क्षतिको विवरण सङ्कलन गर्न समिति गठन

चरिकोट, ३ असोज । दोलखाको गौरीशङ्कर गाउँपालिका जुँगुमा पहिरोले पु¥याएको क्षतिको विवरण सङ्कलनका लागि समिति गठन गरिएको छ । गौरीशङ्कर गाउँपालिका वडा नं १ र २ जुँगुमा साउन १७ गते गएको पहिरोले मानवीय तथा ठूलो मात्रामा भौतिक क्षति पु¥याएकामा हालसम्म क्षतिको यकिन विवरण सङ्कलन हुन नसकेले सहायक प्रमुख जिल्ला अधिकारी नवराज ढकालको संयोजकत्वमा १३ सदस्यीय […]

पशुपतिमा राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजा

काठमाडौँ, ३ असोज । संविधान दिवसको उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा राष्ट्र कल्याणको सङ्कल्पले पञ्चामृत स्नानसहितको विशेष पूजा गरिएको छ । सरकारले संविधान एवं राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाउन निर्देश गरेपछि बिहानै राष्ट्रदेवका रुपमा पुजिने पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए । यस अवसरमा कोषले […]

डेङ्गुका बिरामी घटे

चितवन, ३ असोज । भदौको तेस्रो र चौथो साता अत्यधिक देखिएको डेङ्गु रोगको सङ्क्रमण घटेको छ । साउन पहिलो साताबाट क्रमशः बढ्दै गएको डेङ्गु रोगको सङ्क्रमण पछिल्लो एक साता दैनिक रुपमा घट्दै आएको चिकित्सकले जनाएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत भदौ २२ गते एकै दिन एक हजार ९२२ जना बहिरंग […]

संविधान दिवसका अवसरमा तीन पुरस्कृत

विराटनगर, ३ असोज । संविधान दिवस २०७६ का अवसरमा प्रदेश नं १का राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई), २४ पटक सगरमाथा आरोहण गर्ने कामीरीता शेर्पा र म्याराथुनका अन्तरराष्ट्रिय धावक मीरा राई पुरस्कृत भएका छन । प्रदेश नंं १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले उहाँहरूलाई जनही रु पाँच लाख नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए । […]

फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार

गोरखा, ३ असोज । धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हँुदै लार्केपास गर्न यही असोज १ गते लाप्राक आउनुभएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी सिकिस्त बिरामी परेपछि हेलिकोप्टर चार्टर गरी आज बिहान उद्धार गरिएको वडा नं ४ का वडाध्यक्ष राज गुरुङले जानकारी दिए । “धार्चेको लाप्राक आएदेखि नै उहाँ […]

जनआन्दोलनका घाइतेलाई सम्मान

बनेपा, ३ असोज । जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थलाई संविधान दिवसको अवसर पारेर आज ‘संविधान दिवस मूल समारोह समिति काभ्रेपलाञ्चोक’ले सम्मान गरेको छ । समारोह समितिका प्रमुख एवं जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले संयुक्तरूपमा मुुकेशलाई सम्मानपत्र प्रदान गरेका हुन । “विसं २०६२÷६३ को […]

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ, ३ असोज । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी जोगी ले बलात्कार गरेको ठहर गर्दै बिहीबार सो […]

नौवास्तामा औद्योगिक क्षेत्रको निर्माण हुने

धम्बोझी, ३ असोज । बाँकेको वैजनाथ गाउँपालिका– ३ नौवास्तामा स्थापना गरिने प्रदेशस्तरीय औद्यौगिक क्षेत्रको जग्गा विवाद समाधान भएपछि ५२५ बिघामा औद्यौगिक क्षेत्र निर्माण हुने भएको छ । त्यससँगै भौतिक पूर्वाधार निर्माणको बाटो खुलेको छ । सरकारले औद्योगिक क्षेत्रका लागि छुट्याएको सो जग्गामा २०० भन्दाबढी स्थानीय घर बनाएर बसिरहेकाले औद्यौगिक क्षेत्रको भौतिक पूर्वाधार निर्माणलगायतको काम अघि […]

पोखरामा पनि जितिया पर्व

पोखरा, ३ असोज । माताहरु आफ्ना सन्तानको दीर्घायुका लागि मनाइने जितिया पर्व आजदेखि विधिपूर्वक शुरु भएको छ । पर्वको पहिलो दिन आज बर्तालु माताहरु स्नान गरी चोखो हुने, भोलि बिहान सूर्योदय हुनुअगावै सप्तमी तिथिको अवधिभित्रको समयमा ‘ओठङ्न’ गर्ने र त्यसपछि शुरु हुने उपवास आइतबार अपराह्न ४ बजेपछि नवमी तिथिको आगमण हुनासाथ उपवास सम्पन्न हुनेछ । […]

 फेरियो ‘नाङ्गी’ गाउँको मुहार

बेनी, ३ असोज । अन्नपूर्ण गाउँपालिका–८ नाङ्गीकी गेममायाँ पुनको दैनिकी फेरिएको छ । घरायसी काम र घाँसदाउरामा दिन बिताउँदै आएकी पुन अहिले हस्तकलाका सामग्री बनाउने काममा व्यस्त छिन् । उनी मात्रै होइन, सिर्जनशील आमा समूहमा आबद्ध ३५ महिलामध्ये अधिकाँशले फुर्सदको समयलाई उद्यमशीलतामा सदुपयोग गर्दैआएका छन् । गाउँमा आउने पर्यटकहरुले झोला, टोपी, स्विटर, गलबन्दी लगायतका सामग्री […]