ललितपुर, २२ भदौ । महालक्ष्मी नगरपालिका न्यायिक समितिमा घरजग्गा विवादका उजुरी सङ्ख्या धेरै दर्ता भएका छन् । बाबुबाजेको नाममा घरजग्गा रहने, उनीहरुको मृत्युपछि सो घरजग्गा भोगचलन गर्ने नातिपनातिको पालामा परिवार सङ्ख्या बढ्दै जाँदा बस्न अपुग भई समस्या भएका कारण अन्यत्र बास हाल्न बाध्य भएर उजुरी हालेको देखिन्छ । विगतका दुई आर्थिक वर्ष २०७४/७५ मा २६ […]
समाज
चार बिघा जग्गा दोदा नदीले कटान गरी बगायो
कञ्चनपुर, २२ भदौ । कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ सिकलपट्टि जाइका किसानको जग्गा दोदा नदीमा आएको बाढीले कटान गरी बगाउन थालेको छ । तीन दिनको अवधिमै नदीमा लगातार आएको बाढीले ४० परिवारको चार बिघा खेती लगाइएको जग्गा कटान गरी बगाएको छ ।नदीको बाढीले मकै र धानबाली रोपेको खेत बगाउन थालेको वडाध्यक्ष बहादुर रानाले बताए । लगातारको […]
महाशिलाको आफ्नै लगानीमा सडक कालोपत्र
पर्वत, २२ भदौ । कहिले गाउँका बेरोजगार युवालाई स्वयंसेवकको रूपमा नियुक्ति गरेर, कहिले बाँदर नियन्त्रण अभियान गरेर त कहिले सुत्केरीलाई भाले र घ्यू दिने अध्यक्ष उपहार कार्यक्रम गरेर चर्चामा आएको यहाँको एक गाउँपालिकाले फेरि जिल्लामै नमूनायोग्य काम शुरु गरेको छ । प्राय स्थानीय तहहरु सानातिना योजनामा बजेट विनियोजन गर्ने, ठूला योजना निर्माण गर्नुपरेमा प्रदेश वा […]
भूमिसम्बन्धी ऐन, २०२१ मा सुझाव सङकलन
विराटनगर, २२ भदौ । भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सरोकारवालाहरुसँग शनिबार यहाँ छलफल गरिएको छ । विधायन व्यवस्थापन समिति, राष्ट्रियसभाद्वारा आयोजित सो कार्यक्रममा सरोकारवालाहरुले भूमिहीन र सुकुम्वासी अलग–अलग समस्या भएकाले सोहीअनुसार समाधान हुनुपर्ने बताएका छन् । भूमिसम्बन्धी ऐन, २०२१ यो आठौँ संशोधन गर्दा यसलाई अत्यन्त व्यावहारिक, व्यवस्थित र वैज्ञानिक बनाउनुपर्ने सहभागीहरुले […]
दाजुभाइको झगडाले आमाको ज्यान गयो
महोत्तरी, २२ भदौ । महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ । हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमा आफु चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो । बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै कुटपिट मच्चाउँदा घाइते भएपछि […]
राष्ट्रिय प्रसारण लाइनमा जोडियो नौमुले
दैलेख, २२ भदौ । स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५० उपभोक्ताले बत्ती माग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित कार्यालयमा ५० वटा मात्र मिटर भएकाले थप मिटरका लागि क्षेत्रीय कार्यालयमा माग गरिएको निमित्त कार्यालय […]
‘यातायात मजदूरले अनिवार्यरूपमा पोशाक लगाउनुपर्ने’
काठमाडौँ, २२ भदौ । यातायात क्षेत्रमा कार्यरत मजदूरहरुले अनिवार्यरुपमा पोशाक लगाउनुपर्ने भएको छ । अखिल नेपाल यातायात मजदूर सङ्घ कलङ्की–बल्खुले शनिबार यहाँ आयोजना गरेको यात्रुमैत्री व्यवहार तथा सवारी दुर्घटना न्यूनीकरण अन्तक्र्रिया कार्यक्रममा यातायात मजदूरले पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नमूना यातायात […]
आत्महत्या गर्न पासोमा लागिसकेका उपमहानगरका वडाअध्यक्षलाई डोरी काटेर बचाइयो
काठमाडौं, २१ भदौ । पछिल्लो समय देशमा आत्महत्याका घटना धेरै बढेका छन् । सर्वसाधारण मानिसदेखि राजनीतिक नेता, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मीहरुले समेत आत्महत्या गरेका खबर निरन्तर आइरहेका छन् । यसैक्रममा एक जनप्रतिनिधिले आत्महत्या गर्न लागेका जनप्रतिनिधिलाई बालबाल बचाइएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का वडाध्यक्ष रमेश नेपालले शनिबार आत्महत्या प्रयास गरेका थिए । आत्महत्या गर्न डोरीमा […]
दार्चुलामा पनि डेङ्गुको जोखिम
दार्चुला, २१ भदौ । तराई क्षेत्रमा बढ्दो मात्रामा देखिने डेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि फैलिन थालेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत साउनयता चार जनामा देखापरेको जिल्ला अस्पतालले जनाएको छ । डेङ्गुका कारण चार जना बिरामी अस्पताल आएकामा तीन जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ […]
गिद्ध संरक्षणमा जोड
धादिङ, २१ भदौ । जिल्लाको आँखुखोला र बुढीगण्डकीको किनारमा बथानमा देखिने गिद्ध पछिल्ला दिनहरुमा हराउँदै गएको छ । आज सेप्टेम्बर ७ अर्थात भदौ २१ गते ११ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा पनि मनाइँदैछ । प्रत्येक वर्ष सेप्टेम्बर महीनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर मनाइने अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा गिद्धको महत्व, लोप हुनुको कारण […]











