घरवास सञ्चालन गरेर आम्दानी गर्दै मुक्त कमैया महिला

कञ्चनपुर, ३ असोज । आर्थिकरूपमा विपन्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका मुक्त कमैया महिलाले विजयसाल सामुदायिक घरवास ९होमस्टे० सञ्चाल गरी आम्दानी लिन थालेका छन् ।

आन्तरिक पर्यटक घरवासमा आउन थालेपछि मुक्त कमैया महिलाले मासिक रुपमा रु ३० हजारभन्दा बढी आम्दानी गर्न थालेका हुन् । बास बस्न आउने पर्यटकलाई रोजेअनुसारको थारू परिकार पस्किने गरिएको छ । पतौला, मिसौला, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिका माछा, ढिक्री, अन्तीधानको भात, हरियो तरकारी, लसुनको चटनी, घोघीलगायत परिकार उपलब्ध गराउने गरिएको घरवास सञ्चालक विस्पती चौधरीले बताइन ।

पाहुनालाई रोजेअनुसारको परिकार बनाएर खुवाउँदै आएका छौँ, उनिले भनिन, “चाहेजस्तो सत्कार पाएपछि पाहुना बढ्दै गएका छन् ।” आन्तरिक तथा बाह्य पर्यटक बस्नका लागि सुविधायुक्त पाँच घर निर्माण गरिएका छन् । एक घरमा दुईदेखि चार जनासम्म पर्यटकलाई राख्न सकिने गरी गरबास निर्माण गरिएका छन् । प्रत्येक घरमा स्नानकक्षसहितको कोठा र शौचालयसमेत छन् ।

सञ्चालक चौधरीका अनुसार घरवासमा आउने पर्यटकका लागि खानाका परिकारअनुसार रु १३० देखि रु ३०० सम्म तोकिएको र मनोरञ्जनका लागि थारू संस्कृतिमा आधारित नृत्यहरु देखाउनका लागि नृत्यटोलीसमेत गठन गरिएको छ ।नजिकैका सामुदायिक वनभित्र रहेको पदमार्ग, चुरेसँगै जोडिएको सिस्ने क्षेत्र र विश्वकै संरक्षणको सूचीमा राखिएको कृष्णसार, लोपोन्मुख प्रजातिकोे विजयसाल हेरेर पर्यटक रमाउन सक्ने परदेशनी डगौराले बताइन ।

नगरपालिकाले घरवासको स्तरोन्नतिका लागि रु पाँच लाख खर्चेर खाजा घरसमेत निर्माण गरिदिएको छ । घरवासमा आउने पाहुनालाई सामूहिक रुपमा खाना खुवाउनका लागि खाजाघर निर्माण गरिएको र यसबाट न्यून आय भएका मुक्त कमैया समुदायका महिला आत्मनिर्भर हुनाका साथै लोप हुँदै गएको संस्कृति संरक्षणमा समेत टेवा पुग्ने कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्णबहादुर हमालले बताए । घरवासको प्रचारप्रसारका लागि छिट्टै व्यापारी प्रतिनिधिमण्डल, पर्यटन व्यवसायीलाई ल्याएर यस क्षेत्रको अवलोकन गराई प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य लिइएको उनको भनाइ थियो । गत आवदेखि घरवास सञ्चालनमा ल्याइएको थियो ।

Loading...