शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले बहुविवाह मुद्दा खेपिरहेकी नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

चलचित्र निर्माता छविराज ओझासँग चौथो श्रीमतीका रुपमा विवाह गरेकी शिल्पा र ओझाका विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको थियो । छवि ओझाकी पहिलो श्रीमती हेमा ओझाले छवि र शिल्पाका विरुद्ध मुद्दा दायर गरेकी थिइन । त्यसपछि काठमाडौं जिल्ला अदालतले उनीहरु दुबै जनालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि त्यो पक्राउ पुर्जी खारेज गर्न माग गर्दै शिल्पा पाटन उच्च अदालत पुगेकी थिइन । तर, पाटन उच्च अदालतले जिल्ला अदालत काठमाडौंको पक्राउ पूर्जी रोक्न अस्वीकार गरेको थियो । त्यसपछि उनी सर्वोच्च अदालत पुगेकी थिइन ।

सर्वोच्च अदालते शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिँदै भदौ १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

Loading...