ललितपुर, २१ भदौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकका लागि सरकार सदैव सहयोग गर्न संवेदनशील रहेको बताएकीछन् । गोदावरी नगपालिका–१४ बाडेगाउँस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले आज आयोजना गरेको ‘स्मारिका विमोचन तथा छैटौँ साधारणसभा’ कार्यक्रममा उनले मुलुकमा ज्येष्ठ नागरिकको हक–अधिकार सुनिश्चित गराउन विभिन्न कार्यक्रम अघि बढिरहेका स्मरण गराईन् । उनले भनिन्, […]
समाज
इन्द्रध्वजोत्थानको साइत मङ्गलबार बिहान ९ः१७ बजे
काठमाडौँ, २१ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रध्वजोत्थान (लिङ्गो ठड्याउने) साइत यही भदौ २४ गते मङ्गलबार बिहान ९ः१७ बजे रहेको जनाएको छ । इन्द्रध्वजोत्थान इन्द्रजात्राको महत्वपूर्ण दिन हो । भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राकोे लिङ्गो शुक्रबार बिहान ९ः३५ बजे भोटाहिटीबाट वसन्तपुरतिर प्रवेश गराइएको थियो । पहिले भोटाहिटीभन्दा भित्रको क्षेत्रलाई मात्र नगर […]
कर्णाली राजमार्ग अवरुद्ध
मान्म, २१ भदौ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारणले कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएको छ । अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर पठाइएको जनाइएको छ । राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न नसकेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । […]
वाग्मतीलगायत नदी र चक्रपथ सफाइ अभियान जारी
काठमाडौँ, २१ भदौ । उपत्यकाका सभ्यताका स्रोतका रुपमा रहेका वाग्मतीलगायत नदी एवं चक्रपथ सफाइ अभियान जारी छ । वाग्मती सफाइ महाअभियानको ३३०औँ हप्तामा त्रिपुरेश्वरस्थित गुसिङ्गाल पुल क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा १९ संस्थाका ४०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका […]
आज रातिदेखि टेलिकमको मोबाइलमा फोन नलाग्न सक्ने, टेलिकमले सूचना जारी गर्दै माग्यो अग्रिम माफी
काठमाडौं, २१ भदौ । नेपाल टेलिकमले आज शनिबार रातिदेखि देभभर जिएसएम सेवामा समस्या आउनसक्ने जनाएको छ । जसका कारण धेरैको टेलिफोन तथा मोवाइल सेवामा समस्या आउने भएको छ । टेलिकमले मोबाइलको क्षमता फोरजीमा विस्तार गर्न लागेको जानकारी गराउँदै अपग्रेड गर्दा सेवामा केही समय समस्या आउनसक्ने जनाएको हो । एक सूचना जारी गर्दै टेलिकमले आज राति […]
हनुमन्तेमा दुई टन फोहर सङ्कलन
मध्यपुरथिमि, २१ भदौ । हनुमन्ते सफाइ अभियानको ८०आँै हप्तामा आज मध्यपुरथिमि नगरपालिका–३ कौशलटारदेखि गठ्ठाघरसम्मको सडक सरसफाइ गरिएको छ । सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको सफाइ अभिायनको क्रममा कौशलटारदेखि गठ्ठाघरसम्मका सडकमा रहेको फोहर सङ्कलन गर्नुका साथै भित्तामा कुरुप हुने गरी टाँगिएका ब्यानर एवं फ्लेक्सप्रिन्ट हटाइएको छ । अभियानमा जिल्लाका विभिन्न सङ्घसंस्था, नगरपालिका, अभियन्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, […]
सिङ्गो गाउँ नै भाइरल ज्वरोबाट सङ्क्रमित
बेझाड, २१ भदौ । पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले सताएको छ । यहाँका एकै गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमणले सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल ज्वरोका बिरामी देखापरेका हुन् । गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि गाउँपालिकाले शिविर नै खडा गरेर स्वास्थ्य उपचार सेवा दिएको स्वास्थ्य शाखा उपसंयोजक मोहन […]
डुबेर तीनको मृत्यु
घोराही, २१ भदौ । दाङमा डुबेर आज तीन जनाको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा तुलसीपुरमा दुई र घोराहीमा एक शिशुको खेल्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान करीब १०ः३० बजेतिर घोराही उपमहानगरपालिका–७ राजपुरकी एक बालिकाको कुलोमा डुबेर मृत्यु […]
लोकसेवाले निकाल्यो बुटवल केन्द्रको खरिदारको नतिजा (हेर्नुहोस पूरा नतिजा)
काठमाडौं, २१ भदौ । लोकसेवा आयोगले गत असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा प्रकाशन सुरु गरेको छ । आयोगले सोमवारदेखि नतिजा प्रकाशन सुरु गरेको हो । यसैक्रममा शनिवार आयोगले बुटवल केन्द्रको नतिजा निकालेको छ । आयोगले गत बैशाख १४ गते प्रथम चरणको परीक्षा लिएको थियो । प्रथम चरणको परीक्षा उत्तीर्ण गरेकाहरुले असार ७ […]
लोकसेवाले निकाल्यो हेटौडा केन्द्रको खरिदारको नतिजा (हेर्नुहोस पूरा नतिजा)
काठमाडौं, २१ भदौ । लोकसेवा आयोगले गत असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा प्रकाशन सुरु गरेको छ । आयोगले सोमवारदेखि नतिजा प्रकाशन सुरु गरेको हो । यसैक्रममा शनिवार आयोगले हेटौडा केन्द्रको नतिजा निकालेको छ । गत असारमा भएको खरिदार तहको परीक्षा हेटौडा केन्द्रबाट प्रथम चरण उत्तीर्ण गरेका ३८१ जनाले द्वितीय चरणको लिखित परीक्षा […]










