तेलका ट्याङ्करको पार्किङस्थल बन्यो सडक

भद्रपुर, २ भदौ । नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडकनै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ ।मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० वटासम्म ट्याङ्कर भित्रिने गरेका छन् । तेल अनलोड गरिसकेपछि खाली ट्याङ्कर झापाको सदरमुकाम जोड्ने चारआली–चन्द्रगढी सडकमा दिनरात लस्कर लागेर पार्किङ गरिँदै आएका छन् […]

दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती घाइते

दमौली, २ भदौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छन् । […]

मध्यपुरथिमिमा रातभर जागे महाकाली, भैरव र नीलबाराही

भक्तपुर, २ भदौ । मध्यपुरथिमि नगरपालिकाको नगदेशमा शनिबार रातिदेखि महाकाली जागेकी छिन् । स्थानीय युवाको सक्रियतामा पुनः जीवन पाएको महाकाली नाच नगदेशमा प्रदर्शन शुरु भएको हो । रातिदेखि शुरु भएको यो नाच हरेक रात करीब चार घण्टा नगदेशको च्वें त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, लाछी टोलमा प्रदर्शन गरिने नाचका गुरु भक्तबहादुर घजूले जानकारी दिए […]

तामाङ प्रसारण दिवसमा तीन संस्था सम्मानित

बनेपा, २ भदौ । तामाङ पत्रकार सङ्घद्वारा ‘२५औँ तामाङ प्रसारण दिवस’को अवसरमा यहाँ आयोजित ‘तामाङ प्रसारणको रजत जयन्ती समारोह, सम्मान तथा अन्तरक्रिया’ कार्यक्रमको आयोजना गरी तीन वटा प्रसारक संस्थालाई आइतबार सम्मान गरिएको छ । तामाङ भाषाका कार्यक्रम नियमित प्रसारण गरी तामाङ भाषा संरक्षण, सम्वद्र्धन र सूचना प्रचार÷प्रसारमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै ती सञ्चार संस्थालाई […]

रवि लामिछानेलाई सिआईबिले हेर्ने अनुसन्धान ब्यूरोको टोली चितवनमा

भरतपुर, १ भदौ । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा सहयोग पु¥याउन काठमाडौँबाट प्रहरीको विशेष अनुुसन्धान टोली चितवन आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोली आज आइपुगेको हो । अनुसन्धानमा थप सहयोग पु¥याउनका लागि ब्यूरोको टोली चितवन आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । उनले काठमाडौँबाट आएको चार […]

भोटेकोशीमा बाढी, सुरक्षित स्थानमा जान आग्रह

रसुवा, १ भदौ । भोटेकोशी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोशीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका हुन् । भोटेकोशीको बाढीले टिमुरेस्थित भन्सार कार्यालय नजिक रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेको बेलीब्रिज बगाएको छ । पानीको बहाव […]

रवि लामिछानेलाई पक्राउ गरेको आक्रोशमा प्रहरीलाई गाली गरेर फेसबुकमा लेख्ने पक्राउ

काठमाडौं, १ भदौ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेको समर्थनमा अहिले देशभित्र र देशबाहिर व्यापक जनलहर देखा परेको छ । खासगरी सामाजिक सञ्जालमा सक्रिय रहेका धेरै युवाहरु उनको पक्षमा उर्लिएका छन् । देशभित्र उनलाई हिरासमा राखिएको चितवनमा सडकमै मानिसहरु उर्लेका छन् भने देशका अन्य विभिन्न जिल्ला र देश बाहिर रहेका लामिछानेका समर्थकहरुले सामाजिक सञ्जालमा उनको […]

शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले बहुविवाह मुद्दा खेपिरहेकी नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो । चलचित्र निर्माता छविराज ओझासँग चौथो श्रीमतीका रुपमा विवाह गरेकी शिल्पा र ओझाका विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो । […]

ठेक्का तोडिएपछि हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प

हेटौँडा, १ भदौ । भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा आठ वर्ष ढिला भइसक्दा पनि काम नसकेको भन्दै आइकन टेली लिमिटेड भारतसँग प्राधिकरणले गत वैशाखमा ठेक्का तोडेको हो । आइकन टेलीसँगको ठेक्का तोडे पनि प्राधिकरणले […]

चालक अनुमतिपत्र लिन जानेलाई खुशिको खबर यातायात व्यवस्था विभागमा सहायता कक्ष शुरु

काठमाडौँ, १ भदौ । चालक अनुमतिपत्रसँग सम्बन्धित गुनासो दैनिक आइरहँदा यातायात व्यवस्था विभागले ‘सहायता कक्ष’को शुरु गरेको छ । चालक अनुमतिपत्रसँग सम्बन्धित जिज्ञासा लिएर दैनिक सेवाग्राही आइरहँदा कार्यालयमा सधैँ भीडभाड भइरहेकाले यो सेवा शुरु गरिएको विभागका निर्देशक प्रेमकुमार सिंहले बताए । उनका अनुसार दुई दिनपहिले शुरु भएको कक्षले अनुमतिपत्र अनलाइन आवेदन, छपाइ, वितरण लगायतका विषयमा […]