कोशेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ । यसका साथै बिहानै नुहाइधुवाइ […]

के हो आत्महत्या दुरुत्साहन ? रविलाई होला कारवाही ?

काठमाडौं, १ भदौ । गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय। उक्त संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन।’यस्तो कसुर गर्नेलाई ‘५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने’ […]

छिन्नमस्ताको आय–व्यय सार्वजनिक, बेरुजू धेरै

सप्तरी, १ भदौ । मुलुककै प्रसिद्ध छिन्नमस्ता शक्तिपीठको दुई वर्षको आय–व्यय शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । छिन्नमस्ता भगवती संरक्षण संवद्र्धन समितिले आर्थिक वर्ष २०७४÷७५ मा एक करोड ३९ लाख ४९ हजार ९२० को आय–व्यय सार्वजनिक गरेको छ भने आर्थिक वर्ष २०७५÷७६ को एक करोड ३६ लाख ४३ हजार ८९० को आय–व्यय सार्वजनिक गरेको […]

चट्याङले भेडा मर्दा १० लाख बराबरको क्षति

म्याग्दी, १ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा १० लाख मूल्य बराबरको क्षति पुगेको छ । शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करीब १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहनुभएका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिए । सबैभन्दा धेरै […]

बागेश्वरी मन्दिरलाई व्यवस्थित गरिँदै

नेपालगञ्ज, १ भदौ । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई सुविधा सम्पन्न तथा व्यवस्थित गर्न लागिएको छ । प्रदेश सरकार र विभिन्न धर्मावलम्बीको सहयोगमा मन्दिर परिसरमा नयाँ निर्माण हुने पसल र भवनको माथिल्लो तल्लामा साधुसन्तका लागि धर्मशाला निर्माण गर्न लागेको मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले बताए । यसका लागि अव्यवस्थितरुपमा रहेको मन्दिर क्षेत्रको बाहिरी १७ […]

करेन्ट लागेर एकको मृत्यु

भरतपुर, १ भदौ । भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ । भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ