चितवन, २ भदाै । चितवनको नारायणगढस्थित होटल कंगारुपमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकारीका अनुसार पत्रकार पुडासैनीले साउन २० गते नारायणगढ बसपार्ककै एक होलसेल पसलबाट ५ मिटर डोरी किनेका थिए । प्रहरीका अनुसार पुडासैनीले डोरी किनेको सीसीटिभी फुटेज नै फेला परेको छ । […]
समाज
सुदूरपश्चिममा गौरा पर्वको चहलपहल शुरु
डोटी, २ भदौ । सुदूरपश्चिमको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व गौराको चहलपहल शुरु भएको छ । गाउँमा गौरा घर लिपपोत शुरु भएको छ । वर्षाले भत्किएका बाटाघाटा मर्मत र सरसफाइमा गाउँलेहरू जुटिसकेका छन् ।गौरा विसर्जन गर्ने मठमन्दिरको सरसफाइ पनि शुरु भइसकेको छ । डोटीका हरेक गाउँ र टोलमा गौरा महोत्सवको उल्लास देखिन थालेको छ । पुरुषहरूले मठमन्दिर सरसफाइ गरी […]
घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द
भक्तपुर, २ भदौ । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन् । व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण गरी सडकको दायाँबायाँ अवैधरुपमा घर, टहरा निर्माण गरी होटल तथा रेस्टुराँ व्यवससाय सञ्चालन गर्र्दै आएकाले नगरपालिकाले आइतबार डोजर लगाएर १०० भन्दाबढी घर टहरा […]
वन निगममा ‘सिइओ’ नियुक्ति प्रक्रिया प्रारम्भ
काठमाडौँ, २ भदौ । वन तथा वातावरण मन्त्रालयले द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समितिलाई गाभेर गठन गरेको ‘नेपाल वन निगम लिमिटेड’मा प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्ति प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले निगमको रिक्त सिइओ पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नेसम्बन्धी १५ दिने सूचना आइतबार सार्वजनिक गरेको हो । मन्त्रिपरिषद्को […]
विभिन्न सामुदायिक वनमा तेजपात
दमौली, २ भदौ । तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित विभिन्न सामुदायिक वनमा तेजपात दालचिनी का बिरुवा रोपन गरिएको छ । सामुदायिक वनलाई तेजपातको पकेट क्षेत्र बनाउने उद्देश्यले डिभिजन वन कार्यालय तनहुँको सहयोगमा चार सामुदायिक वनमा तेजपातको बिरुवा रोपन गरिएको हो । उत्तर फर्केका तथा चिसो हावापानी भएको क्षेत्रमा अन्य बिरुवाभन्दा तेजपातको राम्रो सम्भावना भएकाले मल्याङ, कवादी […]
कृषि उत्पादनमा फड्को मार्दै मकवानपुरगढी
हेटौँडा, २ भदौ । मकवानपुरगढी गाउँपालिकाबाट मासिक रु तीन करोड बराबरकोे दूध बिक्री हुने गरेको छ । सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध बिक्री हुँदै आएको छ ।सङ्कलकमार्फत पनि अत्यधिक परिमाणमा दूध बिक्री हुने गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियारका अनुसार सहकारी तथा सङ्कलकमार्फत बिक्री हुने दूधबाट गाउँपालिकामा दैनिक रु १० […]
सिसी क्यामरा प्रभावकारी बन्दै: नौ हजार चालक कारवाहीमा
काठमाडौँ, २ भदौ । ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सवारीसाधनका चालकलाई सिसि क्यामरा फुटेजको आधारमा सम्पर्कमा ल्याई कारवाही गरेको हो । महाशाखाले दिएको जानकारीअनुसार […]
जुम्लाको स्याउ नेपालगञ्जमा
नेपालगञ्ज, २ भदौ । नेपालमा जुम्लाको स्याउको खुबै नाम छ । अर्गानिक भएकाले जुम्ली स्याउ प्रख्यात छ । जुम्ली स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै जुम्लाको स्याउ बिक्री भइरहेको छ । चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रै बजार पाएको छ । नेपालगञ्जका फलफूल व्यापारी अहिले […]
गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा निःशुल्क ल्याब सेवा शुरु
पाल्पा, २ भदौ । सबै स्वास्थ्य संस्थामा ल्याब सेवा शुरु गर्ने रम्भा गाउँपालिका पाल्पा जिल्लाको पहिलो गाउँपालिका बनेको छ । बिरामीलाई मध्यनगर गर्दै स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउन गाउँपालिकाभित्र रहेका सबै पाँच वडामा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब, प्रसूति तथा गर्भ परीक्षण सेवा सञ्चालनमा आएको छ । […]
भेलले बगाएर बालिकाको मृत्यु
गलकोट, २ भदौ । बागलुङको बडिगाड गाउँपालिकामा अविरल वर्षासँगै आएको भेलले बगाउँदा आइतबार साँझ एक बालिकाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका–७ थाम्काकी बुद्धिबहादुर परियारकी आठ वर्षीया छोरी शर्मिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बडिगाडस्थित डाँफेपातल आधारभूत विद्यालयबाट अध्ययन गरी फर्कने क्रममा शर्मिलालाई भेलले बगाएको स्थानीयले बताएका छन् । विद्यालयबाट […]










