नेपालगञ्ज, ४ असोज । एक/दुई कोठाको कुचुक्क परेको ‘खपडा’ ले खाएको सानो घरमा अटसमटस गरी जीवन निर्वाह गर्नु यहाँका घँसियारन समुदायको नियति नै बनेको छ । पुख्र्यौंलीदेखि नेपालगञ्ज उपमहानगरपालिका–८ र १३ मा बसोवास गर्दै आएका घँसियारन समुदायको जीवन निर्वाहको मुख्य स्रोत ‘घाँस’ हो ।
घरका महिलाहरु दिनभरि घाँसको खोजीमा भौँतारिन्छ । अरूका घरआँगन र सार्वजनिक स्थलबाट काटेर ल्याएको घाँस बिक्रीको रकमबाट यी समुदायको दैनिक चल्ने गर्दछ । यी दुई वडामा घँसियारन समुदायका करीब ६५ परिवार छन् । परिवारका पुरुष दैनिक ज्यालादारीमा काम गर्ने, खाल्डाखुल्डीमा माछा मार्ने गर्दछन् । साँझ परेपछि अधिकांश पुरुषलाई रक्सी नभई हुँदैन ।
परिवारका अधिकांश बालबालिका विद्यालय जाँदैनन् । गएका पनि बीचमै अध्ययन छाड्ने गरेका यो समुदायका लागि काम गरेको बाँके युनेस्को क्लबका कार्यक्रम निर्देशक रवि तुलाधर बताउछन् । घाँस बिक्री गरेर जीवन निर्वाह गर्नु पनि अहिले यो समुदायका लागि कठिन बनेको छ । विगतमा टाँगा र एक्का व्यवसायी घाँस खरीदकर्ता हुने गर्थे र चल्ने गथ्र्यौं । नेपालगञ्जबाट टाँगा र एक्का क्रमशः विस्थापित हुँदै गएपछि घाँस बिक्री हुन छाडेको छ ।
“एक्का, टाँगाको स्थान ई—रिक्साले लिएपछि अहिले नेपालगञ्जमा मुस्किलले १०÷१२ वटा घोडाका लागि मात्र घाँस बिक्री हुने गरेको छ”, वडा नं ८ घँसियाराका लक्ष्मण केवटले भने । घाँसको बिक्री धेरै कम भएपछि उनीहरुको पेशा अहिले सङ्कटमा पर्दै गएको उनले बताए । घँसियार समुदाय विपन्न तथा लोपोन्मुख समुदायमा पर्दछन् । सामाजिक बहिष्कार र छुवाछूतका कारण उनीहरु अहिले आप्mनो थर केवट लेखाउँछन् ।
राज्यबाट पनि कुनै सुविधा नपाएको उनीहरुको गुनासो छ । दलित वर्गमा पनि उनीहरु नपरेपछि राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित हँुदै आएका वडा नं ८ का अध्यक्ष सुरेशकुमार वैश्यले बताए । घाँस कम मात्रामा बिक्री हुन थालेपछि घँसियारा समुदायका महिला र पुरुष अहिले अरूका घरमा भाडा माभ्mने, दुनाटपरी बनाउने र सरसफाइको काम गर्न थालेका छन् ।