चितवन, २ भदाै । चितवनको नारायणगढस्थित होटल कंगारुपमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकारीका अनुसार पत्रकार पुडासैनीले साउन २० गते नारायणगढ बसपार्ककै एक होलसेल पसलबाट ५ मिटर डोरी किनेका थिए ।
प्रहरीका अनुसार पुडासैनीले डोरी किनेको सीसीटिभी फुटेज नै फेला परेको छ । प्रहरीले उक्त पसलको सीसीटीभी फुटेज लिएर थप अनुसन्धान थालेको छ । प्रहरीका अनुसार पुडासैनीले लुगा सुकाउनका लागि भन्दै पसलबाट ५ मिटर डोरी किनेर लगेको पसल सञ्चालकले बयान दिएका छन् । भिडियो फुटेजमा उनी केही बेरसम्म पसलमा बसेको र पसल सञ्चालकले कामदारलाई डोरी दिन भनेर पुडासैनीले प्लास्टिकको झोलामा डोरी राखेर लगेको देखिएको छ ।
प्रहरीले गरेको सोधपुछका क्रममा पसल सञ्चालकले लुगा सुकाउनका लागि भन्दै पाँच मिटरजति डोरी मागेकाे जानकारी दिएका छन । उनले अाफ्नाे पसल हाेलसेल पसल भएकाेले यहाँ पाँच मिटर मात्र डोरी नबेच्ने भनेकी थिइन । तर, पनि उनी १० मिनेट जति त्यही बसेपछि पसल सञ्चालकले पसलमा काम गर्ने कामदारलाई डाेरी काटेर भए पनि दिन लगाएकाे सञ्चालकले प्रहरीलाइ जानकारी दिएकाे बुझिएकाे छ ।
प्रहरीले सोही पसलबाट किनेको डोरीमा झुन्डिएर पुडासैनीले आत्महत्या गरेको जनाएको छ । त्यस विषयमा अझै पूर्ण प्राविधिक रिपोर्ट आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ । डाेरी हेर्दा त्यही डाेरीमा झुण्डिएकाे प्रहरीले जानकारी दिएकाे छ । पत्रकार पुडासैनीको शवको पोस्टमार्टम रिपोर्ट पनि अहिले प्रहरीकहाँ पुगिसकेको छ । प्रहरीले पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्न भने मानेको छैन ।
आखिर रवि माथि किन आराेप किन ?
मृतक पत्रकार शालिकराम पुडासैनीले भिडियोमै आफू डिप्रेसनको शिकार भएको उल्लेख गरेका छन् । मृत्युसम्म आइपुग्दा र यी विभिन्न क्रियाकलापबाट उनी झनै समस्यामा परेको देखिन्छ । यस्तो डिप्रेसनमा परेको मान्छेले भिडियोमा कसैमाथि आरोप लगाउँदैमा वा नाम जोड्दैमा नागरिकको आवाज बोल्ने पत्रकार रवि लामिछाने जस्तो व्यक्तिलाई पक्राउ गर्न नहुने उनका समर्थकको भनाइ छ । पत्रकार लामिछानेले आफ्नो पहिलो स्टाटसमै शालिकराम ठूलो भ्रममा रहेछन् भन्ने उल्लेख गरेका छन् । शालिक आफैले पनि रवि लामिछानेलाई प्रत्यक्ष जोडेका छैनन । उनले संरक्षण गरेको भन्ने भाव मात्र देखिन्छ । युवराज कँडेल र अन्य व्यक्तिले सिधाकुरा जनतासँग कार्यक्रममा काम गर्न दवाव दिएको भन्ने उनको भिडियोको भाव छ । साथै अरुहरुकै बाध्यता वा दवावले काम गर्न पुगेको उनले प्रष्ट पारेका छन् । रविले काममा मात्र लगाउने गरेको भन्ने छ । यस्तो अवस्थामा कोही कसैले शालिकरामलाई पूरै भ्रमित पारेर रविमाथि केही त्यस्ता आरोप लगाउने स्थिति बनायो कि भन्ने आशंका समर्थकले गरेका छन् ।
रविले शक्ति सम्पन्नहरुले गरेका कमजोरीमाथि निरन्तर प्रहार गर्दै आएका छन् । उनले सबैतिर प्रहार गरिरहेका कारण उनीबाट रुष्ट बनेका वा त्रसित बनेकाहरु यही मौका उठाएर रविलाई तह लगाउन चाहन्छन् ।