अमरगढी, २१ भदौ । हलियामुक्त घोषणा भएको ११ वर्ष बितिसक्दा पनि सुदुरपश्चिमका अधिकांश मुक्त हलियाको अवस्था झनै दयनीय बन्दै आएको छ । सरकारले विसं २०६५ भदौ २१ गतेका दिन नेपालका १२ जिल्लाका १९ हजार ५९ हलियालाई विधिवतरूपमा कानूनसम्मत हलिया प्रथाको अन्त्य गर्दै हलिया मुक्त घोषणा गरेको थियो । जग्गाधनीबाट बाध्यतावश एउटा पुस्ताले ऋण लिएर त्यसको […]
समाज
भारत चल्ने बस रोक्दै होटल व्यवसायी
राँझा, २१ भदौ । नेपालगन्जका होटल व्यवसायी नेपालगन्ज हुँदै भारतका विभिन्न शहरमा सञ्चालन भइरहेका यात्रुवाहक बस रोक्न सडकमा उत्रिएका छन् । पर्यटकीय इजाजत लिएर भारतका विभिन्न शहरमा यात्रु ओसार–पसार गर्ने नेपाली बसलाई रोक्नका लागि सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गर्दा बेवास्ता गरेपछि आफैँले बस रोक्नु परेको होटल व्यवसायी सङ्घले जनाएको छ । नेपालगन्ज हुँदै दैनिक दर्जनभन्दा […]
हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, २१ भदौ । मनसुनी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा औसत स्थान आसपासमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् मञ्जु बासीले बताइन् । उक्त न्यूनचापीय रेखा तलतिर सर्ने क्रम जारी […]
लोप हुँदै कुमालेको पेशा, सङ्कटमा तेली
बाँके, २१ भदौ । नेपालगञ्जको रामनगरमा बस्दै आएका सोनु कुमालले बनाएका माटाका सामग्रीहरुले आजभोलि यहाँका बजारमा स्थान पाउँदैनन् । उहाँले बनाएका माटाका पाला, दियो, खुत्रुकेलगायका सामग्रीमा पनि बिक्री नभएपछि बाक्लै धुलो जमिसकेको छ । नेपालगञ्जमा प्लाष्टिकका सामग्रीहरुको बढ्दो प्रयोगका कारण उहाँले माटाका सामग्री बनाउन पनि छाडिसकेका छन् । सोनुलाई कामको फुर्सदसँगै अहिले जीविका चलाउन धौ–धौ […]
सञ्चालक समितिद्वारा रेडियोमा तालाबन्दी
मार्तडी, २१ भदौ । बाजुरा सदरमुकाममा विगत सात वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पौरखीमा रेडियो सञ्चालक समितिले तालाबन्दी गरेको छ । सहकारीमार्फत सञ्चालन हँुदै आएको उक्त रेडियो सञ्चालन भइरहेका बेला समितिका अध्यक्ष रामचन्द्र यादव र सहसचिव सुरेन्द्र नाथले कर्मचारीलाई कुनै जानकारी नै नगराई एकाएक बन्द गरेका छन् । शुक्रबार साँझ ४ः०० बजेको समयमा रेडियोमा […]
सहभागितामूलक विकास प्रक्रियामा जोड
काठमाडौँ, २१ भदौ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले समृद्ध नेपाल ः सुखी नेपालीको अभियान पूरा गर्न सहभागितामूलक विकास प्रक्रियामा जोड दिनुपर्ने बताएका छन् । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को २५ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँँ आयोजित कार्यक्रममा प्रमुख आयुक्त बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन मदिरामुक्त गर्नुपर्ने, खाद्यान्न, तरकारी, माछामासुमा आत्मनिर्भर हुनुपर्ने, युवालाई […]
मानव बेचबिखनविरुद्धको अभियान गैरसरकारी संस्थाको भरमा
राँझा, २१ भदौ । बाँकेमा मानव बेचबिखनविरुद्धको अभियान गैरसरकारी संस्थाको भरमा सञ्चालन हुँदै आएको छ । मानव बेचबिखनजस्तो जघन्य अपराध न्यूनीकरण तथा यसविरुद्धको अभियान सञ्चालन गर्ने सरकारी संयन्त्र क्रियाशील नहुँदा घटना न्यूनीकरणमा चुनौती थपिँदै गएको छ । मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउनेदेखि लिएर, मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्लास्तरीय समितिको बैठक सञ्चालनसमेत गैरसरकारी संस्थाको अग्रसरतामा हुने […]
प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न
बैतडी, २१ भदौ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा १६७ आयोजना सम्पन्न भएका छन् । ती आयोजनाहरुमा घोडेटो र गोरेटो बाटो, प्रसूति सेवा केन्द्र, सार्वजनिक शौचालय निर्माणलगायत रहेका छन् । यो कार्यक्रमअन्तर्गत जिल्लामा पाँच हजार १७ जनाले औसतमा १३ दिनको रोजगारी पाएको जनाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दशरथचन्द नगरपालिकामा २५ आयोजना सम्पन्न भएका र ३४८ […]
आर्सेनिक प्रभावित क्षेत्रमा खानेपानी आयोजना विस्तार
परासी, २१ भदौ । प्रदेश नं ५ सरकारले खानेपानी आयोजना सुधार विस्तारलाई जोड दिएको छ । प्रदेश नं ५ स्थित तराईमा पर्ने छ जिल्लाका नागरिक अझै पनि स्वच्छ पिउने पानीको अभावमा आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । संविधानले स्वच्छ पिउने पानी उपभोग गर्न पाउनुपर्ने अधिकारलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएकाले पनि सरकारले खानेपानी आयोजना […]
जन्मोत्सवमा मन्त्री भट्टराईद्वारा चार वर्षीय बालकलाई सहयोग
ताप्लेजुङ, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्म दिनका अवसरमा ताप्लेजुङका समिर राईको पठनपाठन र स्वास्थ्य उपचारका लागि सहयोग प्रदान गरेका छन् । विगतदेखि नै आफ्नो जन्म दिनका अवसरमा असहाय र गरीब बालबालिकालाई सहयोग प्रदान गर्दै आएका उनले यो वर्ष फक्ताङलुङ गाउँपालिका–६ का चार वर्षीय राईलाई नगद २० हजार सहयोग […]










