काठमाडौँ । शनिवार काठमाडौंको माछापोखरीबाट २ थान पेस्तोलसहित सात जना पक्राउ परेको समाचारले सनसनी फैलायो । राजधानीको कडा सुरक्षा घेराभित्र पनि निस्फिक्री पेस्तोल बोकेर हिड्ने ग्याङ भेटिएपछि सर्वसाधारण त्रसित बने । प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरेपछि पक्राउ पर्नेमा सरकारद्वारा प्रतिबन्धित पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासमेत यसमा जोडिएका छन् । एक सुन व्यापारीको […]
समाज
‘सिथब्लाइट’ बिरुवा सङ्क्रमित
पर्सा, २२ भदौ । अगहनी धानको बिरुवामा लागेको ‘सिथब्लाइट’ रोगका कारण धानको बिरुवा सड्न र सुक्न थालेपछि किसान चिन्तित भएका छन् । जिल्लामा लगाइएका अगहनी धानको ८० प्रतिशत बिरुवामा उक्त रोग लागेकाले उनीहरू चिन्तित भएका हुन् । जिल्लामा लगाइएको ३५ हजार हेक्टर उक्त जातको धानमध्ये २८ हजार हेक्टर खेतमा सिथब्लाइट रोगको सङ्क्रमण देखापरेको छ । […]
विद्यावारिधि प्राप्तको अनुभव: ‘स्वदेशमै केही गर्न सकिन्छ’
काठमाडौँ, २२ भदौ । “राम्रो पढेकाका लागि स्वदेशमा काम गर्ने वातावरण नभएको होइन । वातावरण छैन भने सिर्जना गर्ने जिम्मेवारी हाम्रो पनि हो । आफ्नो ज्ञान र सीपको भरपुर उपयोग गर्न हामी लाग्नुपर्छ ।” सन् २०१८ मा काठमाडौँ विश्वविद्यालयबाट प्रारम्भिक वालविकास विषयमा विद्यावारिधि पिएचडी गरी सोही विषयमा अनुसन्धान–प्रशिक्षणमा कार्यरत डा मीनाक्षी दाहाल स्वदेशमै केही गर्न […]
दुई गाई तस्कर पक्राउ
जलेश्वर, २२ भदौ । नेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुई जना तस्करलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सम्सी गाउँपालिका–२ बस्ने २८ वर्षीय मुस्तकिम मोमिन र ३२ वर्षीय अबताक शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए। आज सम्सी गाउँपालिका–७ स्थित वनको बाटो हुँदै नेपालबाट भारत […]
मखमली फूल र सिउडी फलको व्यावसायिक खेती
गलेश्वर, २२ भदौ । म्याग्दीमा पहिलोपटक मखमली फूल र डाइगन फुड सिउडी फलको व्यावसायिक खेती शुरु भएको छ । बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा हरियाली समूहले सञ्चालन गरेको नयाँ ढाँचाको आधुनिक कृषि फार्ममा मखमली फूल र डाइगन फुडको व्यावसायिक खेती शुरु भएको हो । रु छ करोडको लगानीमा शुरु भएको यस कृषि फार्ममा तरकारी खेती, […]
दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा, शीर्ष नेताहरु सुनसरी आउने
इनरुवा, २२ भदौ । यही भदौ २४ गते मङ्गलबार सुनसरीबाट शुरु हुने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको दोस्रो राष्ट्रिय जनजागरण अभियानको तयारी पूरा भएको छ । महामानव विपी कोइरालाको १०६आँै जन्मजयन्तीका अवसर पारेर दोस्रो राष्ट्रिय जनजागरण अभियान सुनसरीबाट शुरु हुने तयारी पूरा भएको पार्टीका सुनसरी सभापति तथा १ नं प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव […]
डेङ्गु रोग नियन्त्रण गर्न जिल्लाव्यापी अभियान शुरु
मध्यपुरथिमि, २२ भदौ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग भक्तपुर जिल्लामा पनि फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लास्तरीय संयन्त्र बनाई जिल्लाव्यापी अभियान शुरु गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको संयोजकत्वमा प्रजिअ नारायण भट्ट, सुरक्षा निकायका प्रतिनिधि, नगरपालिकाहरुका प्रतिनिधिसहितको छलफलमा भएको निर्णयानुसार सो अभियान शुरु गरिएको हो । डेङ्गु रोगबाट बच्न […]
पक्की पुल नहुँदा बत्तीमुनिको अँध्यारो
पोखरा, २२ भदौ । पोखरा महानगरपालिका–३२ गगनगौँडा र तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ सेराबँेसीबीचको खोलामा मोटर गुड्ने पक्की पुल नहुँदा सेराबँेसी र आसपासका क्षेत्र अझै ओझेलमा रहेका छन् । कृषिजन्य उत्पादनमा अब्बल मानिने सेराबँेसी र त्यहाँ हुँदै पुगिने पर्यटकीय स्थान थप्रेकका साथै आसपासका अन्य रमणीय भूभागको समृद्धि र विकासको बाधक पक्की पुल नै बनेको छ । […]
ऐतिहासिक मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा
दमौली, २२ भदौ । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । समितिको आन्तरिक कोषको रकमबाट गत जेठ १८ गतेदेखि शुरु भएको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको हो । आगामी महीनाको फूलपातीको दिन उद्घाटन गर्ने गरी मन्दिरको काम तीव्र रुपमा भइरहेको मन्दिर निर्माण समितिका संयोजक रामभक्त […]
कोशी डुबान र कटानका पीडित ‘रिले’ अनशनमा
विराटनगर, २२ भदौ । लामो समयदेखि मुआब्जा एवं क्षतिपूर्ति नपाएको विषय लिएर सुनसरी, सप्तरी र उदयपुरका पीडितजन ‘रिले’ अनशनमा बसेका छन् । सुनसरीको कोशी ब्यारेजमा पाल टाँगेर बसेका पीडितले कोशी ब्यारेज निर्माण गर्दाको अवस्थामा भएको क्षतिको माग गरेका छन् । उनिहरुले जग्गामा भएको बालीको क्षतिपूर्तिको मुआब्जा दिनुपर्ने, जग्गाको सुरक्षा गर्नु पर्ने र तत्कालीन समयमा भएको […]











